सि जिन पिङ, चिनीया कम्युनिष्ट र विशेष धातुका मान्छेहरु– सुदर्शन प्रधान

सुदर्शन प्रधान प्रकाशित मिति : बुधबार, अशोज १५, २०७६

गत भाद्र १२ मा चिनीया कम्युनिष्ट पार्टीको १५ औँ महाधिवेशनमा पार्टी महासचिव तथा चिन सरकारका राष्ट्रपति तथा चिनिया जनमुक्ति सेनाका सैनिक आयोगका प्रमुख सि जिन पिङले भने, व्यक्तिगत सम्पतिको लोभ गर्नेहरुले कम्युनिष्ट पार्टीको सदस्यता लिन हुँदैन ……. ।
विश्वकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी, सर्वाधिक जनसंख्या भएको मुलुक, वर्तमान विश्वमा आर्थिक, सैन्य र अरु भौतिक रुपले एक मजवुत राष्ट्र चिनको एक प्रमुख व्यक्तित्वले भनेको माथिका शब्दहरु अति ओजपूर्ण र मार्ग निर्देशकमूलक छ । क्रान्ति सम्पन्न गरी आर्थिक, भौतिक संबृद्धि प्राप्त गरेका चिनीया समाजका कम्युनिष्टहरुलाई भन्दा क्रान्ति सम्पन्न गर्न बाँकी रहेका विश्वभरीका कम्युनिष्टहरुलाई उक्त शब्दहरु प्रेरणामूलक छ । यहाँ कम्युष्टिहरुको चरित्र, व्यक्तिगत सम्पति र त्यसको निराकरणवारे केही अभिमतहरु प्रस्तुत छन ।
सर्वप्रथम व्यक्तिगत सम्पतिको विषयमा प्रवेश गरौँ । मानव समाजमा कहिलेदेखि व्यक्तिगत सम्पतिप्रति मोह वढयो भनेर विवेचना गर्दा जव मानव समाज एकनिष्ठ विवाह पद्धतिमा प्रवेश ग¥यो तव हरेक मान्छेका मेरो छोराछोरी, मेरो बा, आमा, मेरो श्रीमति मेरो श्रीमानहरु जन्मियो । अनि आर्थिक, भौतिक कुराहरु सर्वप्रथम आफु र आफ्नो परिवारका सदस्यहरुलाई प्राथमिकता दिने प्रवृत्ति र परम्परा भयो अघि मान्छेहरुले भकारीमा अन्न, गेडागुडीहरु, खोरमा गाई, भैसी, वाख्राहरु, कुखुराहरु, ढुकुटीमा भाँडाकुडा र गहनाहरु राख्थे भने आजभोली बैंकहरुमा रुपैयाँ राख्ने, विभिन्न उद्योग फर्महरुको शेयर लिने, सेफमा अमूल्य वस्तुहरु राख्ने, गाडी बाहन, बंगलाहरु किन्ने, घर घडेरीहरु जोडने गर्छन । यि सवैको लक्ष्य र उद्देश्य आफू र आफ्नो परिवारको सुरक्षा र कहिल्यै कुनै कुराहरुका अभाव नहोस भन्ने नै हो ।
यसरी एकनिष्ठ विवाह पद्धति भनौ पारिवारिक पद्धतिहरु जिवित होउन्जेल व्यक्तिगत सम्पति प्रतिको मोह पनि भइरहन्छ । जुन कुरा प्राप्तिको लागि जालझेल, फटाही, षडयन्त्र, अपराध, लुट, डकैँतीदेखि मुद्दा मामिला, भ्रष्टाचार, घुस, तस्कर, हत्या, हिंसा सबथोक गर्छन र गरेका पाइन्छन । यसको निराकरण त्यतिखेर मात्र हुन्छ जुन वेला मानव समाजको पारिवारिक स्वरुप सामुहिक र आर्थिक