एक अथक ट्रेड युनियन नेतृ अनुराधा गान्धी, जस्ले आन्दोलनको स्वरुपलाई नै फेरिदिईन

महिला जागृति

जय कार्की प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

अनुराधा गान्धी- श्रमिक महिला आन्दोलन, ट्रेड युनियन आन्दोलन तथा दलित आन्दोलनको अभियन्ता

अनुराधा गान्धी भारतीय कम्युनिष्ट पार्टी माओवादीका नेता तथा विशिष्ट विद्धान कोबाड गान्धीको जीवनसंगी थिइन । यतिखेर कोबाड गान्धी भारतीय तिहाड जेलको चारदिवारीभित्र वन्दी जीवन विताईरहेका छन । उनी गरिव जनता तथा आदिवासी जनताको लागि शिक्षा प्रचारमा जुटेका जनवादी शिक्षाको चर्चित शिक्षाविद हुन भने अनुराधा गान्धी पनि प्रतिष्ठित प्राज्ञ तथा चर्चित माओवादी नेतृ तथा श्रमिक महिला आन्दोलन, टे«ड युनियन आन्दोलन तथा दलित आन्दोलनको अभियन्ता पनि हुन् । उनी मुम्वईको विल्सन कलेजको लेक्चरर थिइन । सन १९८२ मा नागपुरमा सरुवा भएपछि उनको जीवनमा नाटकीय मोड आएको थियो । उनले त्याहाँ सरुवा भएको केही वर्षमा नैै नागपुर, चन्द्रपुर, अमरावती, जवलपुर र यावतमलमा गरिव भन्दा गरिव निर्माण मजदुर, कोइला खानी मजदुर र दलित आन्दोलनको गठन र उठानमा भाग लिन थालिन । सन १९९० मा स्नायु प्रणालीमा कडापनका कारण रोगी भएको प्रमाणित भैसक्दा पनि उनी बस्तार प्रस्थान गरिन् र तीन वर्षसम्म दण्ड कारण्य जंगलमा जनमुक्ति छापामार सेना (पिएलजिए) सित बसिन ।
त्याहां अनुराधाले महिलाहरुको संगठनलाई सुदृढ र विस्तार गरी महिलाहरुको असाधारण संगठनको निर्माण गरिन । संभवतः यो भारतको सवैभन्दा ठूलो क्रान्तिकारी महिलाहरुको संगठन थियो । यसको नाम क्रान्तिकारी आदिवासी महिला संगठन हो । यसमा ९० हजार महिलाहरु संगठित थिए र यो संगठन भारतको संभवतः गोप्य तर उच्चकोटीको सदस्यसहितको संगठन थियो । अनुराधाले महत्वपूर्ण समय दण्ड कारण्यका गुरिल्लाहरु र पछिल्लो चरणमा सिपिआई माओवादीसित विताएकी थिइन ।

 विशिष्ट विद्धान कोबाड गान्धी

अनुराधा गान्धीले मार्च आठको विषयमा कलम चलाएकी छन्् । जव हामी मार्चमा पुग्छौं । यो नया शताब्दीमा भारतमा महिला मोर्चाले महत्वपूर्ण विकासमा कदम चालिसकेको हुनेछ भन्ने उनको विश्वास थियो ।
अनुराधाको असामयिक मृत्यु सन २००८ को अप्रिल १२ मा मुम्वईको एउटा अस्पतालमा विहानको समयमा भएको थियो । उनलाई उपचारका लागि झारखण्डवाट आदिवासी महिलाहरुलाई शिक्षा दिइरहेको स्थानवाट ल्याइएको थियो । भारतीय सरकारले अनुराधालाई माओवादी आतंककारीको लागि सघाएको आरोप लगाएको थियो । र, जुनसुकै अवस्थामा पनि गिरफ्तार गरी हत्या गर्ने षडयन्त्र गरिरहेको थियो ।
अनुराधा गान्धी सिपिआई माओवादीको एक मात्र केन्द्रीय सदस्य थिइन । उनको क्रान्तिकारी राजनैतिक जीवन मुम्बईमा अध्ययनरत रहंँदा विद्यार्थी जीवनवाट प्रारम्भ भएको थियो । यो समय हो सन १९७० को र त्यसपश्चात बस्तारका आदिवासी र दलित महिलाहरुको माझ लामो समयसम्म वसिन । त्यहांबाट शुरु भएको थियो उनको सक्कली क्रान्तिकारी जीवन ।

