हात्तीको कथा, युरोप–अमेरिका अनि सौराहाको व्यथा– सुदर्शन प्रधान

सुदर्शन प्रधान प्रकाशित मिति : शुक्र, अशोज ३, २०७६

“हिमाल वरपरको ओढार र गुफाहरुमा बसुन वा शहरको साततले भवनमा रहुन धर्ति द्रोहीहरुलाई गिरफ्तार गरी कानुनी कार्वाहीको कठघरामा उभ्याउन पर्नेछ ।”…..

आज भन्दा ५ हजार वर्ष अघि मानव जाती जंगलमै थियो । कन्दमुल, फलफूल, जनावर, पंक्षीहरु उनीहरुका खाद्यन्न हुन्थे, ओढार र सुरुङमा सुत्थे, जीउ ढाक्न जनावरका छाला र रुखका बोक्राहरु वेर्थे । पशुपालन युगमा प्रवेश गरेपछि हरिण, मृग, गाई, भैंसी, घोडा, खरायोहरु, कुखुरा, हाँस पनि पाल्न थाले । मानव विकाससँगसँगै यि जीवजन्तु र पंक्षीहरु पनि क्रमश घरेलु बने । कुकुरचाहिँ पहिलो साथी बने, मान्छेहरुका । यिनले जंगलमा शिकार खेल्न र घरेलु जनावरको सुरक्षामा सहयोग गर्थे ।
सिँह, बाघ, चितुवा जस्ता हिँस्रक जनावरहरुलाई पनि साना डमरुदेखी पालन पोषण गरेर पछि तिनको काँंधमा चढी सयर गरेका, शिकार खेलेका, दुश्मनहरुसँग लडाई गरेका किम्वदंन्तीहरु छन । दुर्गा, भगवती, लक्ष्मी, महाकाली, सरस्वतीहरु ति जीवजन्तु र पंक्षीहरुका कांधमा चढी घुमफिर गर्थे । हिन्दु धर्म संम्प्रदायमा प्राचीन कालका महिला नेतृ, विदुषीहरु शक्तिमा आसीन हुँदा ति भयानक हिँस्रक जनावरहरुलाई पनि कावुमा राखेका प्रतिकहरु, दृष्टान्तहरु मिल्छन । जहाँसम्म हात्तिलाई जंगलबाट मानिसहरुले कहिले देखि र कहाँ पाल्न थाले र आफ्नो हितको लागि कसरी प्रयोग गरे भन्ने सवालमा विवेचना गर्दा निम्न तथ्यहरुमा आंकलन गर्नसकिन्छ ।
जंगलका गाई, भैसीँ, बाख्राहरु पाल्न थालेको केहि सय वा हजार वर्ष पछि मानिसहरुलाई काठपात, ढुङ्गा, अन्न र यस्तै गह्रुङ्गा माल सामानहरु वोक्न र टाढाटाढासम्म पु¥याउन पहिला जंगलका हात्तीका छावाहरु समातेर पाल्न थाले, त्यसलाई कजाए र पछि आफूले भनेको काममा जोताए, माल सामानहरु बोकाए । उँट, घोडा, याकहरुलाई पनि मरभुमी र जंगलबाट समातेर ल्याइ त्यसरी नै कजाए, फरक फरक भू भागहरुमा फरक फरक जनावरहरुलाई मान्छेहरुले राम्ररी दानापानी ख्वाएर वलिया बनाएर उपयोग गरे । हात्तीलाई चाहिँ प्राय जंगल वरपर र मैदानी भूभागहरुमा प्रयोग गरे । हिजोआज शालिन र शान्त स्वभावका हात्तीहरुलाई विवाहवारी र महोत्सवहरुमा विशेष रुपले सजाएर प्रदर्शन गरिन्छन । हात्तीको वुइमा चढी मूल व्यक्तित्वहरु रोमान्चित हुन्छन । दर्शकहरु पनि खुशीले गदगद बन्छन ।