संरचनाहरु पनि सामुहिकीकरण, राष्ट्रियकरण र अन्तर्राष्ट्रियकरण पनि हुन्छ । त्यस वेला हाम्रो छोरा, छोरी, हाम्रो वा आमा, हाम्रो श्रीमान, हाम्रो श्रीमतिहरु हुन्छ । क्यै गरेर आफू रोगी विरामी परे छोरा, छोरी, वा, आमा, श्रीमान, श्रीमती सबैलाई आर्थिक भौतिक कुराहरु समाज र राज्यले उपलब्ध गराउँछ भनेर सवै ढुक्क हुन्छ भने निश्चिन्त हुन्छ भने तब मान्छेहरुले धन सम्पति थुपार्न आवश्यक देख्दैनन । आजको सामन्तवादी र पूजीवादी समाज त कस्तो छ भने यदि तपाईसँग रुपैया दाम छैन भने आफ्नै छोराछोरी, बा, आमा, श्रीमतिहरुले र वरपरका नातेदार साथीभाईहरु कसैले पनि गन्दैनन । सही र सत्य कुराहरु पनि स्विकार्दैनन । खल्तीमा रुपैया दाम नभए खाना, कपडा, आवास, औषधि, शिक्षा, घुमफिर क्यै क्यै पाईदैन । सामन्तवादी समाजले उनीहरुलाई बुङ्गा भन्छन र पूजीवादी समाजले सर्वहारा भन्छन ।
कम्युनिष्ट सिद्धान्तका प्रणेता कार्लमाक्र्स, फ्रेडरिक एन्गेल्सहरुले आज भन्दा १७० वर्ष अघि युरोपमा साम्यवादवारे व्याख्या गरे र जीवनभर त्यसमा लागि परे । उनीहरुका मतमा वर्गविहीन समाजको निर्माणमा लाग्ने, पूँजीवादी र सामन्तवादी समाजलाई पतन तुल्याउन लडने योद्धाहरु, विश्वव्यापी समाजवादको लागि कर्मयोगी मान्छेहरु नै कम्युनिष्ट हुन । जो धन सम्पत्ति जोडन हैन कि सिङ्गो राष्ट्रको मुक्ति र स्वाधिनताका लागि मानवजातिको मुक्तिको लागि जीवन अर्पित गर्छन । सर्वहारा वर्गबाट यस्ता कम्युनिष्टहरु धेरै जन्मन्छन भन्ने उहाँहरुका मत थियो ।
उपरोक्त अवधारणा र सिद्धान्तलाई आत्मासात गर्दै सोभियत रुसमा लेनिन र स्टालिनको नेतृत्वमा क्रान्ति सम्पन्न भयो करोडौँ कम्युनिष्टहरुका वलिदानले समाजवादी समाजको निर्माण र विकास पनि भयो । पूर्वी युरोप, मंगोलिया, चिनको मुक्तिलाई अनि समाजवादी समाजको विकासको लागि जोसेफ स्टालिनको नेतृत्वमा भारी साथ र सहयोग मिल्यो । विश्वको एक तिहाई आवादी र एक चौथाई भूभागमा समाजवाद स्थापना भयो । समाजवादी समाज भनौँ कम्युनिष्ट समाज विश्वव्यापी सर्वाधिक चर्चित र त्रासको विषय बन्यो, विश्वका पूँजीवादी साम्राज्यवादीहरुका समाज र संसारमा ।

