रोहिंग्या शरणार्थी अचेल काहाँ छन ?

Jaya karki प्रकाशित मिति : सोम, चैत्र ४, २०७५

२०१६ ताका त्यति धेरै चर्चामा आएको र म्यान्मारले अनधिकृत नागरिक भनि अस्विकार गरी सैनिक बल लगाएर देश निकाला गरेको र सबैतिरबाट दुत्कारेको अवस्थामा रहेका रोहिंग्या शरणार्थीहरुको बारेमा अचेल कतै कहिं चर्चा समेत सुन्नमा आउन छाडयो ।
समश्या समाधान  भएर होला कि भुटानी शरणार्थीहरुको जस्तै पहिचानविहीन र गुमनाम हुन पुगेहोला ? बंगलादेशको चटगौङमा झण्डै पाँच लाखको हाराहारीमा रहेका छन भन्ने पुरानो तथ्याँक रहेको छ भने काठमाण्डौको कपनमा पनि ३०–४० परिवार रोहिंग्या शरणार्थीको क्याम्प नै छ । तर त्यति चर्चामा भने आईरहेको छैन ।
यो कार्टुन बंगलादेशबाट प्रकाशित अंग्रेजी दैनिकबाट २०१६ बाट लिईएको हो ।