विश्व मजदुर आन्दोलनको संक्षिप्त इतिहास- भाग १४

इतिहास

एदुुआर्द उत्किन,सम्पादन तथा अनुवादः जय कार्की प्रकाशित मिति : शनिबार, अशोज १८, २०७६

कोसाटुः(COSATU) प्रजातन्त्र,आर्थिक पुनरसंरचना र समाजवादका लागि संगठित हौं

 

रंगभेदलाई समाप्त गर्नुपर्छ :

सबै मानिस जन्मिदा समान हुन्छन । चाहे उसको छालाको रंग जस्तो सुकै होस, परन्तु यस्ता पनि मान्छे छन, जुन रंगको आधारमा भेदभावलाई, नस्लवादलाई सधैंको लागि कायम गर्न चाहन्छन ।
दक्षिण अफ्रिकाको मुख्य आवादी कठोर परिस्थितिमा पनि रंगभेद र पूँजीको अंकुशबाट मुक्त हुनको लागि संघर्ष गरिरहेका छन । दक्षिण अफ्रिका गणराज्यमा केवल गोराहरुलाई मतदानको अधिकार छ । देशको १६ प्रतिशत आवादी ८६ प्रतिशत जमिन र सबै प्राकृतिक सम्पदाहरुको स्वामी छन । “पास” सम्बन्धी कानूनको आधारमा सो अन्तरगत मूल आवादीको लागि देशमा स्वतन्त्र आवागमनमाथि प्रतिवन्ध छ, प्रति दिन १६०० भन्दा बढी अफ्रिकी गिरफ्तारमा पर्छन र तिनलाई यातना समेत दिइन्छ । अफ्रिकीहरुको ठूलो भाग वान्तुस्तानमा पर्दछ त्यो वास्तवमा वन्दी शिविर हो, त्यहां बस्न वाध्य छन्् । यहाँ भोकमारी र रोगको साम्राज्य छ । कुपोषणको कारण हरेक ५ शिशुमध्ये ३ जना दुई वर्ष पुग्नु पहिले नै मृत्युको मुखमा पर्दछन ।
विगत वर्षहरुमा दक्षिण अफ्रिकामा स्थिति गतिवान ढंगले विग्रिरहेको छ । निर्मम अत्याचारको नयाँ लहर चलेको छ । देशको नस्लवादी सरकारले विना कुनै अनुसन्धान र अदालती कार्वाही विना व्यक्तिलाई जेलहरुमा कोचिदिन्छ । यसमा ट्रेड यूनियन कार्यकर्ता, पादरी र विद्यार्थी पर्दछन । जनतालाई यातना दिएर प्रहरीको हिरासतमा हत्या गर्छन ।
रंगभेद विरुद्ध र जनताको अधिकारको संघर्षमा ट्रेड यूनियनहरुले क्रियाशील भूमिका खेलेका छन । अफ्रिकी जनताहरुको ट्रेड यूनियन आन्दोलनलाई कमजोर बनाउन, त्यसलाई आफ्नो हित अनुरुप परिवर्तन गर्नको लागि नस्लवादीले भरमग्दुर प्रयास गर्दछन । दक्षिण अफ्रिकाको शासकहरुले ट्रेड यूनियनको व्यवस्थाको सुधारको नाममा अफ्रिकीहरुको ट्रेड यूनियन अधिकारमाथि प्रहारमा वृद्धि गरेको छ । सन १९७९ को कानून अनुसार अफ्रिकी ट्रेड यूनियनको पंजीकरण (दर्ता) शुरु भयो । परन्तु कानूनी मान्यता केवल तिनै ट्रेड यूनियन संगठनलाई दिइन्थ्यो जसले राजनैतिक संघर्षलाई अस्वीकार गर्दछ र राजनीतिबाट अलग वस्ने शर्तहरु स्वीकार्दछ । कानून अनुसार अफ्रिकी ट्रेड यूनियनको कार्यकलापमाथि सख्त नियन्त्रण स्थापित गरिएको थियो । यो कानूनले स्वेत अल्पसंख्यक विदेशी अधिकारीहरुको रक्षा गर्दछ । अफ्रिकाको ठूलो भागको लागि आधिकारिक ट्रेड यूनियन माथि प्रतिवन्ध लगाएको छ । यावत कठिनाइका वावजुद पनि अफ्रिकी सर्वहारा जनताले आफनो वर्गीय ट्रेड यूनियनको निर्माण गरिछाडे । यसको अधिकांश सदस्य संसाधन उद्योगको प्रतिष्ठानहरु, यातायात, व्यापार र संचार व्यवस्थामा कार्यरत छन ।

