जनताले झुकाईछाडे इक्वेडोरका राष्ट्रपतिलाई

जय कार्की प्रकाशित मिति : आइत, अशोज २६, २०७६

सरकार र आन्दोलनकारीवीचको वार्ताको दृश्य

अन्तत: खर्च कटौतिको प्रस्ताव सबै प्रस्ताबहरु खारेज गर्न बाध्येभएका छन राष्टपति लेनिन मोरेनो । उनको यो कदमले गर्दा सेना र प्रहरीको दमनका कारण दर्जनौ प्रदर्शनकारीको ज्यान गएको थियो, दुई हजारभन्दा बढि गिरफतारीमा परेका थिए भने ११ सयभन्दा बढि घाईते भएका थिए । अरबौंको नोक्सानी पनि देशले बेहोर्न बाध्ये भएको छ । विश्व मुद्रा कोषको ऋण तिर्नका लागि खर्च कटौति र इन्धनको भाउमा शतप्रतिशत वृद्धि गरेका राष्ट्रपतिको योजनालाई जनताले पूरै विफल बनाई दिएका छन र उनको नबउदारीकरणको नीति तथा कार्यक्रमलाई जनताले पूरै अस्विकृत गरिदिएका छन । जनताको आन्दोलनलाई थेग्न नसकेछि मोरेनी राजधानी त्यागेर अन्यत्रै सर्न बाध्ये भएका थिए । उनको लोकप्रियता घटेर दश प्रतिशतमा झरेको छ । मुद्रा कोष पनि ऋण उठाउने कुनै नयाँ चाल चल्न थालेको छ । यो आन्दोलनले मुद्रा कोषको ऋण उठाउने शर्त कति खतरणाक हुँदो रहेछ भन्ने कुराको पछिल्लो ज्वलन्त उदाहरण हो यो ।

आन्दोलनमा उत्रिएका जनताले राष्ट्रपति र जनताका प्रतिनिधिहरुवीचको वार्ता टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्न सहमत नभएसम्म वार्तामा नबस्ने अडान लिएपछि सो माग पनि पूरा गर्न बाध्ये भएका थिए उनी । प्रत्यक्ष प्रशारण सुनिरहेका आन्दोलनकारीहरुले आफ्ना वार्ता टोलीलाई दबाब दिएको थाहा पाउने बित्तिक्कै सडक आन्दोलनबाट तत्कालै जवाफ र विरोध जनाएका थिए । यो निकै अनौठो वार्ता भएको भनि सबैले स्विकार गरेका छन ।

&&&&&&&&&&&&&&&&&&&&&

यो पनि पढ्नुस

इक्वेडोर युद्धग्रस्त क्षेत्रमा परिणत आन्दोलनकारीको अडान कायमै तस्बिर सहित

इक्वेडोरका राष्ट्रपति लेनिन मोरेनोले जनतालाई ४५ वर्षदेखि दिईरहेको लोककल्याणकारी सुविधाहरु लगायतको खर्चमा व्यापक कटौति गरी इन्धनको भाउमा १२३ शतप्रतिशतले बृद्धि गरि जनताको ढाड सेक्ने र अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण तिर्ने कुख्यात योजनाको खारेजीको माग गर्दै आक्रोशित जनतामा सडक संघर्षमा उत्रेका छन ।

आम जनता सुरक्षाकर्मीको गोली प्रहार र टियर ग्याँसको लोलालाई झेल्दै हजारौं आदिवासी जनता, मजदुर तथा विद्यार्थीहरु सरकारी निषेधाज्ञालाई तोडदै सरकारको अलोकप्रिय कदमका विरोधमा उत्रेपछि सुरक्षाको खतरा देखेपछि राष्ट्रपतिले राजधानी छाडिसकेका छन ।

जनताको यो असन्तुष्टिलाई दमन गर्ने मनसुवाका साथले शहरमा कफ्र्यु जारी गरि व्यापक दमनको बाटो अप्नाएका छन । हालसम्म ५ जना आन्दोलनकारी माएिको र हजारौं घाइते भएको खबर आईरहेको छ । अझ बढि दमन गर्नको लागि मोरेनो भन्दैछन आदेश नम्बर ८८३ जारी गर्दैछन सान्ति बाहाली गर्न सुरक्षालाई अझै कडा पार्ने र कुनै पनि आन्दोलन हुन दिन्न ।
स्मरणीय छ यो भन्दा अघि बामपक्षीय सरकार थियो । राष्ट्रपति राफेल कोरीले हरेक क्षेत्रमा विकास निर्माणका कामलाई अघि वढाई जनतालाई निकै खुशी पार्नुका साथै अन्तराष्ट्रिय जगतमा निकै लोक प्रियता कमाएका थिए ।