जंगलमा हात्तीमा चढी सफर गर्दा बाघ, भालु, गैँडा, बँदेल, अर्ना, गोही जस्ता हिँस्रक र भयानक जनावरहरुका आक्रमणबाट बच्न सकिन्छ किनकि हात्तीसँग यि सबै डराउँछन । हात्तीमाथिको बुर्जाबाट जंगलको दृश्यहरु राम्ररी देख्न सकिन्छ र त्यो छिटो पनि हुन्छ भनौँ समयको बचावट पनि । साइकल, मोटरवाईकको जंगल सफारी पनि गर्न सकिन्छ तर जनावरहरुबाट जोखिमपूर्ण नै हुन्छ । र जीप ड्राईभ, सफारी पनि हुन्छ तर हात्ती सफारी जस्तो हुँदैन । किनकि हात्ती वनजंगलको छेउ कुना जहाँपनि पुग्न सक्छ । जीप भनेको सडक भएको ठाउँहरुमा मात्र हो । अनि पेट्रोलियमबाट गुडने कुनै पनि वाहान पर्यावरणमैत्री हैन ।
ब्रिटिस नागरिक (टिमोठिका पिता ) …… ले साठी÷सत्तरीको दशकमा चितवन जिल्लास्थित राष्ट्रिय निकुञ्जभित्र टाईगर टप्स होटल (मेघौली पारी) खोलेर युरोपियन र अमेरिकन पर्यटकहरु भिœयाए । उनले टे«किङ, ¥याफ्टीङको पनि सुरु गरेर नेपाललाई ठूलो गुण लगाए । आज यो व्यवसायमा हजारौ नेपाली व्यवसायीहरु छन । प्रत्यक्ष र अप्रत्यक्ष लाखौँले रोजगार पाएका छन र पर्यटन उद्योग विदेशी मुद्रा आर्जन गर्ने एक महत्वपूर्ण श्रोत बनेको छ । यि सवैको स्तर उन्नति, चौतर्फी क्षेत्रमा प्रवर्धन र सही व्यवस्थापन गरी नेपालको पर्यटन उद्योगले उचाई छुन बाँकी नै छ । यो सवाल आफ्नो ठाउँमा छ ।
झण्डै दश वर्ष अघि निकुञ्जभित्रका होटल बन्द गर्न पर्ने नेपाल सरकारको नियम बनेपछि अरु लगायत टाईगर टप्स होटल पनि बन्द भयो । यो कम्पनीले नवलपुर सेरगन्ज स्थित नारायणी नदी किनारमा ‘थारु भिलेज रिसोर्ट’ खुलाएको छ । यो फर्मले हात्ती नचढाउने मिसन लिएको रहेछ र पर्यटकहरु पनि त्यही वर्गका ल्याउने रहेछ । नयाँ नयाँ उत्पादनहरु, नयाँ नयाँ खानाका परिकारहरु, सेवाहरु, कार्यक्रमहरु पर्यटन उद्योगको विशेषता हो, यो हुनै पर्छ । हरेक पर्यटन लेखकहरु, पर्यटन व्यवसायीहरु, पर्यटन प्रर्वधकहरु र पर्यटन पत्रकारहरुमा पनि त्यस्तो रचनात्मक र सिर्जनात्मक चिन्तन र विचारहरु हुनुपर्छ । तव अरु धेरैले त्यसलाई पछयाउँछन र पर्यटन उद्योगको प्रवर्धन हुन्छ । तर ति कुराहरुले दुईटा विषयमा आघात तुल्याउन हुँदैन, प्रथम–प्रकृतिलाई भनौँ हाम्रो वरपरको खोलानदी, हिमाल, वनजंगल, भूमी पशुपंक्षीहरुलाई र द्धितिय–अरु व्यवसायी, उद्यमी र जनताको आर्थिक, भोैतिक, समाजिक, सांस्कृतिक कुराहरुलाई दख्खल पनि गर्न हुँदैन ।