विगत वर्षहरुदेखि दक्षिण अफ्रिका गणराज्यको ट्रेड यूनियन आन्दोलनमा महत्वपूर्ण गुणात्मक परिवर्तन आएको छ । १९८५ को पूर्वाधमा नै हडतालहरुको संख्या सन १९८२ को अभिलेखभन्दा बढी रह्यो । नोभेम्वर, १९८५ मा अस्वेत र नस्लवाद विरोधी ट्रेड यूनियनहरुको संगठन– दक्षिण अफ्रिकी ट्रेड यूनियन कंग्रेस (कोसाटु)को गठन भयो, त्यसमा ५ लाखभन्दा बढी मजदूरहरु संगठित भए । सबै अफ्रिकी ट्रेड यूनियनहरुको सदस्यको संख्या लगभग १० लाख छ । जवकि सन १९७९ मा यो संगठनलाई स्थापना गर्ने अनुमति प्रदान गरिएको थियो त्यतिखेर यसको संख्या १६ हजार थियो । सन १९८४ र १९८५ मा खानी मजदूरहरुले विशाल हड््ताल गरेका थिए त्यसलाई सरकारले निर्ममतापूर्वक दमन ग¥यो । अस्वेत खानी मजदूरहरुको पहिलो हड््ताल देशभरी फैलियो र यसले के सावित ग¥यो भने अस्वेत मजदूर कस्तो शक्ति हो । सन १९८५ मा दक्षिण अफ्रिका गणराज्यको ट्रेड यूनियन आन्दोलनको इतिहासमा पहिलो पटक ट्रेड यूनियनको एउटा समूह जसमा अस्वेत र श्वेत दुवै नै सामेल थिए । उद्योगपतिहरु सामु संयुक्त मागपत्र प्रस्तुत गरे ः
क.वेतन वृद्धि गरियोस
ख. ४० घन्टाको कार्य सप्ताह लागू गरियोस( त्यहां ५० घन्टाको कार्य सप्ताह चालू रहेको थियो) मजदुरहरुको लागि सामाजिक सुरक्षामा सुधार गरियोस इत्यादि सहित ।
एकताको लागि मजदूर संघर्षलाई सफल हुँदै गएको देखेर नस्लवादीहरुले आक्रमण शुरु गरे । शासकहरु र चरम दक्षिणपन्थी पक्षले मुक्ति सेनानीको विरुद्ध व्यापक अभियान चलाए । यसको साथै श्वेत आवादीमा फूट शुरु भयो । अधिकारी(अफिसर) र प्रशिक्षित मजदूरले पहिले जस्तै न्यूट्रल बस्ने पक्षको समर्थन गर्दथे । व्यवसायीहरुको एक हिस्सा, थुप्रै अध्यापक र विद्यार्थीहरुले रंगभेद व्यवस्थाको सक्रिय विरोध गर्न थाले । यसको राजनैतिक मात्र हैन, आर्थिक कारण पनि छ । विदेशी पूँजीसित सम्मिलित दक्षिण अफ्रिकी गणराज्यको पूँजीको लागि राष्ट्रिय सीमाहरु अप्ठयारोमा पर्न थाल्यो । प्रशिक्षित अफ्रिकी श्रम शक्तिको अभाव शुरु हुन थाल्यो । स्वतन्त्र स्थानान्तरणमाथि लगाएको प्रतिवन्धको कारणले उनीहरुलाई कठिनाईको सामना गर्नुप¥यो ।

