कविता दसैं- हिजो र आज

अर्जुन शर्मा निरौला प्रकाशित मिति : शनिबार, अशोज २५, २०७६

अर्जुन शर्मा निरौला/गीतखोला

 

○ हिजो 

गतिलो झर्के थाल थालभरि जमरा
दौरा सुरूवालमा -गज्जक हजुरबा। ।
कारपेच टोपी भादगावले टोपीहरू-शिरमा सजिन्थ्यो
हजुरुमाहरू झपक्क सजिन्थे-शिरबन्दी चेप्टे सुन नौगेड़ीहरूमा ।।
फरियॉ चोली पटुकी हेम्बरी पुर्ख्यौली पहिरन
ड्याम्म ओछ्याईन्थ्यो भूईॅमा खाँटी राड़ी
बस्थे पलेँटी कसेर साईनो क्रमानुसार लस्करै
ललाटभरि चामलको टिको-आशिर्वाद दिईन्थ्यो ।।

○○
दसैं- आज
कोट पेन्ट टाई सूट बुट ठूला बड़ाहरू
रंगी बिरंगी पहिरन काका मामा बड़ाहरू ।।
फूपु, आमा, बड़ीआमाहरू पश्चिमेली पहिरनमा
छोरी बहिनीहरू पनि उस्तै कुईरे फिरंगी जस्ता ।।
ट्रेमा सजाईएका आक्षेता फूलपातीहरू
आरामदायक मेचहरूमा सजिएका लस्कर
बेलायती चालढाल-रवाफ रौनक
आजको दसैं -अलिक कस्तो कस्तो …….??
बदलिएन समय-बदलियौं हामी
बिर्सियौं संस्कार-गुमायौँ संस्कृति !!