नेपालका राजनेता प्रचण्ड र राष्ट्रपति सी बीच वान टू वान भेटवार्ता

प्रकाशित मिति : आइतवार, अशोज २६, २०७६

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङले राजनीतिक भेटवार्तालाई निरन्तरता दिने भएका छन ।

शनिबार नेपाल आइपुगेका राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्रेशका नेता शेरबहादुर देउवालाई भेटिसकेका छन ।

सत्तारुढ दल नेकपाका नेताहरुसङग भने आज बिहान भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । नेकपा सचिवालयका एक नेताका अनुसार नेकपाका नेताहरुसङ्ग सामूहिक भेटवार्ता हुनेछ ।

नेकपा अध्यक्ष प्रचण्डको नेतृत्वमा सीले नेकपाका नेताहरुसङ्ग भेटवार्ता गर्ने भएका हुन । यद्दपी सीसङ्ग प्रचण्डले वान टू वान भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । आज बिहान १०:३० बजे प्रचण्डले वान टू वान भेटवार्ता गर्ने भएका हुन ।

नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ ।

द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने सेड्युल छ ।