नेपाली युवाहरुको थ्राईभिङ सोच सिडनीमा सेप्टेम्बर १३ बाट भव्यतापूर्वक सुरुहुँदै

प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

“मैले सक्छु भने, हामी सबैले सक्छौं ।”

सिड्नी । नेपाली युवाहरुको उत्साहित समूह नयाँ सोच र कार्यक्रमकासाथ अष्ट्रेलियाको समुदायमा उदाएको छ । मैले सक्छु भने हामी सबैले सक्छौं भन्ने मूल मन्त्रकासाथ सुरु गरिएको सकारात्मक सोचको यो अभियानलाई थ्राइभिङ सोच नाम दिइएको छ । सिड्नी निवासी ६ जना नेपाली युवाहरु: निरज शर्मा, समिर भट्ट, सुब्रत पन्थ, सुमित देवकोटा, रुबन बज्राचार्य, र अभिनेष खरेलद्धारा सञ्चालित यस समूहको पहिलो कार्यक्रम आगामी सेप्ट्म्बर १३ मा हुनेभएकोछ ।

EXPLORE THE POSSIBILITIES नाम दिइएको उक्त कार्यक्रममा बिभिन्न बक्ताहरुले सकारात्मक सोच र उत्प्रेरणाका बिषयमा प्रस्तुती दिने आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि नेपालबाट टुटलका प्रमुख शिक्षित भट्ट, खाली सिसी डटकमकी संचालिका आयुषी केसी र मोटिभेसनल स्पिकर सौनक भट्ट उपस्थिति रहनेछ । त्यस्तै, अष्ट्रेलियाका नेपाली समुदायका तर्फबाट ब्यवसायी किरण थापा, चलचित्र निर्माता सविन ज्ञवाली र कलाकार नट्टु शाहले पनि आफ्नो अनुभव र अनुभूति प्रस्तुत गर्नुहुने अभियानका समिर भट्टले सार्वजानिक गरेकाछन । अन्य थप बक्ताहरु पनि केही दिनमै तय हुने पनि उनले बताएका छन ।

सिड्नीको वेस्ली सम्मेलन केन्द्रमा १३ सेप्टेम्बर दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा यहाँका विद्यार्थी, उद्यमी, ब्यवसायी तथा केही गर्ने सोच र अभिलाषा बोकेका ब्यक्तिहरुका लागि उपलब्धिमूलक हुने आयोजकको विश्वास छ । आयोजकका अनुसार कार्यक्रमका सहभागीहरुका लागि १५ सय डलरसम्मका बिभिन्न अफरहरुको समेत ब्यवस्था गरिएको छ ।

कार्यक्रममा सहभागी हुन र भब्यरुपमा सफल बनाउँन आयोजकले सबैमा आवाहान गरेका छन ।

-लाहुरे टिभीबाट