बि.के. मुखियाको मुक्तक

मुक्तक

बि.के. मुखिया प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

बि.के. मुखिया

 

एक

जितनेको भुईमा खुट्टा छैन,
हारनेको सिङको ठुट्टा छैन।
जनताले मागेको पुरा गर्न,
जन्मेको कुनै भुई फुट्टा छैन।

दुई

भाई भाईमा चिरा चिरा छन्,
सबैनै याँहा छिचिमिरा छन्।
जता मल्कु उतै ढल्कु गोर्खे,
तिम्रो भाग्यमा बियाँ बियाँ छन्।

तीन

नेता सबै कानमा चिरा,
जनता पनि चिप्ले किरा।
चिन्न अति कठिन भयो,
कुन होला असली हिरा।