आन्दोलनरत चिया वगानका श्रमिकहरुप्रति जनताले देखाए उत्साहजनक ऐक्यबद्धता

प्रकाशित मिति : शुक्रबार, अशोज १७, २०७६

स्मरणीय छ सातवटा राजनैतिक दलहरुसंग आवद्ध ७ वटा श्रमिक संघहरु संयुक्त संघर्षमा उत्रेका छन । एक पटकमा १४ जनासम्म रिलेअनसनमा बस्ने गरेका छन । आन्दोलन अहिलेसम्म सान्तिपुर्ण विरोध सभाहरु हुने गरेका छन । बन्दले सबैभन्दा बढि प्रभाव चिया कमान, व्यापार-व्यवसाय, यातायात लगायतमा परेको छ ।

दार्जिलिङ, झण्डै छ महिना अघिदेखिभित्रभित्रै भुसको आगोझैं बलिरहेको चियावगानमा कार्यरत श्रमिकहरु आज अति भयो भन्दै २० प्रतिशत बोनसको मागसहित हालसम्म पाउनु पर्ने तलब भत्ता तत्काल उपलब्ध गराईयोस भनि चेतावनि दिंदै दार्जिलिङ बन्दको आवाहान गर्दै आक्रोशित श्रमिकहरु सडक संघर्षमा उत्रिएका छन । उनीहरुसित यो भन्दा बाहेक कुनै विकल्प थिएन ।

त्यसकारण उनीहरु बाध्ये भएर सडक संघर्षमा उत्रेका हुन । अहिले उनिहरु रिले अनसनमा बसिररहेका छन । उनीहरुलाई जनताको राम्रो समर्थन रहेको देखिएकोछ,  जनता भन्छन ”मजदुरहरुलाई ठूलो अन्याय गरियो । यो अन्याय र।अत्याचार संधैकोलागि अन्त्य हुनुपर्दछ ।”
स्मरणीय छ  नेपालमा पनि केही महिना अघि सम्पूर्ण चिया बगानका श्रमिकहरु सामाजिक सुरक्षा योजनाको कार्यान्वयन, सरकारले तोकेको न्युनतम बेतन अनुसारको तलब बृद्धि तत्काल गरियोस र श्रम कानुन सबै बगानमा लागू गरियोस भनि बाध्ये भएर आन्दोलनमा उत्रिएका थिए । ४५ दिनपछि बल्ल उनिहरुको सबै माग पूरा भएको थियो । त्यसको लागि नेपाल सरकारले कि माग पूरा गर होईन भने सबै बगान राष्ट्रियकरण गर्छु भनि चेतावनि दिएपछि हतार हतार माग पुरा गरेका थिए । चिया बगानका मालिकहरुले पहला त मजदुरको माग पूरा गर्नुप¥यो भने सामूहिक आत्मा हत्या समेत गर्ने धम्की दिएका थिए।  तर, सरकारले हिसाब किताब चेक गर्न थालेपछि आत्मा हत्या गर्छू भनि धम्की दिनेहरुले सबैभन्दा शुरुमा माग पुरा गरेका थिए । अहिले नेपालको चिया बगान सान्त छ कहिल्यै पुरा नभएका सबै मागहरु पुरा भएका छन । मजदुरहरु खुशी छन उनिहरु भनिरहेका छन, ”मालिकहरुलाई घु््ँडाा टेकाउँदै नयाँ युगमा प्रवेश गरियो ।” ४५ दिन लामो आन्दोलनमा उनिहरुका बालबच्चा भोक भोकै पर्न थालेका थिए सहयोगीहरु घटेका थिए आन्दोलनकारीहरुले गिठा भ्याकुर खाए तर उनिहरु झुकेनन । उनिहरुको आन्दोलनले आन्तर्राष्ट्रिय जगतमा नै नयाँ तरङ्ग पैदा गरेको थियो ।
यसकारण आन्दोलनमा अनेक समुह र विचार जन्मिन सक्छन तर आन्दोलनलाई अघि बढाई रहुन भन्ने सबैले अपेक्षा गरेको पाईएको छ । आन्दोलनलाई भाँडने कोशिस पनि भैरहेको छ । आरोप प्रत्यारोपमा उत्रिनुभन्दा पनि एक जुट भएर माग पूरा गराउनुको विकल्प छैन ।

