चीनीयाँ राष्ट्रपति सी जीनपिङको भ्रमण ऐतिहासिक र महत्वपुर्ण : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति : शनिबार, अशोज २५, २०७६

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चीनीयाँ राष्ट्रपति सी जीनपिङको भ्रमण खाली आउने र जाने विषय मात्र नभएको स्पष्ट पार्नु भएको छ । चितवनको माडीमा ओयोजित एक कार्यक्रममा बोल्दै उहाँले चीनीयाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक र महत्वपुर्ण हुने बताउनु भएको हो ।

२३ बर्ष पछि हुन लागेको चीनीयाँ राष्ट्र प्रमुखको भ्रमणको विषय सामान्य विषय नभएको भन्दै उहाँले यो भ्रमणले दक्षिण एसिया र नेपाल, चीन र भारत सम्बन्धमा महत्व पुर्ण अर्थ राख्ने बताउनु भयो । राष्ट्रपति सीको भ्रमणका अवसरमा नेपालले रेल, सडक, उद्योग लगायतका क्षेत्रमा सम्झौता गर्ने तयारी गरेको भन्दै सीको भ्रमणले नेपालको पूर्वाधार निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।

भ्रमणले नेपालको बिकासमा दिर्घकालिन प्रभाव पार्ने बताउदै उहाँले सीको भ्रमणले निकै महत्वपूर्ण सन्देश दिनेदाबी गर्नुभयो । चिनियाँ राष्ट्रपति शी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुई दिवसीय राजकीय भ्रमणको मिति सार्वजनिक भएसँगै स्वागतको तयारी ले तीव्रता पाएको छ ।