स्तालिनकालीन सोभियत रुसमा कम्युनिष्ट पार्टी सदस्यहरु र लाल सेनाहरु आफ्नो न्यूनतम आवश्यकताको परिपूर्तिमै सुखी र खुशी थिए । उनीहरुका लक्ष्य र उद्देश्य विश्वव्यापी कम्युनिष्ट राज्य स्थापना थियो । किनकि मूल नेतृत्व स्तालिन त्यस मार्गमा दृढ थियो । सन् १९५३ मार्च ५ मा स्टालिनको असामयिक निधन भयो । त्यसपछि पार्टी नेतृत्व ख्रुश्चोभले हत्यायो । उनले सर्वप्रथम कम्युनिष्ट पार्टी सदस्यहरु र लालसेनाको तलब वृद्धि ग¥यो अनि कलकारखाना र जग्गा जमिनहरु निजीकरण र ठेकेदारीकरण ग¥यो । यस्तो कुरालाई रुसी कम्युनिष्ट पार्टी, लालसेना कम्युनिष्टका पदाधिकारीहरु प्राय सवैले सहर्ष स्विका¥यो । त्यसको मुल कारण रुसी समाजको पारिवारिक संरचना एकानिष्ठ भएर नै हो । जुन पारिवारिक संरचनाले हरेक मान्छेलाई घोर व्यक्तिवादी, लोभी, पापी र भ्रष्ट बनाउछ । स्तालिनभक्त योद्धाहरुले अवश्य नै त्यसको घोर विरोध गरे तर सैन्यशक्तिको आडमा लाखौँ सच्चा कम्युनिष्टहरु र स्तालिनभक्तहरु मारिएको, जेल परेको र कालापानी निर्वासन गरेको थियो ।
सोभियत रुस र विश्वभरी धन सम्पति सामुहिकीकरण, हुनुपर्छ भनेर क्रान्तिको नेतृत्व गर्ने भ्लादिमिर इल्यिच लेनिनलाई रुसी संसोधनवादी मेन्सेविक महिला कार्यकर्ता कपलानले लेनिनमाथि सन् १९१९ मा गोली वर्षाए । जुन चोटले सन् १९२४ मा लेनिनको असामयिक निधन भयो । स्टालिनले सोभियत संघको सम्पूर्ण कुराहरुको लगाम आफ्नो हातमा लिएर चौतर्फी विकास, योजना र कार्यान्वयन ग¥यो । विश्व भरिका पूजीवादीहरुका जग हल्लियो, रुसी समाजको विकासले । सन १९३४ मा स्टालिनको उत्तराधिकारी कमरेड किरोभको पनि लेलिनग्राडमा हत्या भयो । रुसी क्रान्तिमा कुनै भूमिका नभएको, समाजवादी नीतिहरुको विरोध गर्ने र जनता भडकाउने, षडयन्त्रै षडयन्त्रहरु गर्ने र सत्ता कब्जा गर्ने उनीहरुको लक्ष्य थियो तर तिनले सकेनन । उल्टो साम्यवादीका ति दुश्मनहरु केही सखाप भए । तर पूर्ण हैन किनकि १९५३ मार्चमा स्टालिनको असामयिक निधन पश्चात ति मेन्सेविकहरुका प्रतिनिधि ख्रुश्चोभ र व्रेजनेभहरुले स्टालिनको नीति र सिद्धान्तहरु उल्टाए, कम्युनिष्ट अन्तराष्ट्रवाद त्यागे, चीन, मंगोलिया, पूर्वी युरोप र देश भित्रकै रुस बाहेकका अरु गण राज्यहरुमा उत्पीडन र शोषणको नीति लिए र तनावपूर्ण सम्बन्ध रहे । लेलिनको शवसँगै राखिएको स्टालिनको शव पनि फालियो, युगोश्लोभिया र अफगानिस्तानमाथि शसस्त्र आक्रमण ग¥यो । यी सबै कुराहरु स्टालिन माथिको हत्या नै हो ।
