चीन र पाकिस्तानको सीमारेखा नजिक एम ७७७ अमेरिकी तोप तैनाथ

प्रकाशित मिति : बुधबार, अशोज २२, २०७६

एजेन्सी । भारतले चीनसंग सीमा जोडिएको अरुणाचल प्रदेशको एलएसीमा तोपखानाको शक्ति बढाउने तयारी गरेको छ । यसका लागी अमेरिकासंग खरिद गरेको एम ७७७ अल्ट्रा लाइट होवित्जर तोप तैनाथ गर्ने भारतको तयारी छ ।

भारतले अमेरिकासंग १४५ वटा एम ७७७ खरिद गर्दैछ । भारतिय सेनाले लद्दाखको उत्तरी क्षेत्र र अरुणाचल प्रदेशको पूर्वी क्षेत्रमा तोप तैनाथ गर्नेछ । अरुणाचल प्रदेशमा तैनाथ आर्टिलरी रेजिमेंटलाई एम ७७७ चलाउने तालिम समेत दिने काम भइरहेको छ । यसबाट सेनाको शक्ति बढ्ने आंकलन छ । अरुणाचल प्रदेशको तवांग, कामेंग र वालोंगजस्ता क्षेत्रहरुमा यो तोप तैनाथ हुने भारतिय सेनाका एक अधिकारीले बताए ।
भारतीय सेनाले हतियार पत्ता लगाउने राडर स्वाति भारतमै बनाएको थियो । यसले चीनबाट तोपमार्फत हुने गोलावारीको समय पत्ता लगाउन मद्दत मिल्नेछ । यो समेत भारतले सीमा क्षेत्रमा राखिसकेको छ ।

भारतले अमेरिकासंग नोभेम्बर २०१६ मा १४५ थान एम ७७७ खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । जस्को मुल्य ५ हजार ७० करोड भारतिय रुपैया रहेको छ । १४५ मध्ये २५ थान तोप पुरै तयार गरेर भारतलाई हस्तान्तरण गरिसकेको छ भने अन्य १२० थान भारतको डिफेन्स कम्पनी महिन्द्रासंग मिलेर बनाउने काम भइरहेको छ । एम ७७७ ले १ मिनेटभित्र ४ राउण्ड फायर गर्दछ भने यसमा १५५ एमएमको गोलीको तौल मात्रै ४५ केजी रहेको छ । १० केजीभन्दा बढी एक्सप्लोसिमभ राखेपछि यस्को क्षमता अझ् बढ्ने सैनिक अधिकारीको दाबी छ ।

अमेरिकी सेनाले इराक र अफगानस्तानसंगको लडाईमा उक्त तोप प्रयोग गरेको थियो । उक्त तोपले भारतलाई अरुणाचल र लद्दाखमा आफ्नो बोर्डर क्षेत्र सुरक्षित गर्न सहयोग पुग्ने भारतिय पत्रिका नवभारत टाइम्सले जनाएको छ । उक्त तोपलाई हेलीकोप्टरद्धारा सिमा क्षेत्र नजीक लिने तयारी छ । उक्त तोप स्थल सेनाले समेत प्रयोग गरिरहेको छ । भारतसहित अष्ट्रेलिया,क्यानडा र साउदी अरेबियाले समेत उक्त तोप प्रयोग गरिरहेको छ । अमेरिकाको मरिनले ५८० र सेना र आर्मी नेशनल गार्डले ४२१ थान एम ७७७ अर्डर दिइसकेको छ । काठमाण्डौपाटिबाट साभार