देशले समुन्नतिको राम्रो बाटो लिईसकेको थियो तर साम्राज्यवादीहरुलाई सैह्य भएन अनेकौं आर्थिक हिनामिना गरेको, विदेशी बैंक पनामामा अकुत रकम जम्मा गरेको आरोप लगाई निर्वाचनमा षडयन्त्र गरि राफेल कोरीलाई ब्यालेट बक्सबाटै परास्त गराईछाडेको थियो । त्यसपछि साम्राज्यवादीहरुको इसारामा चल्ने मोरेनोको सरकार बनेको थियो । जनताकोलागि भन्दा अन्तर्राष्ट्रिय मुद्रा कोषप्रति बफादार भएकोले उनको यो हविगत हुन पुगेको हो ।
आन्दोलनमा पाँच जना आन्दोलनकारीहरुको ज्यान गएको छ भने हजारौं आन्दोलनकारीहरु घाईते भएका छन ।

आन्दोलनकारीहरुले राजधानीमा पूर्णत घेराबन्दी गरेका छन । बिमानस्थल जाने बाटो बन्द गरिदिएका छन भने महान्यायाधिबक्ताको कार्यालयमा आगजनि गरेका छन । संसद भवनमाथि पनि आगजनि गरेका छन । प्रहरी बलले टियर ग्याँस, रबरको गोली हानेर घाईते बनाएको मात्र छैन, पानी र विद्युत आपूर्तिलाई कटौति गरेको छ ।
आन्दोलनकारीहरुले तेल उत्पादनमा अवरोध खडा गरेका छन भने चिनद्धारा उत्पदान गरिरहेको तावाँ कम्पनीले उत्पादनमा सिमितमात्रामा कटौति गरेको छ ।
यो राष्ट्रव्यापी हडतालले सबै विद्यालयहरु र बन्दव्यापार ठप्प भएको छ । विभिन्न क्षेत्रबाट आन्दोलनलाई सघाउँन आदिवासी जनताहरु राजधानी तर्फ लागिरहेका छन ।
“हाम्रो झण्डा श्रमिक वर्गको रगत जस्तै रातो छ” राष्ट्रपति मोरेनो चाहिदैन । मुद्राकोष चाँहिदैन । इन्धनको भाउ पुरानै कायम गर भनि श्रमिकहरु सडकमा उत्रिएका छन । अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण तिर्नको लागि राष्ट्रपति मोरेनोले इन्धनको मूल्यमा दुई गुनाले बृद्धि गरेकोले यसको प्रत्यक्ष असर आमजनतामा परेकोले यो आन्दोलन भडकेको हो ।

ट्रेड युनियन मोर्चाका नेता भन्छन “सरकारले ठूला बैंकहरु, पुजिपतिहरुलाई एक पछि आर्को गरी प्रोत्साहन, पुरस्कृत गरिरहेको छ तर मजदुरवर्गलाई भने दण्ड सँजाय गरिरहेको छ ।” एक करोड ७० लाख जनताको एउटै माग रहेको छ, जनतालाई महंगीको जाँतोमा पिस्ने राष्ट्रपतिले राजीनामा दिनुपर्छ । मोरेनोले वार्ताको प्रस्ताव अघि सारेपछि आन्दोलनकारीहरुका तर्फबाट भनिएको छ “वार्ता गर्न तयार छौं तर टेलिभिजनबाट वार्तालाई प्रत्यक्ष प्रशारण गर्नुपर्छ ।”

आन्दोलनले भयंकर रुप लिएपछि राष्ट्रपति भने राजधानी छाडेर अर्कै स्थानकाट दैनिक कामकाज गरिरहेका छन । यसबाट पनि थाहा हुन्छ इक्वाडोरको स्थिति कति गंभीर छ ।
राष्ट्रपति मोरेनोले यो आन्दोलन भेनेजुयला र पूर्व राष्ट्रपति राफेल कोरीले सरकारलाई अपदस्तगर्नका लागि चालेको कदमकारुपमा दुष्प्रचार गरेपनि आन्दोलनकारीहरुको भनाई भने फरक छ जनताको ढाड सेक्ने गरी इन्धनको भाउ शतप्रतिशत बढाएको कारणले आन्दोलनमा उत्रिन बाध्ये भएको भन्छन ।

श्रोतः
अल जजीरा अनलाईन
आर.टी. अनलाईन
कन्टयाक्ट टेलेसुर