म कवि भएछु – अर्जुन शर्मा निरौला

कविता

अर्जुन शर्मा निरौला प्रकाशित मिति : सोम, कार्तिक २५, २०७६

अर्जुन शर्मा निरौला कालेबुङ, गीतखोला

को केटा हौ त्यो ?
ए! त्यो बुङ्चे, अर्जुन हौं
बाहुन केटा। ।
देवकुमार माइलाको जेठा छोरा।
यस्तै भन्थें,म भन्दा ठूलाहरू मलाई। ।
कहिले ङिच्च हाॅस्थें, कहिले टुलुटुलु हेर्थें।

कसैले हपार्थे,कसैले झपार्थें
अलिक चंचले थिएँ रे म
आमा बाबा, छर छिमेकी यसै भन्थें।

खाली खुट्टे, नाङगै भुतुङगै यस्तै थ्यो वाल्यकाल।।
बाख्रो गोठालो, गाई गोठालो, घाॅस दाउरा दिनचर्या ।।

खोला नाला, जंगल भिर पाखा सारै मन पर्ने
खोला किनार माछा समात्नु लाग्दा,

गाईले अर्काको खेती खाएर भुर्कुट।
समय मिलिक्कै छिरेछ
जुंगाको रेखी बस्यो, अब यो पनि बुड़ो भो ….
भन्न लागे आफ्नो आफन्त ।।

अलिअलि अक्षर चिनियो, पड़ियो कथा कुर्थुरी
सुनाउॅथे बाबा, हामी भाल्डाङभूल्डुङलाई बिरसिक्का,

 शीत बसन्त तर आतङको कथाहरू। ।

आमा बाबाले भावनाको दिऊल छरिदिएछन्

मेरो मस्तिष्कमा, उबेला नै।।

आमाको उखान तुक्काहरू, बाबाका धार्मिक पौराणिक कथा,

कबिताको मुख्स्त वाचन।।
समयले निक्कै फड़को मारेछ
सबैले छोड़ेर गएँ, यही भावनाहरू मात्र मेरा। ।

लेखिन्थ्यौ कहिले काॅही बन्धु-वान्धवहरूसित उमेरमा रहरहरू
लेखियो, लेखिरहियो यस्तै के के …..
भन्न लागे सबै-यसले पनि अलिअलि लेख्छ। ।

लेखियो, समयानुसार यस्तै हाबीजावी
उमेर छिप्पियो, निम्तो आउॅथ्यो
कार्यक्रम छ है फलानो जग्गा,आउॅनु केही सुनाउॅनु। ।
सुनाइयो, बोलियो, लेखियो- समय बितिरह्यो। ।

हिॅज आज लेखिन्छ केही , कहिले काॅही
भन्छन् बन्धु-बान्धव कवि अर्जुन, गीतखोलामा बस्छन्।
झस्कें म -कवि अर्जुन??
हाॅ !! म कहिले कवि भएँ ?
म त यही गीतखोला किनारमै छु
उहिल्यै कै खोला,बन पाखा पहरा कन्दराहरू माझ। ।
तर
म कवि भएछु ~ जंगली फूलहरू सरह।
बनको काफल बनकै चरीलाई भने  झैँ

~~
अर्जुन शर्मा निरौला
कालेबुङ, गीतखोला
मिति०३\११\२०१९