शरद पौडेलको कविता: कुरीकुरी !

प्रकाशित मिति : बुधबार, साउन २९, २०७६
याे त गणतन्त्र पाे त,
दलका नेताजीहरू
तिम्ले माराज भएकाे सुहाएन !
समावेशीता भन्छाै,
डाडुपन्यु हातमा लिने
तिमी मात्रैले भाग हसुरेकाे,
महिलाका भाग नि तिमी पुरूष
दलितका भाग पनि तिमी गैर दलित
मधेसका भाग पनि
तिमी पहाडीले नै क्वाप्प खाएकाे पनि सुहाएन !
लाेकतन्त्र भन्छाै
तर जनताकाे कुरै नसुनि
फगत तिमी मात्रै
हाे! वेसुरा रागमा तिमीमात्रै
प्यार प्यार बाेलेकाे झन् पटक्कै सुहाएन !
कति भनुँ शाषक ज्यू तिमीलाई
तिमीले नै फलाक्ने गरेकाे
लाेकतान्त्रिक गणतन्त्रको
समावेशीतन्त्रकाे तर्फबाट
कुरीकुरी कुरीकुरी …
कुरीकुरी कुरीकुरी ….!!!