स्मरणरहोस मानव जातिको इतिहासकै सर्वोच्च कमाण्डर, व्यवहारत कम्युनिष्ट अन्तर्राष्ट्रवादका प्रणेता, दोस्रो महायुद्धका खलनायक हिटलर, मुसोलिनी र तोगोका शक्ति र स्रोतहरुलाई नष्ट गरी युरोप र एशियामा शान्ति छाउने महादुत, पूर्वी युरोप मंगोलिया र चीनको मुक्ति र समाजवादी समाजको विकासलाई भारी योगदान पु¥याउने युगान्तकारी वाहक जोसेफ स्टालिनको निधन भएको आज ६६ वर्ष छ महिना १० दिन भयो । हामी इतिहास मै पहिलो पाली यो आवाज उठाउँदै छौ कि जोसेफ स्टालिनको मृत्यु कसरी भयो ? किन भयो ? व्यापक सोधखोज हुनपर्छ भन्ने हाम्रो ठकर छ ।
नब्वेको दशकमा सोभियत भूमिको एउटा अंकमा स्टालिनको गार्डको भनाई छापिएको थियो । त्यहाँ गार्डले भनेको थियो “वेलुकी पख अरु दुई जनासँग स्टालिन खाना खाँदै थियो । छलफल पनि गर्दै थियो । अचानक स्टालिन ‘टाउको दुख्यो’ भनेर आफ्नो कोठामा गएर पलंगमा पल्टिनु भयो । तर सधैँको लागि…….” यो २ मार्च १९५३ को घटना हो । १९५३ फेब्रुअरीको अन्ततिर पार्टीको ठूलो, ऐतिहासिक कार्यक्रममा उहाँले सक्रिय भाग लिनु भई आवश्यक नीति निर्देशन गर्नुभएको थियो । क्यै नभएको व्यक्ति, स्वस्थ्य र तन्दुरुस्त स्टालिनको अचानक कसरी निधन हुन्छ ? जिवित हुँदा हत्या गर्न नसकेको खुनीहरु मृत्युपछि हत्या गरेका घटना स्पष्ट छ । अव यहाँ सवाल उठछ । स्टालिनसँगै वेलुका खाना खानेहरु को को थिए ? स्टालिनका अर्को उत्तराधिकारी …… गार्डहरु, भान्सेहरु, सहयोगीहरु सवैको डायरीहरु, आत्म वृतान्तहरुवारे सोधखोज हुनुपर्छ । यो जिम्मेवारी मूलत रुसी स्टालिन भक्त सच्चा कम्युनिष्टहरुको हो ।
स्मरणहोस, सामाजिक साम्राज्यवादी खलनायक ख्रुश्चोभ र व्रेजनेभहरु ‘स्टालिनले धेरै मान्छेहरु मारे’ भन्ने हल्ला व्यापक गरे र संसारको वादशाह बन्ने सपना वोकेका पश्चिमा पूँजीवादी, साम्राज्यवादीहरुले पनि थुपै्र कल्पित र झुठ हल्लाहरु अझैसम्म गरिरहेछन । तिनको भ्रममा परेर थुप्रै न्यायप्रेमी मान्छेहरु पनि गुमराहमा छन । तर स्टालिन मानवजाति कै सर्वोच्च र विशिष्ट कमाण्डर हुन, जोसँग तुलना गर्न लायक आजसम्म कोही जन्मेकै छैनन । जहाँसम्म मान्छेहरु मारे भन्ने हल्ला छ त्यो त स्टालिनको एक मार्गदर्शक लेनिनमाथि गोली हान्ने, स्टालिनको उत्तराधिकारी किरोभमाथि गोली हान्ने को हो ? तिनको संगठन भनौँ ट्राटस्कीका मान्छेहरु सफा गर्नैपथ्र्यो । स्टालिनले त्यो गर्न नसकेको भए सम्भवत संसार आजसम्म जर्मन, इटली र जापानको कब्जामा हुन्थ्यो होला ! माक्र्सवाद र साम्यवादको प्रचार पनि संसारमा आज झै हुन्थेन होला ! अनि चीनको वर्तमान सम्बृद्धि र विश्व रंगमन्चमा उसको सशक्त र प्रभावशाली उपस्थिति रहन्थेन होला ! तसर्थ जनताका दुश्मनहरुले महान स्टालिनवारे जतिसुकै भ्रम र अफवाह फैलाए पनि न्यायप्रेमी, शान्ति प्रेमी र आफूलाई कम्युनिष्ट भन्न मन पराउने व्यक्तिहरु यसमा स्पष्ट हुनपर्छ ।
