दुई थान पेस्तोल सहित विप्लवका भोजपुर सेक्रेटरी पक्राउ

प्रकाशित मिति : आइतवार, अशोज ५, २०७६

भोजपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्ट हतियारसहित पक्राउ परेका छन्।

भोजपुर नगरपालिका १० स्थित गजुरमुखी भीर नजिकैबाट विष्टलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए।

विष्टको साथबाट दुई थान इटालियन अटोमेटिक पेस्तोल, हाते ग्रिनेड, पार्टीका दस्तावेज र चन्दाका लागि लेखिएका पत्रहरु बरामद गरिएको उनले बताए।