मनकामना पोलि इण्डष्ट्रिमा संगम दोङको अध्यक्षतामा कमिटी गठन

प्रकाशित मिति : मङ्ल, भदौ ३१, २०७६

यही भदौ ३० गतेका दिन मनकामना पोलि इण्डष्ट्रिमा मजदुरहरुको बृहत भेलाले संगम लामा दोङको अध्यक्षतामा कमिटी गठन गरेको अखिल नेपाल औद्योगिक मजदुर संघका उपाध्यक्ष होम खडकाले बताएका छन ।
भेलाले उपाध्यक्षमा दिपक श्रेष्ठ, सचिवमा पबित्र पोखरेल, सहसचिवमा सबिना थापा सदस्यहरुमा कमला भुजेल, गोबिन्द सुवेदी, आशा गुरुङ चयन गरेको छ ।
उक्त भेलाको प्रमुख अतिथि होम खड्का विशेष अतिथि नारायण तामाङ हुनुहुन्थ्यो ।


व्यवस्थापनले २० बर्षदेखी कार्यरत मजदुरलाई समेत नियुक्ति पत्र नदिएको, , नेपाल सरकारले तोकेको न्युनतम तलव नदिएको तथा सामाजिक सुरक्षा योजनाको बारेमा कुनै जानाकारी नगराएको र कुनै पहल समेत नगरेको खुल्न आएको छ । उनीहरुलाई अब मूलधारमा ल्याई कानुनत पाउनु पर्ने सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धतता प्रमुख अतिथि तथा विशेष अतिथिले प्रतिबद्धता ब्यक्त गरेपछि सो उद्योगका श्रमिकहरु निकै खुशी भएका छन ।