अक्टोबर क्रान्ति र नबसंशोधनबादीहरुको अनर्थकारी अलाप- लोकनारायण सुवेदी

इतिहास

प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६

यतिबेला बिश्वभरी अक्टोबर क्रान्तिको १०२औ बार्षिकोत्सब बिभिन्न कार्यक्रममका साथ मनाइदैछ । नेपालमा पनि आज ७ नोभेम्बरका दिन म्हेंपीको पारिजात सभा कक्षमा जनस्तरबाट एक कार्यक्रमको आयोजना उत्सबकोरुपमा गरिँदैछ । आजकै दिन एक सय दुइ बर्ष अघि १९१७ मा महान लेनिनको कुशल र दक्ष नेतृत्वमा क्रान्तिकारी बोल्शेभिकहरुले रुसमा मजदुर, महिला, किसान, र सेनाहरु समेतलाई क्रान्तिको महाअभियानमा सम्मिलित गराएर ब्यापक जनताको सहभागीतामा अक्टोबर समाजबादी क्रान्ति सम्पन्न गरेका थिए । त्यसै बर्ष फेब्रुअरीमा सम्पन्न क्रान्तिले स्थापित गरेको केरेन्सकी सरकारले सामन्ती जारशाहीसँग सम्झौता गरेर कम्युनिष्ट क्रान्तिकारीहरु र आम जनतालाई शोषण दमन मच्चाउन थालेपछि त्यो पूँजीवादी सत्ता पल्टाई रुसमा अक्टोबर क्रान्ति सम्पन्न भएको थियो ।
त्यो क्रान्ति सम्पन्न भए पछि बिश्वमा पहिलो पटक शोषित पीडित जनताको राज्य स्थापना मात्र भएन त्यसले मानब इतिहासमा अपूर्व बिकासका सम्भावनाहरुको ढोका खोल्यो र बैज्ञानिक समाजबादको श्रेष्ठता स्थापित र कायम ग¥यो । मानिसले मानिसको शोणको अन्त्यको आरम्भ भएको बिल्कुलै नयाँ महान ऐतिहासिक युगको आरम्भ भयो । त्यति मात्र होइन, त्यसले जुन मूल्य, मान्यता र पद्धतिको स्थापना ग¥यो त्यसको प्रभाव अक्टोबर क्रान्तिका पक्षधर तथा त्यसका बिरोधीहरुमाथि पनि अपूर्वरुपमा प¥यो । फलस्वरुप मजदुर, किसान, राष्ट्रिय पूँजीपति बर्ग र महिला तथा यूवा–बिद्यार्थी समुदायले हिजोभन्दा सहज जीवन यापन गर्ने स्थिति हरेक देशमा बन्दै गयो या बन्ने दबाब पर्दै गयो भने रुसमा त सम्पूर्ण शोषित पीडित जनताले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्या र रोजगारीको अपूर्व अधिकारहरु नैसर्गिकरुपमा नै प्राप्त गरे । त्यसले गर्दा बिश्व मानब समुदयमा बोल्शेभिक क्रान्तिको प्रभाव ‘जंगलमा लागेको डढेलो’ जस्तै बिश्वब्यापीरुपमा फैलियो ।
अक्टोबर क्रान्ति सम्पन्न भएर सोभियत जन परिषद (सरकार होइन) बन्नासाथ लेनिनले तीन महत्वपूर्ण कुराको आज्ञाप्ति जारी गर्दै भोजन, भूमि र भरपर्दो शान्तिको घोषणा गर्दै त्यसलाई ठोसरुपमा लागु गरे त्यसले बास्तवमा नबोदित शोषित पीडित जनताको सरकार कसरी जनताको गास बास र शान्तिप्रति समर्पित रहेछ भन्ने कुरा प्रष्ट ब्यबहारबाटै दर्शाए । त्यसले गर्दा क्रान्तिको प्रभाव चौतर्फीरुपमा बढेर गयो । क्रान्तिपछि बिश्वमा पहिलो पटक योजनाबद्ध आर्थिक बिकासको–नयाँ आर्थिक योजना (न्यू इकोनोमिक प्लानिङ्ग –(नेप) आरम्भ गरियो त्यसले नब स्थापित सोभियत संघलाई चौतर्फीरुपमा सबल र सफल बनायो । अक्टोबर क्रान्ति पछि त्यसलाई ध्वस्त पार्ने प्रतिगामी गृह युद्ध र पछि दोश्रो बिश्व युद्धको समेत रचना गरेर लेनिनले स्थापना गरेको र स्तालिनले सशक्तरुपमा अघि बढाएको समाजबादी सोभियत सघ सबै खाले युद्धलाई परास्त गरेर समाजबादी सोभियत संघको रक्षा मात्र गरेन, फासिष्ट नाजीबादी पूँजीवादलाई परास्त गर्दै पूर्वी यूरोपका कयौ देश पूर्वी जर्मनी, पोल्याण्ड, यूगास्लाभिया, चेकोस्लाभिया हंगेरी, अल्बानिया लगयतका देशहरुमा समेत समाबादी समाज स्थापना गर्न पनि मद्दत पु¥यायो । यसका लागि सोभियत समाजको रक्षा र बिकास गर्न नेतृत्व गर्ने जोसेफ स्तालिनलाई जश अबश्य जान्छ । जसको उल्लेख नगरी अक्टोबर क्रान्तिको रक्षा, बिकास र त्यसको प्रभावको कुरा अधूरो र अपूरो नै रहन्छ ।


तर संशोधनबादी र नबसंशोधनबादीहरु स्टालिनको भूमिकालाई सर्बथा नकारेर केवल लेनिनको प्रसंशा मात्र गर्दैनन्् बरु क्रुश्चोभ र गोर्भाचोभ समेतलाई लेनिनको समकक्षमा राखेर स्तालिन र माओलाई कम्युनिष्ट आन्दोलनमा बिखराब र बिभाजन ल्याएको भनेर गलत सन्देश प्रबाह गरी स्टालिन र माओको देहाबसाना पछि शोषित पीडित जनतालाई गुमराह गर्न आज पनि उद्यत हुँदै आएका थिए । अद्यापि त्यसो गर्न संशोधनबादी नब संशोधनबादीहरु उद्यत रहेका छन्् । निश्चय नै शोषित पीडित बर्गको हितमा नयाँ नयाँ काम गर्न बिल्कुलै नयाँ बाटो हिड््ने दौरानमा सोभियत नेता स्टालिन र चीनीयाँ नेता माओ त्सेतुङ्गबाट कतिपय गल्ती कमजोरी भएकै हुन्् । तर ती उनीहरुले निभाएको समग्र क्रान्तिकारी कार्यका अगाडि धेरै थोरै कुरामध्येमा पर्ने बिषय थिए ती । तिनलाई उछालेर शोषित पीडित जनताको मुक्ति, प्रगति र समुन्नतिका निमित्त स्टालिन र माओ जस्ता महान कम्युनिष्ट आन्दोलनकारी ब्यक्तित्वहरुले कम्युनिष्ट आन्दोलनमा पु¥याएका महत्वपूर्ण, उल्लेखनीय र ऐतिहासिक योगदानहरुको अबमूल्यन संशोधनबादी र नबसंशोधनबादी बिसर्जनकारी शक्ति र ब्यक्तिहरु बाहेक अरु कसैले गर्न त सोच्न पनि सक्तैन । उनीहरु लेनिनको सर्बहारा अधिनायकत्वको बोक्रे बोक्रे तरिफ त गर्ने तर सबै जनताको राज्य, आर्थिक होड र शान्तिपूर्ण संक्रमणको वकालत गर्ने ख्रुश्चोभ र गोर्भाचोभलाई समर्थन गर्ने गर्दछन्् । लेनिनको प्रसंशाको खोल ओढेर पूँजीवादको समर्थन गर्न उद्यत हुने यो परम्परा नेपालमा पनि रहँदै आएको र अहिले झन बढेको छ । कम्युनिष्ट पार्टीको नेतृत्व गरेको भ्रम दिएर अर्थात कम्युनिष्ट झण्डाको दुरुपयोग गरेर राजतन्त्र र दबारिया तत्वहरुको समर्थन गर्ने र उनीहरुबाट सहयोग लिने तथा किसान आन्दोनलको बिरुद्ध खडा हुने लाजपचेका त्यस्ता कथित कम्युनिष्टहरु नेपालको सन्दर्भमा रायमाझीपन्थी भनेर चिनिएका बदनाम कम्युनिष्ट हुन्् । रायमाझी अन्ततोगत्वा राजाको मन्त्री र राजसभाका अध्यक्ष समेत भएर कम्युनिष्टको नाममा सामन्तबादको सेवा गर्न पुगेको कुरा इतिहासमा अमिटरुपमा अंकित छ । त्यस्ता अवसरबादी कम्युनिष्टहरुको जत्था अहिले पनि नब रायमाझीपन्थमा अग्रसर भएर कम्युनिष्ट आन्दोलनलाई बिसर्जनको गलत दिशामा धेकेल्न उद्यत छन्् । यसरी आज पनि नब रायमाझीपन्थीहरुले नयाँ किसिमले रायमाझीकै बाटो अँगाल्दै आएको देखिन्छ । जसले जन आधारित कम्युनिष्ट सँस्कृति,चरित्र, संस्कार र ब्यबहार पनि नराम्रोसँग बद््लिदिएको छ । उनीहरुले सोझै या परोक्षरुपमा स्टालिन र माओलाई बिरोध गर्नु र लेनिनको नक्कली सराहना गर्नुको परिणति आज छर्लङ्ग देखिन थालेको ।
सोभियत संघको बिघटनमा उनीहरु आन्तरिक कारण देख्दैनन््, कम्युनिष्ट आन्दोलनभित्र संशोधनबादले पूँजीवादी प्रबृत्तिलाई कसरी ध्वस्त पार्छ भन्ने कुरालाई स्वीकार्न चाँहदैनन्् । त्यसैले बाह्य कारणलाई मात्र औल्याएर उनीहरु त्यसबारे भ्रम छर्ने काम गर्दछन्् । निश्चय नै सोभियत कम्युनिष्ट पार्टीको नेतृत्वमा खु्रश्चोभ, ब्रेज्नेभ र गोर्बाचोभ जस्ता संशोधनबादी तथा बिसर्जनबादी नेताहरु सोभियत कम्युनिष्ट पार्टी नेतृत्व कब्जा जमाउन पुग्दैनथे र सोभियत कम्युनिष्ट पार्टीलाई भित्रभित्रै दिशाहीन र गतिहीन तुल्याउँदैनथिए भने बाह्य साम्राज्यबादी दबाबका कारणले मात्र लेनिन र स्टालिनले बनाएको र हुर्काएको सोभियत संघ बिना रक्तपात सहजै समाप्त हुने स्थिति नै बन्दैन थियो । यो कुरा त मध्य दिनको घाम जत्तिकै छर्लंग छ । संशोधनबादीहरुले जे जस्तो भूmटो आलाप स्टालिन र माओका बिरुद्ध गर्ने गरेको भए पनि उनीहरुको न्यायोचित मूल्यांकन इतिहासले गरेको छ र अझै पनि गर्दै जानेछ । आज पनि बिघटित सोभियत संघ र त्यसको सबैभन्दा ठूलो घटक रुसमा स्टालिनको खोजी हुदै छ भने चीनमा जसरी साँस्कृकित क्रान्तिको उग्र उभारको बेला माओलाई अतिबादीहरुले बद््नाम