जनताले राजनीति बुझेनन् भने चोरहरुमध्येबाट सबैभन्दा खराब राजनीतिज्ञको जन्म हुन्छ

जय कार्की प्रकाशित मिति : सोमवार, अशोज १३, २०७६

बर्तोल्त ब्रेख्त फरवरी १ सन १८९८-१४ अगस्त सन १९५६  

सुप्रसिद्ध प्रगतिवादी लेखक कवि तथा नाटककार बर्तोल्त ब्रेख्तको जन्म सन् १८९८ को फरवरी १० का दिन बभारिया प्रान्तको आग्सवर्ग जर्मनीमा भएको थियो । उनको असली नाम युजेन बर्थेाल्ड फ्रेडरिक ब्रेख्त हो ।
ब्रेख्तले सन १९२३ मा पहिलो नाटक बल रचेका थिए । यो उनको प्रथम सफलता थियो । त्यसपछि सन १९२२ मा “ड्रम्स इन द नाइट” र सन १९२७ मा अ म्यानुअल अफ पाइटी गीत र कविताको संकलन प्रकाशित गरेका थिए । उनको पहिलो व्यवसायिक नाटक भने एडवार्ड द्वितीय हो । यो नाटक सन १९२४ मा तयार गरेका थिए । तर उनलाई प्रसंशा र सफलता भने नाटक वेडेकिण्ड, रिम्बाउण्ड, भाइयोलिन, राइपिङबाट प्राप्त भएको थियो ।
यसपछि उनका चर्चित नाटकहरु दि मदर, एन्टीगोन, हयाँगम्यान अल्सो डाई, दि ककेसियन चक सर्कल, दि लाइफ अफ ग्यालिओ, इन दि जंगल अफ दि सिटिज, दि थ्री पेन्नी ओपेरा, राइज एण्ड फल अफ दि सिटी अफ महगोनी, दि मदर, मदर करेज एण्ड हर चिल्ड्रेन, दि गुड पर्सन अफ सेचुवान, दि ककेसियन चक सर्कल लगायतका छन ।
ब्रेख्तले वुर्जुवा तथा प्रतिकयावादी प्रवृत्तिका विरुद्धमा ध्वंशात्मक समुहको विकास गरेका थिए । वुर्जुवाको देखावटी सभ्यताको विरुद्धमा विश्व युद्धको अन्त्यसम्म ठुलै कदम चालेका थिए । ब्रेख्तका साथीहरु यो दादावादी(Dadaism) समुहको सदस्य थिए । दादावादले पुरानो सडेगलेको परम्पराका विरुद्धमा नयाँ सोच र उनीहरु वुर्जुवावर्गको झुटो सानका विरुद्धमा हतियारवद्ध थिए । उनीहरु अश्लिल व्यँग्यद्वारा वुर्जुवाहरुका विरुद्ध धज्जी उडाउँथे र प्रगतिवादको पक्षमा आवाज बुलन्द गर्दथे ।
हिटलरको नाजीवादी सत्ताको अगाडि उनले घुँडा टेकेनन । बरु सन १९३३ मा स्केण्डिभियामा निर्वासमा गए । खासगरी १९४१–४७ सम्म डेनमार्क र संयुक्त राज्य अमेरिका निर्वासनमा रहे । त्याहाँ उनले हलीउडमा केही फिल्म सम्वन्धी काम गरे । जर्मनीमा उनको कितावहरु जलाइएको थियो र जर्मनीको नागरिकता पनि खोसिएको थियो ।
ब्रेख्त पहिलो यस्तो सर्वश्रेष्ठ कवि थिए जसको धेरै शैली र अन्तरनिहित भावना सहितको राम्रो पकड थियो । एकजना नाटककारको हैसितमा उनी साह्रै गहन काम गर्ने क्षमता भएका कर्मी थिए ।
ब्रेख्तको १४ अगस्त सन १९५६ मा हृदयघात भएर पूर्वी बर्लिनमा देहान्त भएको थियो । पूर्व जर्मनीमा संसार प्रसिद्ध नाटयशाला बर्लिनर इन्सेम्वल नामक थिएटर ब्रेख्तले स्थापना गरेका थिए ।
ब्रेख्तको बर्लिनर इन्सेम्बल अब उनको जमानाको जस्तो रहेन र धर्मपत्नी हेलेन वेगेलका जमानाको जस्तो पनि रहेन उनको श्रीमती वेगलको सन १९७१ मा मृत्यु भएपछि खासगरी सन १९९२ पछि जर्मन एकीकरणसँगै नीजिकरणको पूँजीवादी नवउदारवादसँगै बर्लिनर इन्सेम्वलले अधोगति लिन पुग्यो । ब्रेख्तको जन्म शताब्दीका दिन उनको सम्मान र संझनामा अमेरिकी निर्देशक रोबर्ट विल्सनले ब्रेख्तको दि ल्फाइट अक्रस दि ओसन को प्रदर्शन १९९८ मा यसै नाटयशालामा गरेको थिए ।
उनै महान लेखकको यो भनाई यद्यपि कायमै रहेको छ । हरेक सामान्यजनले किन राजनीतिलाई गहिरोसित बुझ्नुपर्दछ भन्ने विषयलाई उहाँले निकै छोटो वाक्यमा निकै चोटिलो पाराले शन्देश प्रवाह गर्दै आम जनसमूहलाई सचेत गराउनु भएको छ ।

जो यसप्रकार रहेको छः
“सबैभन्दा निकृष्ट अशिक्षित (अबुझ) मान्छे त्यो हो जो राजनीतिकरुपमा अबुझ हुन खोज्दछ, हुन्छ । उ बोल्दैन, उ सुन्दैन, राजनितिक चहलपहलमा भाग लिँदैन । उसले यो जान्दैन कि जीवनको मूल्य, फलफुल,माछा मासु, खाद्यान्न, जुत्ता, लत्ताकपडा एवं औषधिहरुको भाउ तथा घर भाडाहरु यी सबै राजनैतिक निर्णयमा आधारित हुन्छ ।
राजनीतिक अशिक्षित(अबुझ) व्यक्ति यस्तो घामट हुन्छ कि उ यो कुरामा घमण्ड गर्छ र छाती फुलाएर भन्छ, म राजनीतिलाई घृणा गर्छु । त्यो बुद्धिहीनले उसको राजनितिक अज्ञानताका कारण एउटी वेश्या, परित्याग गरिएका शिशु र चोरहरुमध्येको पनि सबैभन्दा खराब राजनीतिज्ञको जन्म गराउँछ र भ्रष्ट तथा राष्ट्रिय एवं बहुराष्ट्रिय कम्पनीहरुद्धारा पालितपोषित नोकर जन्माउँछ” भन्ने कुरा नै बुझ्दैन ।
त्यसकारण पनि आमजनले राजनीतिमा चासो राख्नैपर्दछ ।अरुका लागि होईन आफ्नैहितको लागि अनि आमजनताको लागि ।

-जोरपाटी, काठमाण्डौ