अन्तर्राष्ट्रिय युवा दिवस : पहिचान,जवाफदेहि संस्कृतिकाे निर्माण र दृष्टिकाेण

प्रकाशित मिति : मङ्ल, साउन २८, २०७६

 सीताराम थापा

१. अन्तर्राष्टिय यूवा दिवस: 

हरेक बर्ष औपचारिक किसिमले बिश्वब्यापी रुपमा मनाइने गरेको अन्तर्राष्ट्रिय यूवा दिवस १२ अगष्टमा नेपालमा पनि मनाउनेप्रचलन छ । संयुक्त राष्ट्रसंघले सन २००० देखि  मनाउदै नेपालमा  २००४ देखि मनाइएको यसको इतिहास छ । यद्यपि, यूवाशक्तिको सवाललाई ओझेलमा पारेर  उनिहरुको व्यापक संलग्नता बिना मनाईने परम्परामा सुधार अाएता पनि क्रान्तिकारीरुपान्तरणमा प्रगतिशिल अभिबृद्वि हुन थालेकाे छ।

नेपालमा उमेरको हिसाबले  यूवा भनेर परिभाषा गरिएको १६ देखी ४० बर्ष उमेर समूहका यूवा ४०.३४ प्रतिशत रहेको तथ्याङ्क  छ। आर्थिक बिकासको सशक्त जन शक्ति मानिने यूवाशक्तिलाई सही किसिमले परिचालन नगरी नेपालको आर्थिक समृद्धिको परिकल्पना गर्न सकिदैन।  आज यूवाहरु नै आर्थिक, सामाजिक लगायत स्वास्थ्य, शिक्षा, रोजगारी, मनोबैज्ञानिक हरेक किसिमलेसमस्या भोगि–ब्यहोरीरहेका छन् । यीनै समस्याले गर्दा यूवा शक्ति श्रमकाे खातिर प्रवाश जानेक्रममा कमि अाएकाे छैन। प्रवाशिएका परिवार – पारिवारिक बिघटनको चपेटामा परेर  सानादेखि ठूलासम्मका शहर पस्ने संस्कृतिकै रुपमा निर्माण हुने चुनाैतिखडा भएकाे छ। यस अवस्थालाई सम्बाेधन गर्दै गएमा मात्र:   ‘स्थानिय गाउँमा  सिंहदरबार’ काे परिकल्पना साकार पार्न सकिन्छ।

यस अर्थमा  यूवा संस्कृतिकाे पहिचान गरि जवाफदेहि संस्कृतिकाे निर्माण गर्न यश अालेखले मार्ग प्रशस्त गर्न सहयाेग गराेस भन्नेसबै नागरिककाे चाहना छ। यसकै परिधिकाे सेरोफेरोमा आधारित रहेर यो आलेख तयार गरिएकाे छ।

२. यूवा पहिचानको खोजी : 

उमेरले मात्र यूवा हुने होईन, यूवा त जोश, जागर, सृजना श्रम- क्षमताले हुने हो। यूवा हुन आफुसोचमा युवा, भौतिक र आध्यात्मिक जगतमा यूवा, सामाजिक तथा मनोबैज्ञानिक रुपमा यूवा हुन सक्नु पर्दछ ।  यूवा समय सापेक्षपरिस्थिति अनुकुल अपटुडेट हुने कला र कदममा यूवा, देस र समाजको योगदानमा यूवा, बदलिदो तातो र उन्नत सूचना प्रवाह रप्रबिधिको खोजि गरी ग्रहण गर्ने यूवा हुन सक्दछ ।

 सोच, चिन्तन, आचरण र संस्कृतिमा अब्बल हुँदै जाने शक्ति युवा हो । “धनको गरीबीले मान्छे गरीब बन्दछ, सोचको गरीबीलेमान्छे गरीब बन्दैन“  भने जस्तै यूवापन उमेर ढलेर यूवा नहुने होईन, उमेरले तन्नेरी नै भएर मात्र पनि यूवा हुने  नैहोईन। कम उमेरवा बैँस भरिएका राता र तातो मानिस जब अल्छि बन्दछ, श्रममा बिश्वास राख्दैन, अर्थ उपार्जन संलग्न नहुने यूवा अुदैन। दिउसै“लाटोकोसेरो“  झै सुत्छ र धनी देस सुखि परिवारकाे कल्पना गर्ने फसषत सपना देख्ने यूवा हुनै सक्दैन।

