विश्व मजदुर आन्दोलनको संक्षिप्त इतिहास–९

नवस्वाधीन देशहरुमा ट्रेड यूनियन आन्दोलन

एदुुआर्द उत्किन,सम्पादन तथा अनुवादः जय कार्की प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

पेरुको टिया मारियाकोइला खानी उत्खनन विरुद्ध हडतालमा उत्रेका मजदुर र स्थानीय जनता

एशियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरुमा राष्ट्रिय मुक्ति आन्दोलन क्रान्तिकारीहरुको विजयले संसारको राजनीतिक मानचित्र वदलिदियो । मानवजातिको ठूलो भाग औपनिवेशिक निर्भरताबाट मुक्त भयो, पूँजीवादी व्यवस्थामाथि प्रवल राजनीतिक र विचारधारात्मक प्रहार भयो । अधिसंख्य जनताको जीवनमा सामाजिक–आर्थिक पुनरगठनहरुको कठिन र लामो प्रक्रिया शुरु भयो । अनेक राज्यहरुमा राष्ट्रिय मुक्तिको लागि संघर्ष सामन्तवादी र पूँजीवादी शोषणको सम्बन्धको विरुद्धमा संघर्षको विकास हुन थाल्यो ।
तर साम्राज्यवादी राज्य राजनीतिक षड््यन्त्रहरुबाट र प्रायः नवस्वाधीन देशहहरुको आन्तरिक मामलाहरुमा हस्तक्षेप गरेर निकै सम्म आर्थिक निर्भरताको पुरानो सम्बन्ध बनाई राख्नमा सफल रह्यो, र उनीहरुले नव उपनिवेशवादी शोषणको अत्यन्त सुक्ष्म पद्धति निर्माण गरे ।
पूँजीवादी विकासको पथमा अग्रसर रहेका देश, जसमा २ अरब भन्दा बढी मानिस रहन्छन््, यी देशहरु पूरै गरिबहरुको देश बनेको छ । नवौं दशकको आरम्भमा यी देशहरुमा प्रतिव्यक्ति आय विकसित पूँजीवादी देशहरुको तुलनामा ११ गुणा कम थियो । आठौं दशकको मध्यदेखि नै अमेरिकी निगमहरुले विकाशसील देशहरुको नवउपनिवेशवादी शोषणबाट जुन लाभ उठायो, यी देशहरुमा त्यसको पूँजी लगानी चार गुणाले वृद्धि भएको छ । ल्याटिन अमेरिका र क्यारिवियन सागर क्षेत्रमा त यो मुनाफा पूँजी लगानीकोभन्दा ८ गुणा बढी रहेको छ ।
संयुक्त राज्य अमेरिकाद्वारा नियंत्रित अन्तर्राष्ट्रिय मुद्राकोषको नवउपनिवेशवादी नीतिले नवस्वाधीन देशहरुलाई अपार क्षति पु¥याउँछ । उदाहरणको लागि बोलिभियामा अन्तर्राष्ट्रिय मुद्राकोष र स्थानीय अल्पतन्त्रले यस्तो वित्तिय र आर्थिक तानाशाही स्थापित गरेको छ । जसले राष्ट्रिय अर्थव्यवस्था र जनताको हितलाई अपार क्षति पुगिरहेको छ । तथाकथित नवउदारवादी विकासको जुन मोडल यहाँ स्वीकार गरिएको छ । उसले मेहनतकशहरुको सामाजिक अधिकारमाथि कुठाराघात गरेको छ । राजकीय प्रतिष्ठानहरुलाई टाटपल्टाई रहेको छ । या त त्यसलाई यसले निजीक्षेत्रलाई सुम्पिदै छ । प्राकृतिक संसाधनहरु ट्रान्सनेशनल निगमहरुलाई बुझाइरहेको छ । विशाल वैंकहरु र वाणिज्य संस्थाहरुको स्वामित्वले वुर्जुवावर्गलाई असीमित विशेषाधिकार प्रदान गर्दछ ।
