अ. ने. से. म.संघ मोरङ विस्तारित बैठक सम्पन्न अध्यक्षमा श्यामकुमार गौतम चयन

खगेन्द्र धिमाल प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

मिति २०७६ साउन २५ गते सनिवार अखिल नेपाल सेक्युरिटी मजदुर संघ मोरङ जिल्ला विस्तारि त बैठक अ.ने.से.मजदुर संघ प्रदेश नम्बर १ अध्यक्ष टेक नारायण श्रेष्ठको अध्यक्षतामा बस्यौं । प्रमुख अतिथि अन्टुफ मोरङ जिल्ला इन्चार्ज उपेन्द्र राय, विषेश अतिथि गंगा थापा, अतिथि धर्म माझी, अतिथि सरस्वती अोझा, अतिथि शान्ता पोख्रेल लगायत मोरङभरिका सम्पूर्ण सेक्युरिटी मजदुरहरूको उपस्थितिमा १७ कार्यसमिति चयन भयो ।

रिपोर्टिङमा सम्पूर्ण मजदुरले राज्यले मजदुरहरूको २ बर्षमा तलब बढाउछ तर १ बर्ष बितिसक्दा पनि नपाएको गुनासो थियो । श्रम ऐन र न्युनतम बेतन लागू गराउन अरु सेक्टरमा भन्दा सेक्युरिटीमा धेरै गारो भएको गुनासो छ । न्युनतम तलब त पाको छैन सामाजिक सुरक्षा कोषमा त कम्पनीहरु सुचित नभएको अबस्थामा हाम्रो के नाम सुचित होला र समाजिक सुरक्षाको अनुभुति गर्न पाउला भन्नेमा मजदुरलाई बिस्वाश लागेको छैन ।

न्युनतम बेतनको लागि त १ बर्ष भई सको पाको छैन सामाजिक सुरक्षा कोष कति बर्ष लाग्ने हो हाम्रो पालामा होला र भन्नेमा मंजदुरहरु पुगिसकेको छन् । मजदुरहरुको काम गर्ने निकाय श्रम बिभाग र श्रम कार्यलय मजदुरहरुको न भएर कम्पनी र मालिकहरुको भएको र अनुगमनको नाममा भ्रष्टाचार भई राखेको छ कम्पनीमा जाने अनुगमन भन्ने नक्कली कागजलाई सहिहो भन्ने तर मजदुरहरुले काम गरेको श्रमचै नपाई राखेको कार्यलबाट लागू गर भन्दा पनि कम्पनीहरुले लागू नगरेको स्पष्ट छ।अब सम्पूर्ण मजदुर साथीहरू एक ढिक्का भएर अान्दोलन गर्नु पर्छ । अनिमात्र हाम्रो माग पूरा हुन्छ होइन भने हामीलाई यो सामन्ती पुजिपति र दलालहरुले जहिले पनि मजदुरलाई हेर्ने धारणा परिवर्तन नभएको अझैसम्म छ।

कमिटीको नाम अध्यक्ष श्यामकुमार गौतम, उपाध्यक्ष सोमनाथ पराजुली, सचिव केवल निरौला, सहसचिव तुलसी दाहाल, कोषाध्यक्ष पासङ तामाङ. सदस्य युवराज भट्टराई, सदस्य सुर्य बराल, सदस्य दुर्गाबहादुर श्रेष्ठ, सदस्य सुर्यप्रसाद सुवेदी, सदस्य चित्रबहादुर धमला, सदस्य कामेश्रोर साहनि, सदस्य केदार सिग्देल, सदस्य पासाङ शेर्पा, सदस्य डेगप्रसाद अधिकारी, सदस्य रमेश्रोर चापागाई, सदस्य रमेश पोख्रेल, सदस्य घनश्याम सिग्देल चयन भए र सम्पूर्ण साथीहरूलाई प्रमुख अतिथि विषेश अतिथ र अतिथिहरुले बधाई तथा शुभकामना दिदै निराश नभई मजदुरको हक अधिकारको लागि सधै लागि पर्नु भन्दै हौउसला दिदै कारेक्रम अध्यक्षले अाफ्नो प्रतिबद्धता राख्दै सम्पन्न गर्नुभयो ।