प्रेरक नेतृ बेट्टी एम्बाटिलियसको जीवनगाथा

प्रेरक ब्यक्तित्व

जय कार्की प्रकाशित मिति : सोमवार, कार्तिक १८, २०७६

बेट्टी एम्वाटिलियस एक जना अन्तर्राष्ट्रियतावादी प्रेरक कम्युनिष्ट हुनुहुन्थ्यो एकजना उपनिवेसवाद विरोधी हुनुहुन्थ्यो । वृटिश साम्राज्यवादी नीतिको कडा विरोधी एवं स्वतन्त्रताप्रेमी हुनुहुन्थ्यो । उहाँको जन्म सन् १९१७ को अक्टोवर महिनामा बेलायतको साउथ वेल्समा एक जना कोइला खानी निरिक्षकको सन्तानकोरुपमा जन्मेकी थिइन । उनको खास नाम बार्टलेट थियो । यिनले अध्ययन पुरा गरेपछि शिक्षिकाको रुपमा काम गरेकी थिइन । सन १९३९ मा वेलायतको कम्युनिष्ट पार्टी (CPG) को सदस्य बनेकी थिइन । उनले सिपिजिको विभिन्न पदमा रहेर आफ्नो भूमिका पुरा गरेकी थिइन भने सन १९४३ मा केन्द्रीय सदस्यमा चयन भएकी थिइन ।

 

सन १९४४ मा बेट्टीले ग्रीसका जहाज मजदुरहरुको यूनियनका सचिव तथा ग्रीक कम्युनिष्ट पार्टीका सदस्य टोनी एम्बाटिलियससित विवाह गरेकी थिइन । पार्टीले सन १९४० मा कार्डिफमा कामको जिम्मेवारी सुम्पेपछि एम्बाटिलियससित प्रेमसम्बन्ध कायम भएको थियो । बेट्टी विवाह पश्चात् नाजीहरुको पतनसँगै सन १९४५ मा ग्रीसमा आएकी थिइन र ग्रीस कम्युनिष्ट पार्टी (KKE) को सदस्य बनेकी थिइन । उनको श्रीमान टोनीलाई ग्रीसमा गृह युद्ध भडिकरहेको बेलामा सन १९४५ मा नै गिरफ्तार गरी अरु टे«ड यूनियन नेताहरुसँगै जेल चलान थियो ।

