नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बन्दै

प्रकाशित मिति : सोमवार, भदौ २, २०७६

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पूर्ववत सहमति अनुसार तत्काल अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको जिम्मेवारी हस्तान्तरण नगर्ने संकेत दिएका छन्। ओलीले आइतबार संसदमा गरेको विशेष सम्बोधनका क्रममा चुनावपछि पद छोड्छु भनेका थिए । यसको मतलव ओलीले अझै प्रधानमन्त्रीको बाँकी कार्यकाल आफैले सम्हाल्ने संकेत गरेका हुन्।

सम्बोधनका क्रममा ओलीले दुनियाँमा कोही कसैको पद पनि स्थायी नरहने प्रष्ट पार्दै आगामी चुनावसम्म आफु पदमा बस्ने संकेत गरे । उनले भने दुनियामा कसैको पनि स्थायी पदमा रहँदैन्। आफुलाई पनि त्यसरी बस्न मन छैन् । यस अघि शुक्रबारको सचिलवाय बैठक अघि दुई अध्यक्षबीच जिम्मेवारी हस्तान्तरण गर्ने सहमति भएको खवरहरु बाहिर आए पनि आइतबार प्रधानमन्त्री स्वयमंले त्यसलाई खण्डन गरेका थिए ।

नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बन्दै!

प्रधानमन्त्री ओलीले तत्काल प्रधानमन्त्री पद नत्याग्ने अप्रत्यक्ष घोषणा गरे पनि पार्टीको कार्यकारी अध्यक्षमा प्रचण्डलाई ल्याउने नल्याउने विषयमा भने केही भनेनन् । यद्यपी ओलीले पार्टीको कार्यकारी अध्यक्षका प्रचण्डलाई प्रस्ताव गरिएको बुझिएको छ।

स्कुल विभागको विवाद सल्टाउने क्रममा ओली आफैले प्रचण्डलाई कार्यकारी अध्यक्षका लागि प्रस्ताव गरेको नेकपा स्रोत बताउँछ। नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली भदो ५ गते उपचारका लागि पुनः सिंगापुर जाँदैछन्। सोही आसपासमा प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार दिन सक्छन् ।

नाम नबताउने सर्तमा सचिवालय सदस्य समेत रहेका एक नेताले भने, प्रधानमन्त्री ज्यू फेरी उपचारका लागि सिंगापुर जाँदै हुनुहुन्छ। सचिवालय बैठककमा यो विषय प्रस्ताव भएको खण्डमा सिंगापुर जानु भन्दा पहिले नै नभए उपचारबाट फर्के पछि प्रचण्ड कार्यकारी अध्यक्ष हुन सक्छन् ।