विश्व मजदुर आन्दोलनको संक्षिप्त इतिहास–८

लेखक: एदुुआर्द उत्किन, अनुवाद: जय कार्की प्रकाशित मिति : शुक्र, साउन २४, २०७६

मजदूरवर्गद्धारा पूँजीवादी प्रहारको प्रतिरोध 
समसामयिक पूँजीवादको विकासको परिणामस्वरुप वर्गीय अन्तरविरोध निकै तेज हुँदै गएको छ । मजदूरले आफूलाई जे जस्ता अवस्थामा पाईरहेका छन उनीहरुको त्यही अवस्थाले नै उनीहरुलाई आफ्नो अधिकारको लागि सक्रिय संघर्षको प्रेरणा दिइरहेको छ ।
संयुक्त राज्य अमेरिका, पश्चिम यूरोप तथा अन्य विकसित पूँजीवादी देशहरुमा मजदूरहरु पूँजीको दवावको प्रवल विरोध र आफ्नो अधिकारको लागि संघर्ष गर्ने प्रयाश गरिरहेका छन । उदाहरणको लागि जर्मन संघीय गणराज्यमा श्रम कानूनको अनुच्छेद ११६ लाई संशोधन गरेर मजदूरहरुलाई हडताल गर्ने अधिकारबाट वंचित गर्ने सरकारको मनसायमाथि मजदूरहरुमा निकै आक्रोश फैलियो । यो अनुच्छेदले हडतालको अवधिमा उद्योगपतिहरुले मजदूर र संघीय प्रशासनको आपसी सम्बन्धको विषयमा रेखदेख गर्दछन । कानून अनुसार कुनै प्रतिष्ठानमा हडतालको कारण जब त्योसँग सम्बन्धित अरु प्रतिष्ठानहरुमा काम अस्थायी रुपमा रोकियो भने त्यहाँको मजदूरहरुलाई आर्थिक सहयोग उपलब्ध गराईन्छ ।
अनुच्छेद ११६ मा प्रस्तावित संशोधन अनुसार श्रमिकलाई नदिनु भनिएको छ । तर केही न केही ठूलो हडताल भएमा अनिवार्यरुपले अन्य प्रतिष्ठानहरुमा उत्पादन रोकिन्छ र यस्ता प्रतिष्ठानहरुको संख्या हडतालमा उत्रेको प्रतिष्ठानभन्दा निकै बढी हुनसक्छ । अनुच्छेद ११६ माथिको संशोधन पारित भएको खण्डमा त्यसका मजदूरहरु हातमुख जोर्नको लागि आवश्यक पर्ने सामानबाट वंचित हुन सक्छन । यतिमात्र हैन, नयाँ विधेयकमा यो प्रावधान पनि छ कि जुन शाखाको मजदुर हडतालमा जान्छन उसैको ट्रेड यूनियनको खाताबाट नै उद्योगपतिहरुलाई हुन पुगेको नोक्सानीको पूर्ति गरिनेछ । संशोधित अनुच्छेद ११६ ले उद्योगपतिहरुलाई तालावन्दी गर्ने र मजदूरहरुलाई आर्थिक दवाव दिने अनेकौं संभावनाहरु प्रदान गर्दछ ।
अनुच्छेद ११६ मा संशोधनको प्रस्तावको जर्मन ट्रेड यूनियन संघ तथा त्यसको शाखा संगठनहरुले धुनधान विरोध गरे । “हडतालको अधिकार खोस्न दिन्नौं”, “हडताल विरोधी कानून चाहिँदैन”, “यो हतकडी लाउँदैनौं” । यी नाराको साथ ट्रेड यूनियनहरुको आह्वानमा देशभरी ठूला–ठूला प्रदर्शनहरु भए । मोटर कम्पनी ‘भक्सवागन’को ४० हजारभन्दा बढी मजदूरहरुले पश्चिम जर्मनीको धातुमजदूरहरुको ट्रेड यूनियनको विरोधको अपिलमा हस्ताक्षर गरे । रुहर, वाडेनवुर्टेमवर्ग, लोअर सैक्सोनी, बाभारिया तथा अरु ठूला औद्योगिक केन्द्रहरु र नगरहरुमा चेतावनी हडतालहरु भए । यसमा लाखौं मानिसले भाग लिए । सन १९८६ को बसन्तमा मेहनतकशहरुको देशव्यापी प्रदर्शन भयो । हडतालमा आफ्नो अधिकारको लागि संघर्षमा ट्रेड यूनियनहरुलाई जनवादी शक्तिहरुको व्यापक समर्थन प्राप्त भयो । मत सर्वेक्षण अनुसार देशको दुई तिहाई आवादीले श्रमकानूनमा मजदूर विरोधी संशोधनलाई अस्वीकार ग¥यो ।
वेरोजगारीको विरुद्ध तथा जीवनको सामाजिक, आर्थिक अवस्था सुधार्नको लागि मजदूरहरुको प्रदर्शन निकै व्यापक हुँदै गयो । सेप्टेम्वर १९८५ मा वेलायती ट्रेड यूनियन कंग्रेसले आफ्नो वार्षिक अधिवेशनमा ‘परिवर्तनको घोषणापत्र’ नामक कार्यक्रम स्वीकार ग¥यो, जसमा रोजगारीको अवसर बढाउने र मजदूरको लागि सामाजिक सेवाको विकास गर्नुपर्ने माग राख्यो । व्रिटिश ट्रेड यूनियनहरुको माग रह्यो कार्यहप्ताको अवधी कम गरियोस, वेरोजगारहरुको लागि पुनरप्रशिक्षणको राज्यले व्यवस्था गरोस र जागिरबाट बर्खास्त गर्न नपाउने सुनिश्चित गरियोस ।