हामी फेरि कमरेड सि जिन पिङ कै भनाईमा फर्कौ, व्यक्तिगत सम्पत्तिको लोभ गर्नेहरुले कम्युनिष्ट पार्टीको सदस्यता लिन हुँदैन …… । यसको मूल मर्म के छ भने चि.क.पा.का. सदस्यहरुका र उनीहरुको परिवारका लागि पार्टीले, न्यूनतम आवश्यकताको परिपूर्ति गरिदिएको छ । जुन सदस्यहरु जहाँजहाँ छन भनौ सरकार, सेना, उद्योग, खानी, कृषि फर्म भनौँ राज्यको जहाँजहाँ छन त्यहाँत्यहाँ पार्टीको नीति र उद्देश्यहरु कार्यान्वयन गरुन । अरु लोभ लालचमा लाग्दा आफ्नो कर्तव्यहरु भुलिन्छ र पार्टी र राज्यको लक्ष्य र उद्देश्यहरु प्राप्त हुन सक्दैन भन्ने ठहर हो ।

स्तम्भकारः शुदर्शन प्रधान

यहाँ सवाल उठछ समाजका अन्य गैह्र पार्टी सदस्यहरु जो व्यापार, उद्योग, फर्महरु सन्चालन गर्दछन वा तिनका माथिल्ला स्तरका कर्मचारीहरु पनि निजी राम्रा गाडीहरु आवाश, स्तरीय कपडा, खाना लगायतका कुराहरु उपल्लो दर्जाका भएको देखेपछि कम्युनिष्ट पार्टीका सदस्यहरुका मनमा कस्ता कुराहरु उब्जन्छन ? निश्चित छ उनीहरुका मन मस्तिष्क चुलबुल चुलबुल र भाँडभैलो हुन्छ । किनकि परिवारको श्रीमति, वा, आमा, छोराछोरीहरु सवै एकै स्वरमा चिल्लाउन थाल्छन । “तिमी पार्टीमा लागेर के भयो ? पार्टीमा नलागेर पनि फलाना ………….. ले त्यति राम्रो घर, आवास, गाडी, कपडा, खाना ………. सारा सुविधाहरु पाइरहेछन ………….।” अनि के गरुन त त्यो कम्युनिष्टले ? भ्रष्टाचार, अनियमित, अपचलन, वेरुजी, तस्करहरु, गुण्डोहरु, लुटेराहरु, हत्यारा, अपराधीहरुलाई छुटाउन, जोगाउन, बचाउन पनि लाग्छन । पदको दुरुपयोग गरेर न्यायाधीश र प्रहरी प्रमुखहरुलाई पनि दवावमा पारेर, थर्काएर, त्यस्तै परे तिनलाई सरुवा, वढुवा, निलम्बन सवै थोक गरेर, राम्रो आम्दानी गर्न र डाक्टर, इन्जीनियर, वकिल, शिक्षक, प्रोफेसर अनि सरकारी उच्च ओहदाका कर्मचारीहरु, विदेशी कुटनीतिज्ञहरु झै जिउन । घरका वाआमा, छोराछोरी, श्रीमतिहरुलाई चित्त बुझाउन । वर्तमान चीनको समाजवादी समाजको कम्युनिष्टहरुको समस्या हो यो ।