उनको साथीहरुलाई झूठा मुद्दा लगाई चन्द्रपुरमा गिरफ्तार गरेपछि उनी केही वर्षको लागि भूमिगत पनि भएकी थिइन ।
सन १९८२ मा अनुराधा गान्धी नागपुरमा सरेकी थिइन । उनका लागि नागपुरको नयाँ औद्योगिक क्षेत्रमा कन्ट्रयाक्ट श्रमिक र चन्द्रपुरको जंगलमा दयनीय अवस्थामा जीवन गुजारा गरिरहेका आदिवासीहरुको वीच काम गर्नु चुनौतिको विषय थियो ।
अनुराधाको बुवा अधिबक्ता हुंदाहुंदै पनि वामपन्थी पृष्ठभूमिका थिए । सन १९५० मा कम्युनिष्टहरुको विरुद्धमा चलाएको मुद्दाको उनैले पैरवी गरेका थिए ।

अनुराधा गान्धिद्धारा लिखित पुस्तकको संकलित रचनाको कभर पेज

अनुराधा गान्धीले ट्रेड युनियन आन्दोलनमा निर्माण मजदुरहरुको अधिकारको विषयमा संघर्ष गर्ने क्रमबाट प्रारम्भ गरेकी थिइन । उनैले निर्माण मजदुरका लागि कैयौं सशक्त आन्दोलनको संचालन गरेकी थिइन ।
यसमध्येको सवैभन्दा ठूलो र महत्वपूर्ण आन्दोलन खपरखेडा नागपुरवाट ३० किमीको दूरीमा स्थापना गरेको थर्मलप्लान्ट निर्माणको क्रममा सवैभन्दा चर्चित हडताल भएको थियो । उक्त प्लाण्टमा ५०० मजदुरहर कार्यरत रहेका थिए ।
यो आन्दोलनमा प्रहरीले गोली चलाउनुका साथै कर्फुको घोषणा गरी हडताल समाप्त गराएको थियो । गान्धीले घरेलु मजदुरहरुलाई संगठित गर्ने आन्दोलनमा पनि अग्रणी भूमिका खेलेकी थिइन भने हिङनामा पनि एमआईडिसी कम्पनीहरुमा कार्यरत मजदुरहरु, रेल मजदुरहरु, भण्डाराका बिडी मजदुरहरु, काम्पटीका पावरलुम मजदुरहरु लगायत अन्य असंगठित मजदुरहरुलाई पनि संगठित गरेकी थिइन । त्यसपछि उनी कोइला खानीमा कामगर्ने खानी मजदुर र निर्माण मजदुरहरुका वीचमा काम गर्न पटक पटक निवास क्षेत्र परिवर्तन गरिरहन्थिन । यी असंगठित क्षेत्रका मजदुरहरुका विषयमा परम्परावादी मजदुर संगठनहरुले आधारभूत ट्रेड युनियन अधिकारको कार्यान्वयनमा कुनै भूमिका खेलिरहेका थिएनन ।
गान्धीले प्रगतिशील ट्रेड युनियनहरुसित संयुक्त गतिविधिका लागि आधारहरु पनि तयार पारेकी थिइन । त्यसका लागि उनले उक्त नागपुर क्षेत्रभन्दा बाहेकका चन्द्रपुर, अमरावती, जबलपुर, योत्मल लगायत क्षेत्रलाई समेत समाहित गरेकी थिइन ।

जय कार्की, ललितपुर                                                                                                                                                            उनी आफ्नो अध्यापनको पेसाको वावजुद पनि सो क्षेत्रको सुप्रसिद्ध ट्रेड युनियन आन्दोलनको क्रान्तिकारी नेताको रुपमाm चर्चित भैरहिन । यद्यपि गान्धी ट्रेड युनियन आन्दोलनको चर्चित नेता मात्र भएर बसिनन उनी दलित समुदायलाई जातिय दमनका विरुद्ध जागुत गराई उनीहरुको मुक्तिको खातिर दमनकारी राज्य प्रणालीको विरुद्धमा संगठित गर्न क्रियशील रहिन । उनी क्रान्तिकारी माक्र्सवादद्धारा दलितमाथि अत्याचार र जातीय विभेदको विरुद्धमा उत्रने नेताको रुपमा देखा परिन । उनले दलितहरुको मुक्तिको अगुवा डा. अम्बेडकरको विषयमा गहिरो अध्ययन गरिन । त्यस्तै अझ थुप्रै समाजशास्त्रका लेख रचनाहरु जातीय मुद्दाका विषयमा अध्ययन गरिन ।

 

फागुन ४, २०७१
ललितपुर