टाईगर टप्सले आफ्नो ठाउँमा ल्याउने पर्यटकहरु प्रकृतिमैत्री, हात्तीमैत्री हुनेरहेछ । यो आफैमा महत्वपूर्ण कुरा हो । नयाँ उत्पादन हो, नेपालको पर्यटन उद्योगमा कुनै वेला संसारे डाँडा नजिक (टाइगर टम्स होटल दक्षिण) मा पाडो बांधेर पर्यटकहरुलाई प्रत्यक्ष पाडोको शिकार गरेको बंगाल टाईगर देखाउने र काठको पाँग्रा भएको बयल गाडामा चढी थारु गाउँ वस्तीहरु घुमाउने फर्मले नेपालकै सवभन्दा महंगा पर्यटकहरु ल्याउथे र सयौँ नेपालीहरुलाई रोजगार दिन्थे । आज फेरी (हात्तीको बुईमा चढने हैन बरु जीप ड्राइभ गर्ने हो, जंगलमा पैदल हिडने हो ……..) भनेर अर्को महंगा पर्यटकहरु ल्याउछन र सयाँै नेपालीहरुलाई रोजगार दिन्छन अनि राज्यलाई कर बुझाउँछन भने ठिकै छ त यो राम्रो हो । तर सम्बन्धित फर्मले आफ्ना लक्षित पर्यटकहरुमाझमात्र यो कुरा प्रचार, प्रसार गर्नपर्छ । सर्वसाधरण पर्यटकहरु माझ हैन ।
चितवन राष्ट्रिय निकुञ्ज स्थित सौराहामा घुम्न आउने युरोपीयन र अमेरिकन पर्यटकहरु भनेको आमरुपले मध्यम र निम्न आयस्रोतका हुन । उनीहरु पनि एउटा जीव हात्तीमाथि चढने हैन भनेर पन्छिनु झलक्क हेर्दा प्रकृती मैत्री देखिए पनि यो प्रवृत्ति यहाँका हजारौँ जनताको आर्थिक र भौतिक कुराहरुलाई आघात तुल्याउने हुन्छ । वास्तवमा गाई, भैसी, हात्ती सवै जंगलबाट नै पूर्खाले समतेर ल्याएका हुन । यसवारेमाथी केहि चर्चा भैसकेको छ । आधुनिक युगमा नश्ल सुधारेर वैज्ञानिक प्रविधि अपनाई उत्पादन गरिएका ति गाई, भैसीहरुबाट दैनिक २०–३० लिटर दुध निकालिएको छ । यसलाई के भन्ने ? वास्तवमा गाई, भैसीले दुध त आफ्ना बाछाबाछी र पाडापाडीको लागि बनाएको हो, तर मान्छेहरुले दुध आफूले उपभोग गर्छ ।
वास्तवमा भौतिकवादी बैज्ञानिक दृष्टिकोण के हो भने, जंगलको गाई भँैसीले आफ्नो बच्चाहरुको लागि दैनिक २,३ लिटरसम्म दुध उत्पादन गर्छ तर आधुनिक विज्ञान प्रविधिको सहारा र उच्च दाना, स्याहारले एउटा गाई र भैसीले दैनिक २०–३० लिटरसम्म दुध दिईरहेछ । मानवीय उच्च श्रम, शक्ति र चेतनाले गाई, भैसीको दुग्ध उत्पादन वढेको हो । यो अधिक दुध उपभोग गर्दा प्रकृतिमाथि अन्याय हैन बरु प्रकृति समिप हो । दुरुस्तै हात्तीको सवाल पनि यस्तै हो । तर हात्तीको दुध हैन श्रम लिइन्छ । जुन श्रमको लागि मान्छेहरुले हात्तीलाई सन्तुलित आहारा, घामपानीबाट वच्ने वास, रोगी विरामी र घाइते हुँदा उपचार, स्याहार पाउँछन । जुनकुरा जंगलमा वस्ने हात्तीले पाउदैनन । जीवनभर उनिहरु भौतारिएर हिडछन । तुलनात्मक रुपले जंगली हात्तीभन्दा घरपालुवा हात्तीको आयु अधिक नै हुन्छन । १० टनभन्दा अधिक ओजन हुने हात्तीलाई ५, ६ क्वीन्टलको भारी क्यै हैन । स्मरणरहोस, चितवनको राष्ट्रिय निकुञ्जस्थित सौराहाका हात्तीहरुले जंगल सफारीमा आफ्नो कांधमाथि बोक्ने ४,५ जना मान्छेहरु र काठको वुर्जाको तौल ५०० के.जीे. भन्दा माथि हुँदैनन । हात्ती अधिक थाकेमा, बोझ गह्रुङ्गो भएमा र अति डराएमा बसिदिन्छन ।

यो कुरा माउतेलाई राम्ररी नै पूर्व अनुमान हुन्छ । तसर्थ संम्बन्धित सवैलाई हात्तीमाथि चढने र जंगल सफारी गर्ने कुराको विरोध नगरिदिनुस ! अफवाह नफैलाई दिनुस ! बरु हात्तीलाई गाई, भैँसीलाई झै मानव अस्तित्व नहुन्जेल साथैमा रहने वातावरण बनाईदिनुस । हात्ती सफारीको विरोध गर्नु भनेको सवै हात्तीहरुलाई जंगलमा धपाउनु हो । किनकि एउटा हात्तीले मासिक औसतमा ३–४ लाख आर्जन गर्छ भने १.५–२ लाख उसको लागि दानापानी, औषधी, घाँस, वास, माउते र विविध लगानी हुन्छ । यदि हात्तीले मान्छेहरुलाई भनौँ हात्ती धनीहरुलाई केही दिन सक्दैनन भने जोगी हुन कसैले पनि हात्तीहरु पाल्दैनन । अन्तत सवै हात्तीहरु जंगलमा लघार्न सवै बाध्य हुनेछन । त्यतिमात्र हैन यो चिन्तन र प्रबृत्तिले सवै गाई भैँसीहरुलाई पनि जंगल धपाउन पर्ने हुन्छ । तव वर्तमान मानव समाज र सभ्यता कहाँ पुग्ला ? के होला ? किनकि गाई भैसीहरुबाट मान्छेहरुले मल, दुध, छाला, मासु, हड््डी थुपै्र कुराहरु प्राप्त गरी रहेछन । स्मरणहोस, घरपालुवा हात्ती चितवन राष्ट्रिय निकुञ्जको सौराहामा मात्र सरकारी र नीजि गरेर झण्डै १५० वटा छन । यहाँ झण्डै २०० वटा पर्यटकिय होटल, रेष्टुरेण्टहरु छन । पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जहरुमा पनि हात्तीको सहाराले जंगल सफारी र वन्यजीवजन्तु र पंक्षीहरुका अवलोकन हुन्छन । यसरी नेपालमा घरपालुवा हात्ती झण्डै ६०० वटा भएको अनुमान छ । यि हात्तीहरु नेपालको पर्यटन उद्योगको एक महत्वपूर्ण आधार हो । जसको माध्यमबाट यहाँ प्रत्यक्ष अप्रत्यक्ष लखौँ श्रामिकहरु र पर्यटन व्यवसायिहरुका जिउने आधार बनेको छ ।

