भारत र चीन सीमाक्षेत्रकोे गस्तीमा रहेका सैनिकबीच झडप

प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भइ रहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ।

भारत र चीन सीमाक्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो । भारतको लद्दाख छेउको पागंग तालनजिक दुई देशका सेनाबीच झडप भएको बुधबार दिनभर चलेको भारतीय सञ्चार माध्यमले जानएका छन्।

१३४ किलोमिटर लामो उक्त तालकोे उत्तरी किनार नजिक चीन र भारतबीचको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) क्षेत्रमा झडप भएको बताइएको छ। तालको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा रहेको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन्।