नीर्मलाहरूकाे सम्झनामा-शरद पौडेल

प्रकाशित मिति : शनिबार, अशोज १८, २०७६

ओईलायाे काेपिलामै सुन्दर त्याे फूल,

कुन पापीले छिन्याे हजुर जीवन् शीरफूल ।

फूल्दै थियाे भिरफूल उसै सुस्तायाे,

नीर्मलाकाे उजेलाे घाम कहाँ अस्तायाे ?

 

उस्ले हिड्ने गाेरेटाेले, भन्न सक्छाै कि ?

उस्कै सखी बुट्यानले, बाेल्न सक्छाै कि ?

रम्दै हिंड्ने गाऊँघरकाे, खुसी सुस्तायाे,

नीर्मलाका उजेली जुन, कहाँ अस्तायाे ?

 

सँगै छाेइएका बतास, सुनाऊन सक्छाै कि ?

त्याे रातकाे कहानी क्यै, खाेल्न सक्छाै कि ?

बाेलन काेई किन चुप छाै, किन सुस्तायाै ?

नीर्मलाकाे जुनकीरी,  कहाँ अस्तायाे ?

 

बलत्कारीहरूकाे शीरमा, आगाे झाेस्ने कि ?

तिनका क्रुर छातीमाथि घन ठाेक्ने कि ?

महिला हिंसा बिरूद्धमा आऊ गर्जिऊँ

सयाैं निर्मलाले जीऊने संन्सार बनाऊँ ।।