पाकिस्तानमा ५.८ रेक्टर स्केलको भूकम्प. आठ जनाको मृत्यु सयौं हताहत (तस्विर सहित)

जय कार्की प्रकाशित मिति : मङ्लबार, अशोज ७, २०७६

अलजजिरा र खलिज टाईमका अनुसार आज मंगलवारका दिन पाकिस्तानको उत्तरी झेलमलाई केन्द्र बिन्दु बनाई गएको भूकम्पले ठुलै जनधनको क्षेति गरेको छ । ३ बालबालिकासहित आठ जनाको मृत्यु भएको छ भने सयौ जना घाईते भएका छन । भूकम्प ५. ८ रेक्टरको भएता पनि नोक्सानीलाई हेर्दा निकै शक्तिशाली लागेको छ । कम्पनका कारण सडकहरु चिराचिरा परेका छन, घरहरु चर्केका छन । सडक चिरा पर्दा कारहरु समेत पुरिएका छन । सबभन्दा बढि क्षति मिरपुर र भेलममा भएको छ । स्मरणीय छ सन २००५ मा आएको शक्तिशाली भूकम्पका कारण झण्डै असी हजारको ज्यान गएको थियो ।

 

 

 

 

 

 

तस्विर अल जजिरा र खलिज टाईम