द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)मन्त्रिपरिषद्बाट स्वीकृत

प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६

काठमाडौं । काठमाडौँ–तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। उक्त द्रुतमार्गको डीपीआर स्वीकृत भएसँगै अब दु्रतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो द्रुतमार्गको डीपीआर भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरी नेपाली सेनालाई प्राप्त भएको उनले स्पष्ट पारे।

कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर स्वीकृत भएको हो। यस अघि भारतीय कम्पनीले बनाएको डीपीआर अस्वीकृत भएको थियो ।