नेकपा सचिवालय बैठक सम्पन्न : दल दर्ताको जिम्मा महासचिवलाई

प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका लागि पुनः दल दर्ताको जिम्मा महासचिव विष्णु पौडेललाई दिने निर्णयसहित बैठक सम्पन्न भएको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग भने, ‘निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा महासचिव कमरेड विष्णु पौडेललाई दिइने निर्णय गरियो।

सांगठनिक एकीकरणका विषयमा बैठकमा के–के भयो भनने प्रशनमा उनले यो विषयमा टुंगो लगाउन छिट्टै अर्को बैठक बसेर छलफल गर्ने सहमती भएको जानकारी दिए ।