फ्रान्सले भारतलाई ३६ राफेल विमान हस्तान्तरण गर्दै

प्रकाशित मिति : बुधबार, अशोज २२, २०७६

एजेन्सी । भारतिय रक्षामंत्री राजनाथ सिंह आज पेरिस जांदैछन् । ८ अक्टोम्बरको वायु सेना दिवसमा भारतलाई फ्रान्सले पहिलो राफेल युद्धक विमान हस्तान्तरण गर्ने कार्यक्रम छ । हस्तान्तरण कार्यक्रममा रक्षामंत्री सिंहले शस्त्र पूजा गर्ने र केही समय उडान समेत भर्नेछन् । फ्रान्सको दक्षिणी शहर बागंदुमा आयोजना हुने कार्यक्रममा रक्षामन्त्री सिंह सहभागी हुने र अरु केही थान राफेल समेत खरिद गर्ने सम्झौतामा हस्ताक्षर हुन सक्ने भारतिय संचार मँध्यमले जनाएका छन् ।

भारतीय वायु सेनाका प्रमुख आरकेएस भदौरियाले भने अघिल्लो हप्ता दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा अतिरिक्त राफेल विमान खरीद गर्ने कुनै योजना नभएको बताए । भारतले २०१६ सेप्टेम्बरमा फ्रान्स सरकारसंग ३६ वटा राफेल विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । ३६ विमानको मुल्य करिब ६ सय १९ अर्ब भारतिय रुपैया रहेको बताइन्छ ।

रक्षामंत्री सिंहले मंगलवार बिहान राष्ट्रपति इमैनुएल मैक्रोंसंग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै सिंहले आफ्ना समकक्षी फ्रांसका रक्षा मंत्री फलोरेंस पार्लीसंग द्धिपक्षिय वार्ता समेत गर्नेछन् । उनले फ्रांसमा रहेका रक्षा उद्योगका सीईओहरुलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

कहां तैनाथ हुन्छ राफेल ?
भारतीय संचारमाध्यमहरुले राफेल विमानले पाकिस्तानका कुनै पनि आतंकवादी स्टेशनमा हमला गर्न सक्ने बताएका छन् । राफेलमा लाग्ने स्काल्प स्टैंड अफ मिसाइलबाट ३ सय किलोमिटरसम्म मार हान्ने क्षमता छ । राफेल विमान अंबाला एयर फोर्स स्टेशनमा तैनाथ हुनेछ । जो भारतको रणनीतिक पश्चिमी सीमाको नजिक पर्दछ। त्यस्तै पश्चिम बंगलाको हासिमारा एयर बेसमा समेत उक्त विमान राखिनेछ । राफेल विमान भारत भने २०२० को मे महिनामा पुग्नेछ । भारतमा राफेल खरिद गर्दा निकै ठुलो बिवाद आएको थियो ।