दक्षिण अफ्रिकाको मजदूर आन्दोलनको समसामयिक चरणको लागि यो कुरा पनि शुभसांकेतिक छ कि विदेशी प्रतिष्ठानहरुमा हडतालको स्वरुप परिवर्तन भयो । आफ्नो मुनाफाको लागि चिन्तित पारराष्ट्रिय निगमले यो कुराको समर्थन ग¥यो कि अफ्रिकीहरुलाई देशमा निर्वाध आवागमनको अधिकार प्राप्त होस र अश्वेत व्यवसायीले शहरका श्वेत इलाकामा कारोवार गर्न सकुन । तिनीहरुको उद्देश्य हो अश्वेत वुर्जुवावर्गको निर्माण गर्नु जो उनीहरुको वर्गीय साथी बन्न सकुन र सम्झौतापरस्त राजनीतिक एवम ट्रेड यूनियन नेताहरुको स्रोत होओस, आफ्नो प्रभुत्वलाई सुदृढ बनाउनको लागि सामाजिक आधारको निर्माण गरोस । व्यापार, ऋण प्राप्ति, जमीनको खरीद आदि विषयमा अश्वेत पूँजीपतिहरुलाई प्रायः सहुलियत दिन थालियो ।
यस्को सर्वोपरि ध्येय हो अफ्रिकी आवादीमा फूट पार्नु, नस्लवाद विरोधी आन्दोलनमा मजदूर वर्गको भूमिकालाई बढन नदिनु, हडताललाई खत्तम पार्नु, श्रम र पूँजी बीचको विरोधलाई समाधान गर्ने कोशिस गर्नु । निगमको स्वामीलाई आशा थियो राजनैतिकबाट पृथक रहने पद्धतिमा अलिकति परिवर्तन गरेको खण्डमा अफ्रिकी आवादी शान्त हुनजान्छ । पहिले जस्तै उनीहरुलाई शोषण गर्न संभव हुन्छ, तर वेतन र सामाजिक आवश्यकतामाथि केही वृद्धि गर्नु पर्दछ भन्ने उनिहरुको ठम्याई थियो ।
पारराष्ट्रिय निगमले ट्रेड यूनियनसित सम्झौता गर्ने कोशिस गर्नथाले ताकि ट्रेड यूनियन आन्दोलनलाई सुधारवादी पथमा ल्याउन तथा संकिर्ण आर्थिक हितसम्म सीमित गर्न सकियोस । अर्को तर्फ, एकाधिकारवादी श्वेत अल्पसंख्यकहरुको सरकारसित मिलेर ट्रेड यूनियनको विरुद्ध दमनात्मक कार्वाही चलाए । उदाहरणको लागि वोपुतातस्वाना नामको ‘वान्तुस्तान’मा स्थित प्लेटिनम खानी ‘इम्पाला’ को प्रवन्धकले पाँच दिनको हडतालपछि २० हजार मजदूरलाई कामबाट निस्काशन ग¥यो । त्याहां मजदूरहरुले ट्रेड यूनियन बनाउने अधिकार र वेतन बढाउने माग सहित हडताल गरेका थिए ।
मजदूरहरुको वर्ग संघर्षमा तीव्रता आएको कारणले दक्षिण अफ्रिका ट्रेड यूनियन केन्द्रको स्थापना हुन गयो । यसले राजनीतिबाट अलग रहने शर्तको तत्काल उन्मुलन गर्न माग ग¥यो । यसमा ३३ स्वतन्त्र ट्रेड यूनियनहरुको लगभग ५ लाख मजदूरहरु संगठित थिए । उनीहरु तटस्थता विरुद्ध संघर्षरत संयुक्त जनवादी मोर्चाका सामूहिक सदस्य थिए । यसले दक्षिण अफ्रिकी गणराज्यको अर्थव्यवस्थाबाट विदेशी पूँजी हटाउने र नस्लवादी सरकारको विरुद्ध सार्थक अन्तर्राष्ट्रिय प्रतिवन्ध लागू गर्ने माग ग¥यो ।
यो देशको मजदूर ऐले निरन्तररुपमा अधिक संख्यामा वहुजातिय ट्रेड यूनियनहरुको सदस्य बन्न थाले । आफ्नो साझा शत्रुको विरुद्ध एकसमान वर्गीय धारणा अपनाउँन थाले । यस्तो सयौं उदाहरणहरुमध्ये एक हो ट्रेड यूनियन कार्यकर्ता ‘नोजामिले ग्वेता’ । उनलाई नस्लवादी प्रहरीले आठौं पटक जेलमा बन्द गरे । अज्ञात मानिसहरुले तिनको घर डढाइदिए । अग्निकाण्डमा उनकी आमा मारिइन । उनको शवयात्रामा भाग लिनको लागि भेला भएका लगभग ३ हजार मानिसमाथि प्रहरीले गोली चलायो । ट्रेड यूनियन कार्यकर्ता नील एगेटको हत्या उल्लेखनीय छ, उनी श्वेत ट्रेड यूनियन अलग हुनुपर्छ भन्ने विचारको कट्टर विरोधी थिए । सन १९६३ मा दक्षिण अफ्रिका गणरज्यमा जव वारेन्ट विना मानिसलाई गिरफ्तार गर्न र अदालती कार्वाही विना उनीहरुलाई जेलमा बन्द गर्न शुरु भयो । यसपछि प्रहरीको हातबाट मारिने पहिलो श्वेत नागरिक नील एगेट नै भए ।
दक्षिण अफ्रिका गणराज्यमा अफ्रिकी मजदूरहरुको हडतालहरुलाई अवैध घोषित गरिदिए । परन्तु मजदूरवर्गको संघर्षको समर्थनमा जनताको त्यो हिस्सा अधिकाधिक तथा व्याप