अव आउनुहोस । युरोप अमेरिकी समाजको पर्यावरण आन्दोलन, जिवजन्तु र बालश्रमहरुबारे उनीहरुका अवधारणा र वास्तविक व्यवहारहरु सम्बन्धमा केही विवेचना गरौँ ।
प्रथम–युरोपको औद्योगिक क्रान्तिले जल, जमिन र आकाशको भनौ प्रकृतिको चौतर्फी क्षेत्रहरुमा गंम्भीर दुस्प्रभाव पार्न थाले र पछि पृथ्वीको अस्तित्वमा प्रश्न चिन्ह लागेपछि आजभन्दा ३०–४० वर्ष अघि त्यहाँ प्रकृतिको सुरक्षावारे विविध विचारहरु आउन थाले । संघर्ष र आन्दोलनहरु पनि भए । जुन कुराहरुले त्यहाँ दुई प्रकारका प्रकृतिवादीहरु जन्मे ।
१. कट्टरतावादीहरु (Fundamentalist) यो वर्गका प्रकृतिवादीहरु यति कट्टर भए कि उनीहरु आधुनिक विकासका सम्पूर्ण कुराहरु (विजुली , धारापानी, पक्कीघर, फर्ममा उत्पादित वस्तुहरु, रेडियो, फोन, टि.भी, गाडी वाहन, प्लेन, मेसिनले उत्पादन गर्ने कपडा, आधुनिक औषधी इत्यदि ) का विरुद्धमा गएर जंगल, खोलानदी किनारमा आफूलाई सिमित पारे । आधुनिक युगका महान वैज्ञानिक गणितशास्त्री लुई पाश्चरकी नातिनी ब्राजिल अमेजन नदी किनारको घनाजंगलमा वस्ने आदीवासीको नेतासँग विवाह गरेर विश्व चर्चित समेत बनिन “लुई पाश्चरकी नातिनी आदीवासीकी रानी”, भनेर । यो वर्गका अरु थुप्रै अभियन्ताहरु अल्पायुमै बितेको हाम्रो अनुमान छ । अरु कैयौ समाज र राज्यको नजरमा पागल वने । आज जति अस्तीत्वमा छन ति सवै नेपाल र भारतको “बन्जाडेको” अवस्थामा छन । ति सवै दिवंगत र जीवितहरुप्रति हाम्रो असीम श्रद्धा, सम्मान र स्नेह छ ।
२. यथार्थवादीहरु (Realistic) – यो वर्गका प्रकृतिवादीहरु चाँहि आधुनिक ज्ञान, विज्ञान प्रविधि र यसका उपलब्धिहरुलाई आत्मासात गर्दै अगाडी बढनु पर्छ भन्ने अवधारणा राख्छन । यहि वर्गका मान्छेहरुले युरोप र अमेरिकाको हरेक राष्ट्रहरुमा ग्रिन पार्टी स्थापना गर्न सफल भए र संसदिय निर्वाचनहरुमा उनिहरुले भाग लिन्छन र केही न केहि मत पाउँछन । संसदमा पंनि प्रतिनिधीहरु पठाउँछन । इटलीमा त उनीहरु शसक्त प्रतिपक्षी दलमा पनि रहे । जर्मनको ग्रिन पार्टी शसक्त छ । कैयौँ राष्ट्रहरुमा ग्रिन पार्टीका उद्देश्यहरु त्यहाँका अरु पूंजीवादी पार्टीहरुले आत्मासात गरेर पनि विलुप्त भए । आज युरोपीयन मुलुकहरु, अमेरिका र संयुक्त राष्ट्रसंघले वातावरण संस्बन्धी जे जति कागजी निर्णयहरु गर्छन र धेरथोर क्रियाकलापहरु अनि प्रचारप्रसार गर्छन त्यसमा ति ग्रिन पार्टीहरुका महत्वपूर्ण भूमिका मान्नुपर्छ ।