बेट्टीले सन १९४५–१९४९ सम्म बन्दीहरुलाई छुटाउन निरन्तर अभियान चलाइरहिन । उनी टोनीलाई रिहा गराउन त असफल भइन तर बन्दीहरुको फाँसीको सँजायलाई परिवर्तन गराई आजीवन कारावासमा परिवर्तन गर्न भने सफल भएकी थिइन । ग्रीस बेलायती उपनिवेश अन्तरगत रहेकोले उनले बेलायतबाट टोनी लगायतको बन्दीहरुलाई रिहा गराउने अभियान निकै प्रभावकारी हुने ठानेर बेलायतबाटै अभियानको शुरुवात गरिन । उनले बेलायतबाट थुपै्र सांगीतिक अपिलहरु लगायत ब्रिटिश सभासदलाई लविङ्ग गर्ने काम गरिन । त्यसैगरी सार्वजनिक सभाहरुको आयोजना गर्दै टोनीको मुद्दाको व्यापक प्रचार गर्ने र क्षमा दिनको लागि निवेदन हाल्ने काम गरिन ।
सन १९६१ मा बेट्टीको ग्रीसको प्रधानमन्त्री जर्ज कारामान्लिससित बेलायतको राजकीय भ्रमणमा आएको बेलामा भिक्टोरियन स्टेसनमा झडप पनि भएको थियो ।
त्यसपश्चात सन १९६३ बेलायत भ्रमणको क्रममा रानी फ्रेडेरिका होटल क्लारिजमा बसेकी थिइन । सो होटलवाहिर विरोधको घेरा बनाउने र सडक प्रदर्शन गर्नाले निकै चर्को रुप लियो । दक्षिणपंथी ग्रीस र ब्रिटिश अखवारहरुले उनलाई रानीलाई हातपात गर्न खोजेको र मनपरी गाली गरेको भनि झुटा आरोपहरु लगाए तर उनको उदेश्य आफ्नो श्रीमान टोनीलाई आजीवन कारावासबाट मुक्त गराउन रानीलाई ससम्मान पत्र हस्तान्तरण गर्नु थियो ।
उनको यो अभियानको सफलताले अन्तत परिणाम राम्रो निकाल्यो । सत्र वर्षपछि अर्थात १९६४ मा टोनी रिहा भए । उनको रिहाईसँगै बेट्टी ग्रीस फर्किन र ग्रीस प्रगतिशील राजनैतिक आन्दोलनको सदस्य भएर कृयाशिल भईन त्यो समयमा ग्रीस कम्युनिष्ट पार्टी प्रतिवन्धित थियो ।
सन्् १९६७ मा एकजना सैनिक कर्णेलले सत्ता अपदस्त गरेपछि बेट्टीलाई यिऔरा टापुमा बन्दी बनाएको थियो । अन्तर्राष्ट्रिय दवावका कारण उनी केही हप्ताभित्रै रिहा भएकी थिइन । रिहा पश्चात्् लगत्तै जुन महिनामा १९६७ मा बेलायत फर्किन अनि ग्रीसमा प्रजातन्त्र स्थापनाको पुनस्थापनाको आन्दोलनमा हेलिइन ।
सन १९७४ मा सैनिक सत्ताको अन्त्यपछि टोनीसित आन्दोलनमा एकाकार हुन बेलायतबाट फर्किन टोनी पुनः १९७३ मा जेल चलान भएका थिए । भूमिगत प्रतिरोध आन्दोलनमा सरिक भएकाले । टोनी के.के.ई. पार्टीको राजनैतिक ब्युरोका केन्द्रीय सदस्य थिए । बेट्टी सन १९८१ मा केकेइ को केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन । र, पार्टीको अन्तर्राष्ट्रिय विभागको उपाध्यक्षमा चयन भएकी थिइन । बेट्टीलाई नपुग्ने के थियो र तर पनि उपनिवेसवादको विरुद्ध लडन कम्मर कसेर लागिन ग्रीसको उपनिवेसलाई समाप्त गर्न निरन्तर आन्दोलनमा होमिइरहिन, फाँसीको सजाय पाएका आफ्नो पति टोनी लगायत सबै बन्दीहरुको जीवन रक्षा गर्न सफल भई सैनिक सत्तालाई पल्टाउन अन्तर्राष्ट्रिय समर्थन सृजना गरिन टे«ड यूनियन आन्दोलन तथा कम्युनिष्ट आन्दोलनको विकास र रक्षाको लागि आन्दोलन गर्दा गर्दै एउटा निस्वार्थी क्रान्तिकारी महिला योद्धाको देहान्त अक्टोवर १७, २०११ मा भैसकेको छ ।

जय कार्की: स्तम्भकार

उनी जीवनभर डेली वर्कर पत्रिका मार्फत ग्रीसमा भइरहेको बरबरतापुर्ण जंगली आतंक, मृत्यु दण्ड, ग्रीक कम्युनिष्ट लडाकुहरुलाई दिइने यातनाको विरोधमा दृढतापूर्वक उभिएकी थिइन । र उनी पार्टीको क्रान्तिकारी राजनैतिक लाइनलाई विदेशमा छरिएर रहेका सबैलाई एउटै समुहमा ल्याउन सँधै लागिन पार्टी सदस्य भएपछि शुरुमा बेट्टीले बर्गिङ्गघम जिल्लामा रहेको पार्टी कार्यालयमा काम गरेकी थिइन ।
यस्ता अथक तथा चर्चित महिला नेतृहरुको कुनै देश र सिमाना हुँदैन बास उनीहरुले जीवन र जगतलाई के सिकाए र कसरी आमूलपरिवर्तनको आन्दोलनलाई अघि बढाए भन्ने विषय नै मूलत प्रेरणाको श्रोत बन्दछ र सबैका लागि प्रात स्मरणीय बनिरहन्छन । बर्तमानको पुस्ताले उनीहरुको जीवनगाथाबाट धेरै कुरा सिक्न सक्छन । बेट्टी र टोनी पनि त्यस्तै प्रेरणादायी श्रोत हुन ।

सन्दर्भ सामग्रीहरु

The morning star online Great Britain, By Yvonne Lysandrou

Wednesday 19 October 2011