प्रेस विज्ञप्ती: विश्व ट्रेड युनियन महासंघ(WFTU)को ७४ औं स्थापना दिवस भव्य रुपमा सम्पन्न

प्रकाशित मिति : बिहिबार, अशोज १६, २०७६

WFTU: ट्रेड युनियन शिक्षालाई सघन रुपमा विभिन्न तहमा संचालन गर्ने

 

काठमाण्डौं,२०७६ असोज १४ गते 

विश्वका प्रगतीशीलएवं समाजवादी श्रमिकहरुको अन्र्तराष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघको ७४ औ. स्थापना दिवस आज नेपालमा विश्व ट्रेड युनियन महासंघमा नेपालबाट आवद्ध ७ वटा ट्रेड युनियन महासंघहरुको संयुक्त आयोजनामा भव्य रुपमा मनाईएको छ ।
कार्यक्रममा विश्व ट्रेड युनियन महासंघ नेपालका संयोजक तथा प्रेसीडेन्सील काउन्सील सदस्य प्रेमलकुमार खनालले विश्व ट्रेड युनियन महासंघको स्थापनामूलतः साम्राज्यवाद, पंूजीवाद, फांसीवादको विरोध गर्ने र श्रमिकहरुको हक अधिकारकालागी संघर्ष गर्दै आएको बताउनु भयो । विश्व ट्रेड युनियन महासंघ कै पहल र नेतृत्वमा आई एलओबाट पारित संगठन स्वतन्त्रता सम्बन्धी अभिसन्धी नं ८७ र सामूहिक सौदावाजी सम्बन्धी अभिसन्धी नं ९८ पारित गराउने काम भएको थियो र आज संसारभरका श्रमिकहरु यही अभिसन्धीमा उल्लेखितअधिकार उपयोग गर्दै आएको बताउनु भयो । उहाँले अगाडी विश्व ट्रेड युनियनमहासंघ (WFTU )ले साम्राज्यवाद र पूंजीवादले गरेको युद्ध हत्या हिंसा आतंकबाट श्रृजित परिणामका बिरुद्ध विरुद्ध “नवफासीबाद, जेनोफोवीया र जातीवादको विरोध गरौं ”भन्ने मूलनारा अगाडी सार्दै आज अब्टोवर ३ तारिख विश्वव्यापी अभियान संचालन गरेको बताउनु भयो ।
कार्यक्रममा पेशागत महासंघ, नेपालका महासचिव विष्णुप्रसाद लामिछाने, राष्ट्रिय सभासांसद मा. उदया  शर्मा, क्रान्तिकारी ट्रेड युनियनमहासंघकामहासचिब मेघ बहादुर खत्री, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय प्रजातान्त्रीक ट्रेड युनियन महासंघका महासचिब भरत ढकालले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य विश्व ट्रेड युनियन महासंघ नेपाल समन्वय समितिका सह–संयोजक मोहनमान स्वाँरले गर्नु भएको थियो र संचालन समन्वय समितिका सदस्य लालबहादुर पाख्रिनले गर्नु भएको थियो ।
यस्तै विश्व ट्रेड युनियन महासंघ समन्वय समितिको आयोजनामा गत असोज ७ र ८ गते एशीया प्यासिफिक क्षैत्रीय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बँुदे काठमाण्डौ घोषणा पत्र समेत जारी गरेको छ ।
जसअनुसार

पहिलो, श्रमिकहरुलाई परिचालन गरेर, विश्व ट्रेड युनियन महासंघ स्थापनाको दिनलाई अक्टोवर ३ तारिख रंगभेद, नव फाँसीबाद विरोधी अभियानको रुपमा कार्यक्रम संचालनगर्ने, आठ मार्च र मे दिवसमा श्रमिक अभियान संचालनगर्ने, नोभेम्वर ७ तारिख श्रमिकका आधारभुत आवश्यकताका विषयमा (डे अफ वेसिक निडस अफएक्सन) को रुपमा श्रमिक परिचालनगर्ने, सम्बन्धित देशका सरकार समक्ष माग प्रस्तुत गर्ने र श्रमिकहरुलाई व्यापक परिचालन गर्ने निर्णय गरेको छ ।

दोश्रो, श्रमिकहरुलाई अस्थायी करार, ज्यालादारी र आउटसोर्सिङमा काममा लगाउने नीतिका विरुद्ध श्रमिक परिचालन गरेर अभियान संचालनगर्ने,

तेश्रो एशिया प्यासिफिक क्षेत्रमा श्रमिक महिलाहरुको फोरम निर्माण गर्ने र श्रमिक महिलाले भोगिरहेका समस्यालाई लिएर, राष्ट्रिय स्तरमा तथा महादेश स्तरमा श्रमिक महिलाहरुलाई परिचालन गर्ने

चौथो, ट्रेड युनियनशिक्षालाई सघन रुपमा विभिन्न तहमा संचालन गर्ने,

पाँचौ, युवा श्रमिकहरुले भोगीरहेका समस्याको पहिचान गर्ने, समस्याहरुलाई मागको रुपमा अगाडी सार्न युवाहरुलाई परिचालन गर्न एशिया प्यासिफिक स्तरमा युवा श्रमिक फोरमको गठन गर्ने

छैठौं, विषयगत अन्तराष्टिृय ट्रेड युनियन केन्द्र (टि यु आई) को नयाँ संगठन निर्माण र विस्तार गर्ने र नियमित वैठकहरुको आयोजना गरी टि यु आई. हरुलाई सुदृढ गर्ने,

सातौं, आणविक हतियारको खरिद र सैनिक खर्चमा भईरहेको वृद्धिको विरोध गर्दै, उत्पादन र रोजगारी विस्तारमालगानीगर्न अभियान संचालन गर्ने,

आठौं, क्युवामाथि अमेरिकाको नाकावन्दीको अन्त्यगर्न मागगर्ने,

नवौ, सिरिया, प्यालेस्टाइन र उत्तर कोरियामा अमेरिकी साम्राज्यवाद र पिछलग्गु देशहरुबाट भई रहेको सैनिक हस्तक्षेपको विरोध गर्दै त्यस देशका श्रमजीविजनताले साम्राज्यवादका विरुद्ध संचालन गरेको संघर्ष र आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्ने निर्णय गरेको छ ।
अन्त्यमा काठमाण्डौमा सम्पन्न यो एशियाली श्रमिक सम्मेलनले श्रमिकवर्गिय ट्रेड युनियनआन्दोलनको विकास र विस्तार गर्न, र आन्दोलनभित्र देखा परेको पुँजीवादी परास्तवर्ग समन्वयवाद र अवसरवादका विरुद्ध वैचारिक संघर्ष गर्न महत्वपुर्ण दिशावोध गरेको छ

प्रेमलकुमार खनाल

संयोजक

WFTU