माथिका दुवै खेमाका प्रकृतिवादीहरुलाई सम्मान र श्रद्धा गर्दै हामी चाही अलि भिन्न रुपले परिचालित छौ । त्यो के भने कुनै पनि मूल्य चूकाएर, मानव समाजको विकासक्रममा निर्माण र आविष्कार भएका वैज्ञानिक प्रविधि र सिद्धान्तहरु, उपलब्धीहरुलाई आत्मासात गर्दै सम्पूर्ण राष्ट्रको सर्वोच्च राजसत्ता प्रकृतिवादीहरुले नियन्त्रणमा लिनै पर्छ र मानव समाजको चौतर्फी संरचनाहरु प्रकृतिलाई सर्वोपरी मानि निर्माण गर्नै पर्छ । विश्वव्यापी एउटै राष्ट्र, एउटै भाषा, एउटै संस्कृति, एउटै धर्म, एउटै लिपि रहनु पर्छ । अरु सम्पूर्ण कुराहरुलाई उच्चस्तरको संग्राहलयमा राखिनु पर्छ । यो महान जगत जननीलाई विध्वंस गर्ने शस्त्राअस्त्रहरु सवै पृथ्वीलाई विनाश गर्न आउने उल्कापातहरुलाई आकाशमै नष्ट गर्न प्रयोग गर्न मात्र प्रयोग पर्छ , संसारको जनसंख्या ३ अरव २५ करोड मात्र हुनपर्छ , ………………. यसको लागि मानव जातिमा वैज्ञानिक मातृसत्ता हुनै पर्छ । यसको लागि भनौँ यो सुन्दर ग्रहको सुरक्षा र मानवजातीमा शान्ती र सुव्यवस्थाको लागि धर्ती योद्धाहरु व्यूह रचना गरि रणभूमिमा उत्रदै छन् ।
द्धितिय – जिवजन्तुबारे भन्न पर्दा आज विश्वमा सर्वाधिक वन्य जीवजन्तुहरुको छाला, हड्डी, पित्त, दाह्रा, नंग्रा (आखटेपहार) हरुको कारोवार हुने मुलुक अमेरिका हो । सन २०१८ मा अमेरिका एउटै मुलुकमा ७६ अरबको आखटेपहारको कारोवार भयो भने झण्डै एक महिना अघिको नेपाली छापाहरुमा प्रकाशित थयो । सिङ्गो युरोपभरि कति भयो होला ? कम्तीमा अमेरिकामा भएको भन्दा ५०% त पक्कै भयो होला । यो भनेको ३८ अरब डलर हो । अनि एशियाको चीन, जापान, सिँगापुर, लगायतका राष्ट्रहरुमा पनि न्यूनतम ३८ अरब डलरको आखटेपहारको कारोवार भएको अनुमान गर्न सकिन्छ ।
यसरी अमेरिका, युरोप र एशियामा जम्मा १५२ अरब डलारको वन्यजीवजन्तु र पंक्षीहरुको कारोवार भएछ । त्यसको मूल श्रोत भनेको एशियाको हात्तिको दाह्रा, छाला र मोती हड्डीहरु, बाघको छाला र हड्डीहरु, एकासिङ्गे गैडाको खाग, कस्तुरीको विना, अफ्रिकाको सिंहको दाह्रा, छाला र हड्डीहरु, हात्तीका दाह्रा र छाला, दुइसिङ्गे गैडाका खाग, जेब्राका छाला, अर्नाका सिङ्ग र छाला, गोहीका छाला र दाँतहरु, हिप्पोको छाला र दाँतहरु, दक्षिण अमेरिकाको एनाकुण्डाको छाला र दाह्रा चितुवाको छाला र दाँत नै हुन । अनि धु्रविय प्रदेशका सेतो भालुका छाला, नँग्रा दाह्रा र हड्डीहरु, निलो ह्वेलको छाला र हड्डीहरु, हिमाली भेगका हिउ चितुवाका छाला नँग्रा र दाह्राहरु, दुर्लभ पंक्षीहरु र जचरहरुका दारा, दाँत, छाला र पुच्छरहरु ईत्यादी नै हुन ।