जव मानिस चिन्तित हुँदै रोगी बन्दछ, तब ती  सबै बैसलु मनहरु यूवा हुनै सक्दैन । जब यौवानावस्थामा आधुनिक प्रबिधिको खोजीभन्दा कोठामा सुतेर बाह्य आयातित प्रबिधि मोवाईल ब्वाई (फेसबुक  ट्विटर, युटिव,आदि) बन्दछ, तब ती बैशहरु यूवा हुनै सक्दैन ।यति मात्र नभएर क्याम्पस जाने नाउमा शहर पसेर “टाइम पास” गर्छ,  सूर्तिजन्य पदार्थ  हुँदै लागू औषधको कुलतमा फस्छ, बिपरित लिङ्गप्रति आकर्षित हुँदै अन्ततः यौनकर्मी र याैन रोगि बन्दछ, तब यूवा हुन सक्तैन।    “बिदेशी  एड’’ जस्तै एड्स रोगिबन्दछ तब ती बैशलु यौवनहरु सुन्दर- सुन्दरी प्रतियाेगिहरु युवा हैन,  जिउदा लासमा परिणत हुन पुग्दछन। यसले बान्की परेकोजवानीहरु, मलेवाका जस्तै जाडिहरु यूवा अबस्थामै, झ्याम्टी पर्दछन् । यसैले यूवा हुनका लागि चाहिने शारिरीक स्वस्थ, चिन्तन गर्नसक्ने स्मरण, ज्ञानको क्षमता सृजनशिलता, साहित्य र सूचनादाता, भाग्यबिधाता सबै बहिस्कृत हुन्छन।   यूवाका बहिस्कृत हात रअन्याय  बिरुद्व  नबोल्ने ती बोली रातारंगिन अाेठहरुलाई चिसा मुढा भनिदिए केही फरक पर्दैन।  यूवा अबस्थामै कति ढलेका छनती दरिला हातहरु चिसो मुढासरी कति गलेका छन । यसर्थ यूवा पहिचानकाे खाेजि अाजकन यूवा शक्तिकालागि स्कुलिङ अपरिहार्यछ।

३. बैशमै टाक्सिएका यूवा संस्कृतिः   

 भन्छन् – पचास, साट्ठी काटियो बुढो भइयो, दिन गए, भन्दै सुति खेति गरिरहेछन् ।  “उमेर त बन्धन हुन्न जिन्दगानीमा“ भनिएजस्तो बिश्व बुझेका प्रौढ उमेरहरु कन्सल्टेन्ट, राजदुत,  आयुक्त, नीति निर्माता, अभिनेता,भएर कर्म र सृजनशिल यत्न गरिरहेकाछन। कति प्रौढ लेखन, गायन, सृजनाको खोजी गरिरहेका छन्। कति प्राैढ जुलुशमै भेटिन्छन् । यति मात्र  नभएर ठूलादेखि साना दल–बामपन्थी देखि  क्रान्तिकारी, यश अालाेकमा ६० देखि ८० पुग्दा समेत  सृजनशिल श्रममा जाेतिन्छन। भलै यसमा पदियलाेभलालच र धनकाे अाडमबरअं अहं सस्कृति अर्काे पक्ष्य हाे । यतिका कुरा भाैतीक रुपमा देखिरहदा यूवा किन भनी रहेछौ –“ढल्योउमेर चारा खोज्दै जिन्दगानीम’’। यसैले पनि यूवा महान सन्त बुद्वले भने जस्तै  “अप्प दीपो भव’’  हुन सक्नु पर्छ । अर्थात् आफैजलेर अरुलाई प्रकाश दिन सक्ने मात्र वास्तबमा ‘यूवा’ हुन सक्तछ । हैन भने प्राैढ यूवाहरु बैंसमै टाक्सियर कुरुप हुन बाट जाेगिन रजाेगाउनु पर्दछ।

    ४. बिश्लेषण र दृष्टिकोणः 

  नेपाली यूवापनको मनोदशाको चिन्तन प्रणाली र सँंस्कृतिहरु नभत्किएसम्म – अन्तराष्ट्रिय यूवा दिवसको कामना गरेर पुग्हुदैन अुन त सनमाजिक संवालले सुचना प्रवाह गरि कामना गर्ने र स्वदेस वा बिदेसमा केही कर्म गर्ने सम्म निर्माण गरेकाे बिकासक्रमलाईस्विकाराेक्ति गरेनु पर्दछ।  यूवा दिवसमा  स्वदेशदेखि बिदेससम्म बर्षेनी सभा सम्मेलन र दिवस मनाएर मुनै फेरकदल अाउदैन।अथाहा- श्रम र श्रमिक लाई माया नगर्ने, मायाको सँस्कृृृतिलाई निमिट्यान्न पार्ने,बरु कथित छाडा अश्लिल पूँजीबादी बिकृत संस्कृतीबढवा दिने चिन्तन प्रणाली राेकनु पर्दछ।