द्धन्द्ध पीडितहरुमा नयाँ आशा पलायो, संक्रमणकालीन न्यायको निकास अब छिट्टै

जय कार्की प्रकाशित मिति : शुक्र, अशोज १०, २०७६

तस्बिर: सोम तामाङ

राष्ट्रिय मानव अधिकार आयोेगले विगत १३ वर्षदेखि बल्झिरहेको द्धण्द्ध पीडितहरुको समश्या समाधानार्थ हिजो संक्रमणकालीन न्यायको निकास विषयक अन्तरसम्बाद कार्यक्रम आयोजना गरेको छ । राज्य पक्ष र विद्रोही पक्षबाट पीडित दुबै पक्षलाई एकै मन्चमा राखेर समधान खोजेको यो पहिलो प्रयाश हो ।
शान्ति प्रकृयाले कैयौं विषयलाई टुंग्याई नयाँ चरणमा प्रवेश गरिसकेको अवस्थामा पनि विगत १३ वर्षदेखि द्धन्द्ध पीडितहरुको समश्या भने हालसम्म पनि समाधान भैसकेको छैन । सत्य निरुपण आयोगहरु गठन भएतापनि त्यसले ठोस काम गर्न सकेको थिएन । तर यसपटकको यो अन्तरसम्वादबाट ठोस निष्कर्ष निस्कने अपेक्षा गरेको देखिन्छ । द्धन्द पीडितहरुमा नयाँ आशाका किरणहरु प्रष्फुटन भएको देखिएको छ ।
अन्तर सम्बाद कार्यक्रमलाई पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कंग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वमन्त्री तथा नेपाली कंंग्रेसका नेता मृनेन्द्र रिजाल लगायतले सम्बोधन गर्नुभएको थियो ।
उहाँहरुले अब यो समश्यालाई जसरी पनि हल गरिछाडने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मूलत दुवैथरी द्धन्द्ध पीडितहरुले अव यो समश्यालाई तन्काउन नचाहेको र दुवै पक्ष मिलेर समाधान खोज्नुपर्छ भन्ने निष्कर्षमा पुगेकोले द्धन्द्ध पीडितहरुले न्याय पाउने सम्भावना बढेर गएको छ ।
कार्यक्रममा मन्त्रीहरु, साँसदहरु, मानवअधिकारवादीहरु, द्धन्द विशेषज्ञहरु तथा द्धन्द्ध पीडितहरुको ठूलो उपस्थिति रहेको थियो ।
पूर्व प्रधानमनत्री शेरबहादुर देउवाले आफ््नो मन्तव्य राखेर अर्को कार्यक्रममा पुग्नुछ भनि विदा हँुदा द्धन्द पीडितहरुले आफनो कुरा राख्ने हाम्रो कुरा सुन्न फुर्सद नहुने नेता भनि होहल्ला गरेका थिए भने माधवकुमार नेपालले द्धन्द पीडितहरुको समश्या समाधान गर्ने वचनवद्धता व्यक्त गर्नु भएको थियो ।
अध्यक्ष दाहालले द्धन्द्ध पीडितहरुलाई न्याय दिन विलम्ब भएकोमा क्षमा माग्दै सबै समश्या समाधानको आफैले जिम्मेवारी लिने र आफैले टुंग्याउने बताउनु भयो । नेता मिनेन्द्र रिजालले पहिला यो समश्यालाई हलगर्न नसकिएको, हलगर्ने प्रयत्न नगरेको होईन, अव समय आएको छ ,यसका लागि हामी एकमत छौं भन्नु भयो । राष्ट्रिय मानव अधिकार आयोगका सुदीप पाठकले संक्रमणकालीन न्यायको निकासको उदेश्य सहित स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सभापतित्व मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गर्नुभएको थियो ।