माथिका तथ्याङकहरु पृथ्वीमा जैविक विविधताको अस्तित्व र सिङ्गो धर्तिको सन्तुलनमा भयानक असर पार्ने कुराहरु हुन । संसारको जनसंख्याको ठूलो हिस्सालाई स्वस्थ्य र सन्तुलित खाना, स्वास्थ्य उपचार, स्वच्छ पानी, शिक्षा, सुरक्षित र प्रकृतिमैत्री आवाश, जस्ता न्यूनतम आवश्यकताको परिपूर्तिले छटपटाई रहेको अवस्था छ त अर्कोतिर अति न्यून संख्याका मान्छेहरु अवैध र अपराधपूर्ण क्रियाकलापहरु जस्तो कि विश्वंसात्मक शस्त्राअस्त्रहरुको कारोवार, लागु पदार्थको तस्कर, भ्रष्टाचार, घुस, अनियमित, मानव वेचविखन जस्ता अवान्छित क्रियाकलापहरु गरि ति मान्छेहरुले आर्जन गरेका भनौँ कब्जा गरेका धनसम्पतिहरु कथित सामाजिक प्रतिष्ठा र सम्मानको लागि धर्तिका महान र दुर्लभ प्राणीहरुका आखटेपहार जम्मा गरी कोठाहरुमा सजाउँछन । अब समाज र संसार भरिका महिलावर्ग, परिश्रमीवर्ग, प्रकृतिप्रेमी र धर्तियोद्धाहरु (Planet Fighters) एक्यवद्ध भई धर्तीद्रोहीहरु विरुद्ध मैदानमा आउन ढिलो भई सकेको छ । एउटा यस्तै पर्चामा छापिएको थियो । “हिमाल वरपरको ओढार र गुफाहरुमा बसुन वा शहरको साततले भवनमा रहुन धर्ति द्रोहीहरुलाई गिरफ्तार गरी कानुनी कार्वाहीको कठघरामा उभ्याउन पर्नेछ ।…..
तृतीय– वालश्रमवारे नेपालस्थित युरोपियन र अमेरिकन थुप्रै (एन्जिओ र आईएन्जिओ) NGOर INGO हरु “वाल श्रमलाई नाई भन्नु है” भन्ने नारा दिएर प्रभावसाली रुपले प्रस्तुत भएका पाइन्छन । झलक्क हेर्दा यो नारा वडो ठीक र सही देखिन्छन । तर फुर्सदमा ति किशोर किशोरीहरु के गर्ने त ? स्कुल विदा, शनिवार जस्ता दिनहरुमा अमेरिकन युरोपियनहरुले आविष्कार गरेका इन्टरनेट, आइफोन, टिभीहरुमा प्रदर्शन गर्ने, नाचगान, सेक्स, मोजमस्ती, हाइफाइका दृश्यहरु हेरेर हर्षोल्लास हुने कि ? वा बाआमाहरुलाई घरको काममा जस्तोकि वस्तुडिंगा चराउन, बिरुवा लगाउन, घाँसकाटने, पानी ल्याउने, दाउरा बोक्ने, घर आगन सफा गर्ने, वाली उत्पादन, आफ्नोकपडा सफागर्ने, घरको मालसामान बजारबाट ल्याउने वा यस्तै कार्यहरु गरी सघाउने ?
