तीज गीत प्रतियोगितामा एकता मगर समाज प्रथम

प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६

एसबी थापा हाकाहाकी.कम
१७ भदौ ०७६, तनहुँ । नवौं खुल्ला तीज गीत प्रतियोगितामा एकता मगर समाज धयेँरे प्रथम भएको छ । “बिकृतिलाई तिरस्कार गरौं, संस्कृतिको जर्गेना गरौं” भन्ने मूल नाराका साथ न्यू भिजन युथ क्लबले तीज पर्व २०७६ को अवसरमा जामुनेमा आयोजना गरेको प्रतियोगितामा मगर समाज प्रथम भएको हो ।  सोह्र टीमको सहभागिता रहेको उक्त प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालय दमौली द्वितीय, नागपँधेरी आमा समूह, चापाघाट तृतीय भएको छ भने दमौली पब्लिक स्कुलले सान्त्वना पुरस्कार हात पारेको छ । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशस् २० हजार, १३ हजार र ८ हजार रूपैयाँ नगद प्राप्त गरे भने दमौली पब्लिक स्कुलका सहभागी सरिस्मा थापा र सृष्टि श्रेष्ठले जनही २ हजार पाँच सय रूपैयाँ हात पारिन् ।  भदौ १५ र १६ गते दुई दिनसम्म चलेको तीज गीत प्रतियोगिताका विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद केदार सिग्देलले पुरस्कार रकम हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा पूर्वमन्त्री एवम् गण्डकी प्रदेश सांसद आशा कोइराला, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापा मगर, नेकपाका नेता श्री प्रसाद श्रेष्ठ, शम्भु अधिकारी, म्याग्दे गाउँपालिका प्रमुख माया राना, नेकपाका म्याग्दे गाउँपालिका अध्यक्ष डीलबहादुर नेपाली लगायत व्यक्तित्वको उपस्थिति रहेको थियोे ।

 

 

लोक तथा हाँस्य कलाकारहरूको प्रस्तुति समेत रहेको सो कार्यक्रमको अध्यक्षता न्यू भिजन युथ क्लबका अध्यक्ष संजीव रानाभाटले गरेका थिए । राजीव श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन नन्दु थापा मगरले गरेका थिए ।