अन्तर्राष्ट्रिय मुद्राकोष मार्फत विश्व साम्राज्यवादले विकासोन्मुख देशहरुमा श्रमिकहरुको तलव निकै कम गरायो । ताकि यी देशहरुमा उपभोग घटोस र निर्यात बढोस, जसले विदेशी ऋणमा विशाल व्याजको भुक्तान गर्न सकोस् । विकसित पूँजीवादी देशहरुमा एक घन्टाको पारिश्रमिक प्रायः एशिया, अफ्रिका र ल्याटिन अमेरिकाको देशहरुमा कार्यरत मजदूरहरुको भन्दा पूरा दिनको वेतनभन्दा कयौं गुणा धेरै हुन्छ । यी मजदूरहरुको काम र हालत यस्तो हुन्छ कि उस्ले मुस्किलले गुजारा गर्न सक्छ । अधिकतम मुनाफा प्राप्त गर्नको लागि इसारेदारीहरु विकसित देशहरुमा आफ्नो प्रतिष्ठान वन्द गर्दछन् र त्यसलाई नवस्वाधीन देशहरुमा अत्याधिक लाभ दिने स्रोतहरुको निकट लैजान्छन् ।
साम्राज्यवाद निकै हदसम्म विकासशील देशहरुलाई लुटेर, तिनीहरुलाई निर्मम शोषण गरेर वाँचिरहेका छन्् । यी शोषणको रुप र विधिहरु वदलिन्छन् तर सार भने पूर्वतनै रहन्छ । उदाहरणको लागि संयुक्त राज्य अमेरिकामा राष्ट्रिय आयको निकै ठूलो हिस्सा यी श्रोतहरुबाट नै प्राप्त हुन्छ । असमान विनिमय, असमानाधिकारपूर्ण व्यापार, वैंक दरको आधारमा हेराफेरी र मनोमानी, पारराष्ट्रिय निगमहरुको गतिविधिहरु यो सबै एकलाई निर्धन र अर्कोलाई धनाडय बनाउँछ, विश्व पूँजीवादी अर्थ व्यवस्थाको ध्रुवीकरणलाई गति प्रदान गर्दछ ।
गएको वर्षहरुमा विकासशील देशहरुको ऋण पाँच गुणाले बढेको छ, जवकि विश्व वजारमा तीनिहरुको वस्तुको माग घटिरहेको छ । नवौं दशकको मध्यमा यी देशहरुलाई आफ्नो व्यापारको आधी या यो भन्दा पनि अधिक आय पूँजीवादी देशहरुबाट प्राप्त ऋणमा व्याजको भुक्तानीको लागि खर्च गर्नु प¥यो । विकासशील देशहरुबाट ट्रान्सनेशनल निगमहरुद्वारा निकालिने सालै पिच्छे बढ््दै गरेको मुनाफा र यी देशहरुले थुपार्दै लगेको ऋणभारको परिणामले विकासशील देशको सामाजिक, आर्थिक तथा अन्य समस्याहरु अझ उग्र बन्दै गैरहेको छ ।
विकासशील देशहरुको दश खरवको ऋण तथा गत दशकमा अमेरिकाका सैनिक व्यायमा भएको दश खरब भन्दा बढीको वृद्धि बीच नीहित सम्बन्ध छ । कुरो यो हो कि सैन्यवाद नवउपनिवेशवादी अतिशोषणको पद्धतिलाई बनाई राख्नमा रुची राख्तछ । हरेक वर्ष २ खरव डलर भन्दा बढीको धनराशी विकासशील देशहरुबाट निकाल्छन् । गत वर्षहरुमा अमेरिकाको सैनिक वजेटको परिमाण पनि प्राय यही नै हो ।
पूँजीवादको अन्तरविरोधहरु उग्र हुनु तथा त्यसको प्रभुत्वको क्षेत्र सीमित हुने परिस्थितिहरुमा नवउपनिवेशवाद नै ती साधनहरुको निरन्तर महत्वपूर्ण स्रोत हो यो एकाधिकारी पूँजीको लागि सामाजिक चालवाजीले प्रमुख वुर्जुवा राज्यहरुमा सामाजिक तनाव कम गर्ने संभावना प्रदान गर्दछ ।