के कुरा ठोकुवा गरी भन्न सकिन्छ भने नेपालमा आज जे जति श्रमशक्ति भएको जनसमुदाय छ त्यसमा ९५ प्रतिशतले सानोमा श्रम गरेका थिए । आज वालश्रम नगरी उन्मत्त हुने किशोरहरु ९५ प्रतिशत भोली पंगु, ठग, तस्कर, भ्रष्टाचारी, अनियमित र अवैध मार्गमा लागेर परिवारलाई, समाजलाई र राष्ट्रलाई दुरुह तुल्याउने छ ।
यहाँ वालश्रमको कुरा किन उठेको त भने, आज अमेरिका र युरोपमा हिरापत्थर, सुनका गरगहनाहरु सयौँ वर्ष देखि ठूलो अनमोल र उच्च माग छ । वास्तवमा ति हिरापत्थर र सुनका ढिक्काहरु उत्पादन गर्न धर्तिको भयानक सुरुङ्गहरुमा ज्यान जीवन अर्पेर स–साना वालवालिकाहरुलाई पनि डोरीमा झुण्डिएर, कम्मरमा ति डोरीहरु वाँधिएर जानुपर्छ । कैयौँ ति खानीका चट्टानमा ठक्कर खाएर त कैयौँ उच्चतापले वेहोस भएर पनि मर्छन । त्यही खानीहरुमा वचेराहरुले मात्र ति निकाल्छन । हिरापत्थरका र सुन खानीका ठेकेदारहरु सधैँ हर्षोल्लास हुँदै उत्पादित वस्तुहरु महङ्गोमा विक्री गरेर खुसी हुन्छन । मरेकाहरु उनीहरुका लागि दामपैसामा किनेका एक प्रकारको दास नै हुन । पछि हिरापत्थर र सुन प्रसोधन गर्न पनि वालश्रम नै प्रयोग हुन्छ । गरिब देशमा वाच्नको लागि यस्तै श्रम उपलब्ध तिनै वालवालिकाहरु हुन्छन ।
आज विश्वभरी श्रामिकमैत्री, गरिब मजदुर किसानमैत्री, महिलामैत्री शासन व्यवस्थाहरु स्थापना हुनु खाँचो छ । तर त्यसलाई वलपूर्वक र षडयन्त्रमूलक रुपले नष्ट गर्न सक्रिय शक्ति युरोपियन र अमेरिकी राज्य व्यवस्थाहरु नै छन । इतिहासमा लेनिन, स्टालिन कालिन सोभियत रुस माथिका भिषण आक्रमणहरु र वर्तमान चीन, उत्तर कोरिया क्यूबा र भेनेजुएला राज्यको विरुद्ध नाकावन्दी र अनेकौ षडयन्त्रहरु गर्नु र ति राष्ट्रहरुलाई विविधरुपले जापान लगायतले धरायसी तुल्याउन दुस्प्रयास गर्नु त्यसका प्रमाणहरु हुन ।
अव युरोपीयन अमेरिकी जापानी महिलावर्ग, परिश्रमीवर्ग प्रकृतिप्रेमी, पर्यावरणवादीहरु विश्वव्यापी धर्ति योद्धाहरुसँग एकिकृत भई त्यहाँका आखटेपहारका कारोवार गर्नेहरु, ति सजाउनेहरु र यता वनजंगलमा जोखिम मोलेर शिकार गर्ने धर्तिद्रोही शिकारीहरु सवैलाई कठघरामा उभ्याएर कडा र कठोर सजाय दिने नीति अपनाउन जरुरी छ । सवैले प्रकृतिमैत्री नीति व्यवहारत पालना गर्न खाँचो छ । अनि पृथ्वीमैत्री, महिलामैत्री, श्रमीकमैत्री र वालमैत्री शासन व्यवस्था स्थापना गर्न पर्छ । “हात्तीको वुइमा चढनु हात्तीमाथि अन्याय हो” भन्ने अवधारणा कट्टरतावादी हो यो विचारले मानव समाज र सभ्यतालाई अन्तत जंगलतिर फर्काउछ । आधुनिक विज्ञान प्रविधिलाई सिमित र अत्यावश्यक ठाउँहरुमा मात्र प्रयोग गरौँ । प्रकृतिलाई माया गरौँ । पृथ्वी चिरस्थायी हुनेछ ।

सेप्टेम्बर १३, २०१९
बन्दिपुर, तनहुँ जिल्ला ।