ऐक्यवद्धताको आवाज बुलन्द गरे नेपाली श्रमिक संगठनहरुले

यो हेपाहा प्रवृति र शोषणको यो डरलाग्दो संजाललाई कुनैपनि हालतमा अन्त्य गर्नुपर्छ भन्ने सोच सही हो भन्छिन अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सिता सापकोटा । उनी भन्छिन ”सिमाना पारिका मजदुरहरुको संघर्षप्रति हाम्रो संगठन अखिल नेपाल चिया मजदुर संगठन ऐक्यवद्धता जाहेर गर्दछ । उनीहरुको जायज माग पूरा गरियोस भनि माग गर्दछिन । दसैं जस्तो पर्वमा उत्सव मनाएर बस्नु पर्ने मजदुरहरुलाई बोनस तलब समेत नदिएर सडक आन्दोलनमा जान बाध्ये पारेकोमा हामी घोर भत्र्सना गर्दछौं” भनेकी छन ।
त्यसैगरी निर्माण क्षेत्रको ठूलो मजदुर संगठन कुुपेक नेपालका अध्यक्ष नरनाथ लुईटेलले पनि ”दसैंको यो घडिमा मजदुरहरुलाई खानु न पिउनु पारि सडकमा उत्रिन वाध्ये पार्ने बर्बरपूर्ण निरंकुश सैलीको जति विरोध गरेपनि कम हुन्छ एक जुट भएर हक र अधिकार लिई छाडनुपर्छ हरेस नखानुस साथीहरु” भनि अखिल नेपाल निर्माण संघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै  ”चिया मजदुरको माग पुरा गरियोस अपराधी मालिकहरुलाई कार्वाही गरियोस” भनेका छन ।
अर्को ठूलो मजदुर संगठन अखिल नेपाल निर्माण मजदुर संघका अध्यक्ष अमित लामाले शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ”दार्जिलिङमा हाम्रा मजदुर साथीहरु भोक हडतालमा उत्रिरहेका छन । यहाँ हामी दशैंको शुभकामना आदान प्रदान गर्दै मिठाई खुवाई रहेका छौं तर हामीलाई दाँतमा ढुँगा लागे जस्तो भएको छ । उनिहरुको जायज माग तत्काल पुरा गरी काममा फर्किने बातावरण मिलावस भनि माग गर्दछु” भनेका छन । ”चाडवाडको बेलामा न बोनस न तलब यो भन्दा गैरजिम्मेवारी मालिक यो संसारमा अरु को हुनसक्छ ? यो कस्तो प्रजातन्त्र भएको देश हो जाहा मजदुरको दुखभने देख्तैन मालिकहरुको पक्षमा मात्र काम गर्छ ।”
यसैगरी नेपालको सबैभन्दा ठुलो ट्रेड युनियन महासंघ अन्टुफका उपाध्यक्ष एसबी थापा, उपमहासचिवहरु सालिकराम काफले र राजकुमार लामाले पनि दार्जिलिङको मजदुरहरुको संघर्षलाई समर्थन गर्दै उनिहरुका जायज मागहरु तत्काल पूरा गरियोस भनि ऐक्यवद्धता जनाएका छन ।

शुभकामना कार्यक्रमका प्रमुख अतिथि अन्टुफ उपाध्यक्ष जय कार्कीले दशैंको शुभकामना दिंदै ”मजबुत संगठन निर्माण मा जुटन र दशै.पछि सामाजिक सुरक्षा योजना र श्रम ऐनको दफा १४५ लाई संशोधनका लागि गरिने अभियानका लागि जागै रहन अपिल गर्दै दार्जिलिङका सर्जकहरु तथा श्रमिकहरुका अनुसार चिया बगानमा कार्यरत श्रमिकहरुले यसपटक बोनस, तलव नपाएको खबरले हामीलाई आक्रोशित बनाएको छ । हामी अन्तर्राष्ट्रियतावादी हौं, हामी हाम्रा साथीहरुलाई दमन भैरहेको र दसैं जस्तो महान पर्व मनाउन समेत नदिएर बिजोक र बेइज्जति गर्नेहरु निकै डरलाग्दा अपराधीहरु हुन । हक, अधिकार र कानुन अनुुसार पाउनु पर्ने रकम कलम नदिनेलाई सरकारले खोजी खोजी कार्वाही गर्नुपर्नेमा सो नगरेकोमा यो कस्तो खत्तम राज्य सरकार हो” भनि दुुख व्यक्त गर्नुहुँदै, हरेक श्रमिकहरुले सामाजिक संजालहरुमा दार्जिलिङमा संघर्षरत मजदुरहरुको पक्षमा स्टाटस पोष्ट गर्न र अन्टुफमा आवद्ध अखिल नेपाल चिया मजदुर संघ लगायतका संगठनहरुलाई ऐक्यवद्धता जनाउन अपिल गरेका छन ।