गर्न खोजेका थिए त्यो चरण पनि समाप्त भएको छ । अहिले चीनमा माओलाई सही किसिले सम्मान गरिनुपर्ने दिशामा जबर्जस्त आवाज पनि उठिरहेको छ । त्यसैको परिणति हो कि चीनका बर्तमान शक्तिशाली राष्ट्रपति तथा चीनीयाँ कम्युनिष्ट पार्टीका महासचिव शी जिनपिङ्गले माक्र्सबाद चीनीया कम्युनिष्ट पार्टीका लागि मुटु जत्तिकै महत्वको कुरा हो र यसको अभावमा चीनीयाँ कम्युनिष्ट पार्टीको अस्तित्व नै रहन सक्तैन भनेका छन्् । शीले कम्युनिष्ट हुन चाहनेले ब्यक्तिगत लोभ लालच र सम्पत्तिमा आँखा लगाउनु हुदैन, धन कमाउने मन छ भने ब्यापार ब्यबसायतिर लाग कम्युनिष्ट पार्टीमा त्यस्ताको काम छैन भन्ने कुरा पनि औंल्याएबाट कम्युनिष्ट पार्टी बर्गीय हुन्छ र त्यो त्याग तपस्याबाट मात्र अघि बढ््न सक्तछ भन्ने कुरा दर्शाएका छन्् । यसका साथै चीनमा जुन असमानता र भ्रष्टाचार ब्याप्त छ त्यसलाई निमिट्््यान्न पार्नकै लागि चीनीया कम्युनिष्ट पार्टीको सर्बोपरी ध्यान केन्द्रित गर्न थालेको देखिदैछ । ‘असमानताको अन्त्य गर्ने कि कम्युनिष्ट पार्टी नै सकिने’ भन्ने जीवन मरणको सवाल त्यहाँ बनेको कुरामा नेतृत्वले जुन गम्भीर चिन्ता देखाएको छ त्यसबाट सही निकास निस्कने आशा गर्न सकिन्छ । त्यसैल आज चिनीयाँ कम्युनिष्ट पार्टीको यस दिशालाई बिश्वका कम्युनिष्ट क्रान्तिकारीहरुले गम्भीरतापूर्वक र साबधानीकासाथ हेरिरहेका छन ।
यतिबेला अक्टोबर क्रान्तिको एक सय दुइ बर्ष पुगेको सन्दर्भमा बिश्व कम्युनिष्ट आन्दोलनको कुरा गरिरहँदा र १०२औं बार्षिकी मनाइरहँदा सोभयित संघको बिघटनको साङ्गोपाङ्गो गम्भीर, गहन र गहिरो चौतर्फी अध्ययन अनुसन्धान गरिनु अत्यावश्यक छ । यसले बिश्व कम्युनिष्ट आन्दोलनको स्थिति, गति र सही दिशा पर्गेल्न र अघि बढ््न मद्दत पु¥याउने सक्दछ । माक्र्सबाद, लेनिनबादका सार्बभौम मान्यता र मूल्य पद्धतिलाई सही परिप्रक्षमा सही किसिले अबलम्बन गर्दै बिश्व कम्युनिष्ट आन्दोलनलाई आ–आफ्नो देशको परिस्थितिको सापेक्षतमा बर्गीयरुपमा अघि बढाउने हो भने यसको सान्दर्भिकता र सापेक्षता अहिले पहिलेभन्दा पनि अझ बढेको छ । अक्टोबर क्रान्तिको बार्षिकोत्सब मनाउनुको तात्पर्य पनि गलत र भ्रमपूर्ण दिशाका बिरुद्ध सही दिशामा कम्युनिष्ट आन्दोलनलाई गतिमान तुल्यानु र जनता र राष्ट्रको साच्चो पहरेदारको रुपमा यो आन्दोलनलाई बिकसित गर्नु हो । यसै सन्दर्भमा संशोधनबादी, नब संशोधनबादी र बस्तुतः अवसरबादीहरुको कुरा कोट्याइएको हो ।