शरद पौडेल: माटोको गीत

गीत

प्रकाशित मिति : शुक्रबार, कार्तिक २२, २०७६

देश बोकौं छातिभित्र, छाति ढाल पारौं !
मुलुक बेच्ने अपराधीलाई ध्वस्त गराऔं !!

बिस्तारवादीहरू सामु घुँडा टेक्नेलाई
सत्ता निम्ति आमा बेच्ने लम्पसारेलाई !

बेला छँदै चिनौं यस्ता धौकाधडीलाई
मुर्दावाद छ देशप्रतिका गद्दारहरूलाई !!

कालापानी लिपुलेक हाम्रै हो बोलौं
धर्ति आकाश फाटोस बरू आबाज खौलौं !

थिचोमिचो किन खप्ने हाम्ले शिरमा
नरूवाऔं नेपाल आमा सँधै पीरमा !!

जो होस् हाम्रो माटो लुट्ने दादागिरीलाई
लघारौं र नेटो कटाऊँ सिमा मिच्नेलाई !

लुटेराका बिरूद्दमा आवाज उठाऔं
जन एक ढिक्का बनौं माटो जोगाऔं !!!