ख़बरदार भ्रस्टाचारीहरु !

केसब नेपाल प्रकाशित मिति : सोमवार, अशोज १३, २०७६

सबैले हेरिरहेका छन्
सबैले देखिरहेका छन्
सबैले चिनीरहेका छन्
को भ्रस्टचारी हो ?
को भ्रस्टचारी होइन ?
को घुस लिने हो
को घुस दिने होइन
ख़बरदार भ्रस्टचारीहरु
ख़बरदार घुस लिनेहरु
ख़बरदार घुस दिनेहरु
ख़बरदार कमिसनखोरहरु
ख़बरदार बिचौलियाहरु
एक दिन
सबै घुस लिनेदिनेहरु
सबै भ्रस्टचारीहरु
सबै कमिसनखोरहरु
सबै बिचौलीयाहरु
जनताको घेरामा पर्नेछन
अनि
एउटै चिहानमा पुरिने दिन आउनेछ
जनता त्यै दिनको पर्ख्याइमा छन