अन्टुफको website र Facebook पेज उद्घाटन सम्पन्न

प्रकाशित मिति : बिहि, मंसिर ५, २०७६

अन्टुफ फ्र्याक्सन ईन्चार्ज, शिक्षा तथा स्वास्थ्य समितीका सभापित जयपुरी घर्ती

राजेन्द्र रुम्बा, पेरिसडाँडा, कोटेश्वर
अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीले स्वागत मन्तव्य राख्ने क्रममा”सुचना प्रबिधिलाई सही तरिकाले  प्रयोग गर्ने र गराउने संदर्भमा सबै उपस्थित कम्रेडहरुलाई सजक रहन आह्वान गर्नुभयो। अश्लिल र छाडा प्रवृतिले भविष्यमा हुन सक्ने संभावित दुर्घट्नाबाट बँच्न आजै देखि सबैजना सचेत हुन जरुरीछ” भन्नुभयो।
यस कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभा सांसद, अखिल नेपाल ट्रेड युनियन महासंघका फ्र्याक्सन ईन्चार्ज, शिक्षा तथा स्वास्थ्य समितीका सभापित जयपुरी घर्तीले Website र ANTUF Facebook पेज औपचारिक रुपमा उद्घाटन गर्दै ”सिङ्गो पार्टीको एकता कार्य सम्पन्न पश्चात् महासंघको एकता, तत्पश्चात हरेक पेशागत संगठनहरुको एकता प्रक्रियालाई टुङ्गोमा पुर्याउन सबै नेतृत्व एकसाथ अगाडि बढी संगठन निर्माण गर्दै आफ्नो बर्चश्व कायम राख्न प्रशिक्षित गर्नु भयो।”

ANTUF अध्यक्ष जगत सिंखडा 

अखिल नेपाल ट्रेड युनियम महासंघका कार्यबाहक अध्यक्ष तथा यस कार्यक्रमका अध्यक्ष जगत सिंखडाले यस कार्यक्रममा उपस्थित सम्पुर्ण नेता तथा कार्यकर्तालाई प्रशिक्षणात्मक मन्तव्य राख्नु भयो। ”सबै क्याडरहरुलाई आआफ्नो तहबाट माथि उठि आफुलाई बदल्नुस, अपग्रेड हुनुहोस भन्दै सबै पेशाका कार्यकर्ताहरुलाई सांगठनिक हैसियत कायम राख्नका लागि काठमाडौं भ्यालीमुखी नभै देश दौडाहा रुपमा परिचालित हुन निर्देशन दिंदै कार्यक्रम समापन गर्नु भयो।”
वेबसाईटलाई नियमितरुपमा अपडेट गरेपछि महासंघका सम्पूर्ण गतिविधिहरु तथा आवश्यक पर्ने आधिकारिक सबै सामाग्रीहरुका लागि अनेकौं ठाउँ भौँतारिनु पर्ने र अनाबश्यक समय खर्चिनु नपर्ने स्थिति सिर्जना भएको छ ।
कार्यक्रम प्रस्तोता महासंघ उपाध्यक्ष एस। बि। थापाले कार्यक्रमको विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा महासंघ केन्द्रीय समितिका राजधानीमा उपलब्ध सबै केन्द्रिय नेतृत्व, पेसागत संगठन केन्द्रिय नेतृत्व तथा काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रे जिल्ला महासंघका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । धेरै पहिला नै व्यवस्थित हुनुपर्नेमा केही विलम्ब भएपनि वेबसाईट र फेस बुकलाई नयाँ संयन्त्रका साथ संचालनमा ल्याएकोमा सबै सहभागीहरु निकै खुशी भएका छन ।

उपाध्यक्ष जय कार्की

प्रकाशन तथा संचार विभाग प्रमुख उपाध्यक्ष एस. बि. थापा