माक्र्सवाद र एशियाली दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा भदौ २ गतेबाट शुरु हुँदै

प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

यही भदौ २ गतेबाट माक्र्सीय गुरुकूल लगायत २० वटा आयोजक संस्थाहरुको पहलमा नेपालमा पहिलो पटक एशियाली दर्शनको महत्व र खोजमात्र भैरहेको छैन यो दर्शन र माक्र्सवादी दर्शनको तादात्म्यका विषयमा वृहत सम्मेलन हुन गैरहेको छ ।
यो सम्मेलनमा नेपाल, भारत र चिन सहितका विद्धानहरुले दुई दर्जनभन्दा बढि विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यो सम्मेलनको उद््घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रज्ञाप्रतिष्ठानमा भव्य समारोहवीच गर्नुहुनेछ ।
उद््घाटन शत्र सम्पन्न हुने वित्तिक्कै समानन्तररुपमा गोष्ठिहरु शुरु हुने कुरा आयोजक तथा माक्र्सीय गुरुकूलका प्रमुख स्वानाम साथीले कम्युनिष्ट अनलाईनलाई बताउनु भएको छ ।
उहाँका अनुसार यो सम्मेलन नेपालका लागि पहिलो हो र यस्ले पूर्बीय दर्शन र माक्र्सीय दर्शनको विषयमा तुलनात्मक अध्ययन विश्लेषण गर्नेछ ।
उहाँ भन्नुहुन्छ पूर्वीय दर्शन पाँच हजारबर्ष पुरानो दर्शन हो । यो दर्शनले अनेकौं ढोकाहरु खोलेको छ । यसको विषद अध्ययन र विश्लेषण हुनुपर्दछ र माक्र्सवादको एैतिहासिक भौतिकवाद र द्धन्दात्मक भौतिकवादसित यसको ठूलो सम्बन्ध रहेको छ । हामीले माक्र्सीय दर्शनमा पूर्वीय दर्शनको प्रभावका बारेमा पनि विस्तृत अध्ययन गर्नुपर्छ ।

पहिलो कार्यक्रम यसप्रकार रहेको छ

प्रोफेसर अशोक मोदाले माक्सिम एण्ड पूर्वीय दर्शन बारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ, डा. ऋषिराम अधिकारीले माक्र्सवाद र संस्कृत कर्मकाण्डका बारेमा,डा.कृष्णचन्द्र शर्माले माक्र्सवाद र बेदान्त बारे, शारदा पौडेलले बुद्धवाद र माक्र्सवादी दर्शनशास्त्रबारे, मौसम शाक्यले माक्र्सवाद र बुद्ध विचारधाराको बैभासिका र सौतान्त्रिकाको तुलनात्मक अध्ययन प्रस्तुत गर्नुहुनेछ, उषा आचार्यले मनाव समाजको खुशियालीका लागि माक्र्सवाद र बुद्धबादः कम्युनिज्म र प्रत्ययवादको सम्बन्ध बारे कार्यपत्र प्रस्तुत गनुृहुनेछ ।, वाङ नानले ताओवाद र भौतिकवादबारे कार्यपत्र पत्र प्रस्तुत गर्नुहुने भएको छ । दूईवटा हलमा एकै चोटी शुरु हुने कार्यक्रममा चारशय जनाले भाग लिन पाउने छन । त्यसका लागि अग्रिम नाम दर्ता गराउनु पर्ने व्यवस्था गरेको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समिति झण्डै ३ महिना अघिदेखि कार्यक्रमको तयारीमा निरन्तर जुटिरहेको थियो ।