चिनिया राष्ट्रपति शि को स्वागतका लागि तयारी अन्तिम चरणमा

प्रकाशित मिति : शुक्रबार, अशोज २४, २०७६

प्रधानमन्त्री केपी र चिनका राष्ट्रपति शि जिन पिंग (फोटो फाईल)

कम्युनिष्टअनलाईन.कम,जनवादी गणतन्त्र चीनका राष्ट्रपति शि जिन पिंङ आज र भोली (अक्टोबर ११ र १२ का दिन) भारत भ्रमणको कार्यक्रम सकेर दुई दिने भ्रमणमा नेपाल आईपुग्ने कार्यक्रम रहेको छ ।
भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीसित शुक्रबार र शनिवार तामिलनाडुको महाबलीपुरममा अनौपचारिक छलफलमा ब्यस्त रहनु हुनेछ । चिन र भारतवीच दोकलममा भएको सिमा विवादलाई वार्ताद्धारा समाधान खोज्न सन २०१७ को २७ र २८ अप्रिलमा राष्टपति शि र प्रधानमन्त्री मोदीवीच वार्ता भई गतिरोध अन्त्य भएको थियो भने यसपटक कास्मिर विवाद लगायतका विषयहरुमा त्यस्तै वार्ता हुने अनुमान गरिएको छ ।
छिमेकी देश भारतको भ्रमण लगतै राष्ट्रपति शि  संघीय गणतन्त्र नेपालको राष्ट्रपति विद्यादेबी भण्डारीको औपचारिक निमन्त्रणामा दुई दिने भ्रमणका लागि अक्टोबर १२ का दिन नेपालको राजधानी काठमाण्डौ आईपुग्नुहुनेछ ।
नेपाल भ्रमणको अवधिमा महत्वपूर्ण दुई पक्षीय संझौताहरु हुने संभावना रहेको छ । त्यसमध्ये नेपाल सरकारले देहायका प्रस्तावहरु प्रस्तुत गर्ने तयारी गरेको थाहा हुन आएको छ ।
केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माणसहित पूर्वाधार निर्माण सम्बन्धी आयोजनाहरूको सम्झौता

अरु पनि एक दर्जन आयोजना चिनियाँ साझेदारीमा बनाउन सम्झौता गर्ने निर्णय गरेको छ ।
काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको ६ किलोमिटर सुरुङमार्ग र सोही बाटो भएर रसुवाको स्याफ्रुबेसीसम्म पुग्ने सडक निर्माणका लागि सम्झौता
‘कोसी,कर्णाली र गण्डकी सडक करिडोरको स्तरोन्नति तथा निर्माणको पनि सम्झौता गर्ने सम्भवना रहेको छ ।
यसका अतिरिकत नेपालले चीनबाट विभिन्न आर्थिक सहयोगको ठूलो अपेक्षा गरेको देखिन्छ । राष्ट्रपति शि को भ्रमणमा राजधानीलाई झकिझकाउ पार्ने काम अन्तिम चरणमा पुगेको छ ।
शि को भ्रमणप्रति आम नेपाली जनताले ठूलो उत्साहा र चासोका साथ पर्खिरहेका छन ।
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा नेपाल सरकारले आइतबारको दिन सार्वजनिक बिदा पनि दिने निर्णय गरेको छ ।

राष्ट्रपति शि को राजकीय भ्रमणलाई आकर्षक बनाउन काठमाण्डौलाई यसरी झकिझकाउ पारिएको छ

 

 

 

 

 

 

 

 

Photos By Som Bahadur Tamang and Dipak KC