उनले नेपालका चिया मजदुरहरुले आन्दोलन गर्दा  दार्जिलिङ, सिक्किम, आसाम लगायतका सर्जक तथा मजदुरहरु साथीहरुले गीत कविता, स्टाटस लेखेर सहयोग समर्थन गर्दै ऐक्यवद्धता जाहेर गरेको विर्सनु हुँदैन । यदि त्यसरी विर्सने हो भने खोला त¥यो लौरो विस्र्यो जस्तो हुन्छ भन्नु भयो । अत हामी रिलेअनसन र बन्दमा उत्रेका चिया बगानका साथीहरुको आन्दोलन सफल होस भनि कामना गर्दछौं । र, अन्तर्राष्ट्रिय टेड युनियन महासंघहरुले तुरुन्तै बोल्नुपर्छ नत्र अन्तर्राष्ट्रिय संगठन भनि उनिहरुलाई मजदुर संगठनहरुले के भनेर पत्याउने भनेका छन ।
ती अन्तर्राष्ट्रिय मजदुर संगठनहरुसित चिया मजदुर संगठनको पहुँच नभएकोले बोल्न र समर्थन गर्न कठिन भयो भनि रहेको अवस्थामा संघर्षरत श्रमिकहरुले संगठनको नाम र ठेगनाहरु जारी गरि ऐक्यवद्धताको लागि अपिल गर्नुुपर्ने अवस्था पनि देखिएको छ । दक्षिण एशियाली ट्रेड युनियन महासंघ, विश्व मजदुर टे«ड युनियन महासंघका प्रतिनिधिहरुलाई मध्यस्तता गर्न र सम्बन्धित सरकारलाई दवाव दिन अनुरोध गर्दा आन्दोलनकारी मजदुरहरुको तर्फवाट अनुरोध वा जानाकारी नगराई बोल्न अलि ठीक नहुने बताएका छन ।
आजको बन्द र रिले अनसनलाई जनताले मन खोलेर समर्थन गरेका छन । यसकारण आन्दोलनकारीहरुको हौसलामा बृद्धि भएको छ ।

विवेक क्षेत्रीका अनुसार यो क्षेत्रमा रहेको ८७ वटा चिया बगानमा लगभग ७० हजार श्रमिकहरु कार्यरत रहेका छन, यसमध्ये ५५ हजार स्थायी छन भने १५ हजार अस्थायी श्रमिक कार्यरत छन । श्रमिकहरुले प्राप्त गर्ने बोनस कुनै ठूलो रकम देखिदैन उनीहरुले पाउने भनेको औसत सात हजार देखि ९ हजारसम्मको हिसाब देखिएको छ । यो बोनसको प्रतिशत नै निकै कम भएको देखिन्छ । नेपालमा सबैभन्दा न्युनतम बेतन अर्थात काममा भर्ना हुने वित्तिक्कै नेपाली रुपैयाँ १३७५० प्रति महिना रहेको छ । स्थायी भएपछि वार्षिक ग्रेड १० प्रतिशतसम्म बृद्धि हुने गरेको छ ।

यसको तुलनमा आर्थिक बृद्धि दर आठ प्रतिशत रहेको र विश्वको छैठौं ठूलो आर्थिक अवस्था सुदृढ रहेको भारतीय मजदुरहरुको बेतन निकै कम रहेको प्रष्ट देखिन्छ ।

दसैंको शुभकामनाको कार्यक्रममा अखिल नेपाल निर्माण मजदुर संघले संकलन गरेको आर्थिक सहयोग अन्टुफ उपाध्यष्क्ष जय कार्कीले दुई जना क्यान्सर पिडित मजदुर परिवारलाई आर्थिक सहयोग प्रदान गर्नुूभएको थियो । त्यसैगरी क्युपेकका अध्यक्ष नरनाथ लूईटेलले पनि संगठनको तर्फबाट आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

                  चिया बगानका श्रमिकहरुको बहुचर्चित बन्द र अनसनका केही तस्विरहरु यसप्रकार रहेका छन 

 

 

सुनसान यातायात

पसलहरु सबैजसो बन्द छन

समाचार तथा तस्विर सहयोगी : संझना थापा, अर्जुन शर्मा निरौला, दार्जिलिङ क्रोनिकल तथा धिरेन राई

सुनसान बाटोमा पथिकहरु पनि निकै कम देखिएका छन