सन् १९१७–२० र १९४१–४५ को रुसी क्रान्ति र गृहयुद्ध अनि मुक्तियुद्धमा संलग्न लालसेना र कम्युनिष्टहरु अनि चीनको क्रान्तिमा भनौँ चिङकाङसान पहाडको संघर्ष (१९२८–३४) मा भाग लिने योद्धाहरु, लम्बे अभियान “(१९३४–३६) संलग्न लाल सेनाहरु, जापानी साम्राज्यवाद विरुद्ध मुक्ति युद्धामा लडने जनमुक्ति सेनाहरु (१९३७–४५) र मुक्ति संग्राम (१९४५–४९) मा होमिएका करोडौँ योद्धाहरुमा के आशा र विश्वास थियो भने, संग्राममा आफू सहिद भए पनि नेतृत्वले भनौँ पार्टीले राष्ट्रको, जनताको र आफ्नो परिवारको पनि पूर्ण र उच्च ध्यान दिनेछ । हुन पनि क्रान्ति सम्पन्न पछि कम्युनिष्ट पार्टीले सहिदहरुका परिवारहरु, घाइते अपाङ्गहरु र अरु सम्पूर्ण कुराहरुमा मध्यनजर राखेर आर्थिक भौतिक कुराहरु उपलब्ध गराएका थिए । साथै विकास निर्माणका कुराहरु पनि रफ्तारसँग गरेका थिए, रुसी कम्युनिष्ट पार्टी र चीनीया कम्युनिष्ट पार्टीले क्रमश स्टालिन र माओका नेतृत्व कार्य कालमा ।
उपरोक्त कुराहरु भनौ भौतिक सुविधाका कुराहरु भाडाका सेनाहरुका लागि पनि व्यवस्था गरेका हुन्छन । व्रिटीस र भारती पूजीवादी शासकहरुले त्यस्तो गरेका छन र प्राय सबैले गरेका हुन्छन । तर कम्युनिष्ट योद्धाहरुका लक्ष्य र उद्देश्य चाँहि सिङ्गो संसारका परिश्रमी वर्गका भनौ विश्वव्यापी मजदुर, किसान, महिला, दलित र उत्पीडित वर्ग र समुदायको मुक्ति र स्वाधिनता आफू संलग्न क्रान्तिमा निहित छ भनेर लडेका हुन्छन । यो मानेमा मानवजातीको इतिहासमा कम्युनिष्ट लालसेना, जनमुक्ति सेनाहरुका स्थान सर्वोच्च छ । कुनै पनि धार्मीक युद्ध, क्षेत्रीय युद्ध, जातीय युद्ध, रंगीय युद्धका योद्धाहरु सँग कम्युनिष्ट योद्धाहरुका रगत, पसिना र आँसु तुलना गर्न सकिन्न ।
यहाँ सवाल त कम्युनिष्टहरु किन विग्रन्छन भन्ने हो । परिवार एकनिष्ठमा रहने अनि आदर्श कम्युनिष्टको आशा गर्ने हुनै सक्दैन । अव परिवार पनि आधुनिक सामुहिक परिवार निर्माण गर्नपर्छ । तव त्यहाँ हरेक व्यक्ति स्टालिनले भने झै ‘विशेष धातुले बनेको मान्छे’ जन्मने छ, सिर्जना हुने र संसार भरी फैलने छन । जसका लक्ष्य एकमात्र विश्व साम्यवाद हुन्छ र त्यसको लागि सम्पूर्ण कुराहरु अर्पण गर्न तयार हुन्छ । कमरेड सि जिङ पिङले १९औं पार्टी अधिवेशनमा कम्युनिष्टहरु बारे जुन शब्दहरु व्यक्त गर्नुभयो । त्यसलाई विश्वव्यापी, सैद्धान्तिककरण र व्यवहारिकरण गरेर जान सके ऐतिहासिक घटना हुनेछ । “१२ वर्षपछि खोलो पनि फर्केर आउँछ” भने झै हुनेछ । उहाँ स्टालिन र माओको समकक्षको नेता बन्ने पथमा लागेको सिद्ध हुनेछ ।