टिकट बुकिङ गर्दा अनिवार्य युनिफर्म लगाउनुपर्ने

दिपक केसि प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

”नम्र, शिष्ट, सभ्य र स्वाभिमान सचेत मजदुर निर्माण गर्ने हाम्रो अभियान’‘ भन्ने मुल नाराको साथ अखिल नेपाल यातायात मजदुर संघ कंलकी बल्खु यरिया कमिटिको आयोजनामा महानगरीय प्रहरी वृत्त कालीमाटिको साझेदारिमा ट्राफिक दुर्घटना न्यूनीकरण तथा यात्रु मैत्री व्यवहार को साथै टिकट बुकिङ काउन्टरमा कार्यरत मजदुर तथा कर्मचारीलाई ूयुनिफर्मू पोशाक वितरण कार्यक्रम युनिक पार्टी प्यालेस कलंकी मा सम्पन्न भयो ।
नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली, नेपाल सम्बत र छट पर्बहरु नजिकिएसंगै राजधानीबाट बाहिरिने प्रमुख नाका कलंकी र बल्खु काउन्टरहरुमा तथा सवारीमा कार्यरत यातायात मजदुर तथा कर्मचारीहरुलाई संगठनका एरिया इन्चार्ज नर बहादुर रानाको अध्यक्षतामा महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीको प्रमुख अतिथी हुनुहुन्थ्यो प्रमुख अतिथी सुबेदिले राजधानी लगायत मुलुकभरिनै यातायातको महत्व र त्यस्मा कार्यरत श्रमिकहरुको काम कर्तब्य र अधिकारलाई प्रस्ट पार्दै श्रमिकहरुलाई पोशाक वितरण गर्नुभयो । पोशाकको महत्व, जिम्मेवारी र मर्यादा सम्बन्धी महत्वपूर्ण भनाई राख्दै कानुनसम्मत काम गर्दागर्दै केही समस्या आईपरे सिधै गुनासो राख्न सुझाव दिनुभयो।
साथै आगामी दिनमा सडकमा, ग्यारेजमा बसपार्कहरुमा यात्रुमाथी दुव्र्यवहार गर्ने सडकमा सभ्यता कायम नगर्ने जो कसैलाई पनि कानुनी दायरामा ल्याई छोड्ने बताउदै नेपालिहरुको चाडपर्बहरुको उपलक्ष्यमा शुभकामना दिनुभयो।
त्यसैगरि विशेष उपस्थिती महानगरिय ट्राफिक प्रहरी महाशाखामा भर्खरै जिम्मेवारी लिनुभएका वरिष्ठ प्रहरी उपरीक्षक भिम प्रसाद ढकाल ले राजधानी को ट्राफिक ब्यबस्थापन सुदृढ गर्नको निमित्त यातायात मजदुर तथा ब्यबसायिको महत्वपूर्ण भुमिका रहने बताउदै उपत्यकाको ट्राफिक ब्यबस्थापन नमुना बनाउने र ट्राफिक नियम मिच्ने जो कसैलाई नछाड्ने तर नियमन पालना गर्न र सडक सभ्यता कायम गर्न सवैको जिम्मेवारी रहेको बताउनु भयो। उपत्यकाको ट्राफिक ब्यबस्थापन गर्न सरोकारवालाहरुको सहभागितामा अन्तर्क्रीया गर्दै समस्याको पहिचान गरि समस्या समाधानमा लाग्ने बताउदै परिणाममा मुल नाराको भाव देखाउन अपिल गर्दै शुभकामना ब्यक्त गर्नुभयो।


त्यसै गरि १४ वडाको अध्यक्ष शोभा सापकोटाले स्थानिय सरकार यातायात मजदुरहरुको साथ रहेको र स्थानीय सरकारले गर्नुपर्ने सबै सहयोग मा तयार रहेको प्रतिवद्वता ब्यक्त गर्नुभयो, हेभी ईक्विप्मेन्ट महासँघका अध्यक्ष तारा बहादुर कुँवरले चक्रपथ सफाई कार्यक्रममा संगठनको सहभागिता खोज्दै सफा सडक मा साथ दिन अनुरोध गर्नुभयो। संगठनका केन्द्रिय उपाध्याय रामचन्द्र कार्कीले सामाजिक सुरक्षाकोषको बारेमा बताउदै सामाजिक सुरक्षा लागू गर्नासाथ मजदुरका तमाम समस्या समाधान हुने बताउदै मुलुक विकासमा यातायात मजदुरले खेलेको भुमिका, भोग्नु परेका समस्या, संमृद्व मुलुक सुखी नेपाली बनाउन सडक सभ्यता कायम गर्नुपर्ने बताउदै आगामी दिनमा यस्ता कार्यक्रम को निरंतरता को साथ बधाई तथा शुभकामना ब्यक्त गर्नु भयो।
महानगरिय प्रहरी वृत कालिमाटी का प्रमुख को रुपमा भर्खरै जिम्मेवारी लिनु भएका प्रहरी उपरीक्षक रुगम कुवर ले अब बल्खु कालिमाटीमा सडकमा जथाभावी यात्रुलाई दुव्र्यवहार नहुने तोकिएको भन्दा बढी भाडा लिन नपाउने र गैर कानुनी कार्य नहुने यदि भएमा कडा कार्वाही गर्ने उद्घोष गर्नुभयो ।
त्यसगरी अन्य अथितीहरु ३ नं प्रदेश अध्यक्ष तथा सँगठनका केन्द्रिय उपाध्यक्ष दिपक के। सि, उपाध्यक्ष सुन्दर के ।सि अन्य ब्यबसायी नेता संघ सस्थाका प्रतिनिधि तथा मजदुरहरुको उल्लेख्य सहभागीतामा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो।