मोरङ अ.ने.से.म.संघ सामाजिक सुरक्षा र न्युनतम बेतन कार्यान्वयनमा केन्द्रित

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

श्याम गौतम, अखिल नेपाल सेक्युरिटी मजदुर संघ मोरङ जिल्ला कमिटीको बैठकले सामाजिक सुरक्षा योजना लागू नगर्ने र नेपाल सरकारले बृद्धि गरेको न्युनतम बेतन लागू नगर्नेहरुका विरुद्ध कडा कदम चाल्ने योजना बनाएको छ । हेपाहा प्रवृत्तिबाट मजदुरहरु दिक्क भएका छन अतः उनीहरु अव संघर्षको तयारीमा जुटेका छन । यसका लागि बैठक वसि निर्णयहरु समेत गरिसकेको छ ।
२०७६/५/२१ गते शनिवारको दिन अखिल नेपाल सेक्युरिटी मजदुर संघ मोरङको बैठक श्यामकुमार गौतमको अध्यक्षतामा बस्यो साथै गंगाराम थापाको प्रमुख आतिथ्यमा, विशेष अतिथि धर्मलाल माझी, अतिथिहरु राज कुमार मल्ल, टेकनारायण श्रेष्ठ, द्रोणराज घिमिरे, शान्ता पोख्रेल लगायत जिल्ला कमिटीका अधिकांश सदस्यहरुको उपस्थितिमा विभिन्न शीर्षकहरुमा छलफल गरि विभिन्न निर्णयहरु गरियो।
१. हाल सम्पन्न श्रम ऐन २०७४ लगायत न्युनतम वेतन साथै अन्य सेवा सुबिधाहरु लागु नगर्ने कम्पनीहरुलाई कार्वाही प्रक्रिया अगाडि बढाउने सम्बन्ध महासंघ नेतृत्व बाट जस्तोसुकै साथ र समर्थन रहनेछ क। गंगाराम थापा र धर्मलाल माझीबाट प्रतिबद्धता भयो।

२. २०७६/ ४ /१२ गते श्रम कार्यालयमा श्रम ऐन २०७४ लागु गराउने सम्बन्धमा लेखिएको पत्र, के कति कार्यान्वयन भएनभएको जानकारी माग गर्ने निर्णय गरियो।

३. संगठन विस्तार गर्ने क्रममा संगठनका जिम्मेवार सदस्य घनश्याम सिग्देललाई बैठकमा उपस्थित सदस्यहरुको सर्वसहमतबाट जिल्ला उपाध्यक्ष चयन गर्ने निर्णय गरियो।

४. सदस्यता नविकरण, नयाँ सदस्यता वितरण गर्ने कार्यलाई निरन्तर अगाडि बढाउने निर्णय गरियो।
अन्त्यमा बैठकमा उपस्थित भएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै श्याम कुमारगौतमले बैठक समापन गर्नु भयो।