कस्तरमा विद्यार्थी, पादरी, किसान इत्यादि उत्रिए । उनीहरुले मजदूरको आर्थिक संघर्षलाई राजनीतिक गतिविधिहरुसित सममन्वय गरी जुझारुपन र संगठनात्मक एकतालाई बढाउँदै लगे ।

इजरायलको मूल आवादी, त्यसको ट्रेड यूनियन संगठन तथा इजराइलको कव्जामा रहेको अरव भूक्षेत्रहरुको आवादीमाथि तेल अविवको सियोनवादीहरुको रुझान पूरै नस्लवादी रहेको छ । मजदूरको मूलभूत अधिकारको उलंघन तथा हिंसा र आतंकको वातावरणमा ट्रेड यूनियन गतिविधिलाई सुर्कानोमा कसिरहेको छ । प्यालेस्टाइनी र त्यसको संगठनमा ट्रेड यूनियन पनि पर्दछ उनिहरुमाथि थरिथरिको ढंगले अत्याचार गरिरहेका छन । हजारौं प्यालेस्टाइनी जेलमा बन्दि छन । जेलमा तिनीहरुलाई यातना दिइन्छ, तिनीहरुको पछि कुकुर छोडिदिने, रबरको डंडा र फलामको डन्डीले पिटिन्छ । तिनीहरुलाई उल्टो पारेर झुण्डयाएर सिगरेटले शरीरमा डढाई दिन्छन । यातनाहरु सहिरहेका बन्दिहरुमध्ये थुप्रै ट्रेड यूनियन कार्यकर्ताहरु पनि छन ।

हिंसा र आतंकको वावजुद, अर ट्रेड यूनियनहरुमाथि गरिएको दमनको वावजुद, प्यालेस्टाइनीहरु आफ्नो मुक्तिको लागि डटेर संघर्ष गरिरहेका छन । इजरायलको कब्जामा रहेको अरब भूक्षेत्रहरुमा ऐले हडताल भैरहेका छन, सडकमा विरोध प्रदर्शनका लागि निस्की रहेका छन । मुख्य आवादीमा जनताहरु सबै किसिमको हडतालमा उत्रिरहेका छन । यसमा ट्रेड यूनियनहरुले सक्रिय भूमिका पूरा गरिहेका छन ।     समाप्त

                      प्रगति प्रकाशन मास्को

आदरणिय ट्रेड युनियनकर्मी तथा पाठक साथीहरुलाई के कस्तो लाग्यो ? मजदुर आन्दोलनको इतिहास पढेपछि तपाईमा के परिवर्तन आयो आएन कमेन्ट गर्न नविर्सनु हुन अनुरोध गर्दछु । यदुआर्द उत्किनदारा लिखित मजदुर आन्दोलनको संक्षिप्त तथा महत्वपूर्ण इतिहास धेरै बर्ष अघि अनुवाद गरिएको भएपनि प्रकाशन गरिएको थिएन । अझै पनि पुस्ताकारमा प्रकाशन गर्न सकिएको छैन । तर यसै अनलाईनमार्फत भने पहिलो पटक पूरै भाग प्रकाशन गरेका छौं र केही असान्दर्भिक अंशलाई भने अनुवाद गर्न आवश्यक ठानिएन । धन्यवाद ।