संयुक्त राज्य अमेरिकामा केही ठूला हडतालहरु सफल रहे । उदाहरणको लागि सन १९८४ मा जनरल मोटर्स कम्पनीमा एकलाख मजदूरहरुको पाँच दिनको हडतालपछि कम्पनीले ओभरटाइम घटाईदियो र मजदूरहरुको पुनरप्रशिक्षणको व्यवस्था ग¥यो । हडताल र आन्दोलन अधिकाधिक लामो हुँदै गयो । एरिजोना राज्यको फेलिस डौज कम्पनीको धातुमजदूरको हडताल तीन वर्षभन्दा बढी चल्यो ।
फेरि पनि पश्चिमका विकसित देशहरुमा ट्रेड यूनियन आन्दोलनले गंभीर समस्याहरुको सामना गर्नु परिरहेको थियो । मजदूरको व्यवसायिक प्रशिक्षण र श्रमको स्वरुप परिवर्तन हुँदै थियो । शाखाहरुको बीच श्रम शक्तिको पुनःवितरण भैरहेको थियो । अनेकौं शाखाहरुमा आधा भन्दा बढी कार्यरत मजदूरहरु सर्विसिङ, व्यापार तथा राज्यको कार्यालयहरुमा पर्दछन । २० भन्दा कम मजदूरहरु भएको प्रतिष्ठानमा काम गर्ने श्रमिकहरुको संख्या निकै बढन थाल्यो, पूँजीपतिहरुले यी परिवर्तनहरुलाई आफ्नो हित अनुकूल प्रयोग गर्ने प्रयत्न गरिरहेका थिए । उदाहरणको लागि इटालीमा उद्योगपतिहरुले न त पहिले गरेको संझौतालाई रद्द मात्रै गरे, ट्रेड यूनियनको गतिविधिलाई नै समाप्त पार्न षडयन्त्र पनि गरे । यसको नतिजा यो हो कि कारखानामा गत कैयौं वर्षदेखि सामूहिक सहमति हुन सकेन ।
इटालीको सबभन्दा ठूलो ट्रेड यूनियन केन्द्र अखिल इटाली श्रमिक संघले ३५ घन्टाको कार्यदिन हप्तामा लागू गराउन, स्वास्थ्य सुरक्षा सेवा तथा शिशुहरुको विद्यालय जानु अघिको शिक्षण संस्थाहरुको प्रणालीमा सुधार ल्याउन र कर प्रणालीमा परिवर्तन गराउनको लागि संघर्षको घोषणा ग¥यो ।
यो संघले देशको ती अन्य ट्रेड यूनियन केन्द्रहरुसँग सम्बन्ध गर्र्र्दै जुन प्रायः यससित भिन्न दृष्टिकोण राख्दछन, अलग–अलग अन्तर्राष्ट्रिय ट्रेड यूनियन संघहरुमा सामेल भएका छन । यस्तो सम्पर्क स्थापनामा प्रगतिशील ट्रेड यूनियनहरुले ठोस समस्याहरुलाई ध्यानमा राख्दछन, जस्तै कि पर्यावरण, सुरक्षा, वैज्ञानिक तकनिकी उपलब्धीहरुको पर्यावरणमा पर्ने प्रभाव, शान्तिको लागि संघर्ष, अचेल शस्त्रास्त्रहरुको प्रतिस्पर्धामा गरेको खर्च र संसाधनहरुलाई मानवजातिको लागि खर्चिनु पर्छ भनेर ।
पूँजीपतिहरुको नीतिको विरुद्ध मजदूरवर्गको बढीरहेको संघषले शस्त्रास्त्रहरुको होडवाजी विरुद्ध को संघर्षको रुप लिंदैछ । अमेरिका, जापान र पश्चिमी यूरोपको देशहरुको अधिकाधिक ट्रेड यूनियनहरु रोजगार बढाउने मागलाई हतियारहरुको होडको विरुद्धको संघर्षमा जोडिरहेका छन । कुरा यो हो कि अर्थव्यवस्थाको शान्तिपूर्ण शाखाहरुमा गरेका पूँजी निवेशलेभन्दा सैन्य उत्पादनको अपेक्षा निकै बढी कार्यस्थलको माग गर्दछ । सुधारवादी ट्रेड यूनियनहरुले समेत यही धार अपनाईरहेका छन । सुुधारवादी ए.एफ.एल.–सी.आई.ओ. समेतले जसले वर्षौंदेखी सैनिक खर्चमा वृद्धिको समर्थन गर्दै आएका थिए । यो घोषणा गरे कि यदि यसले सामाजिक कार्यक्रमहरुमा कटौती हुन्छ भने उनीहरु यस्तो कदमको समर्थन गर्ने छैनन ।

मजदुर भनेको जुझारु वर्ग :

पश्चिमी प्रेसमा अक्सर यो विचार व्यक्त गरिन्छ कि आधुनिक मजदूरवर्गले आफ्नो सक्रियता, लक्ष्यवद्धता र जुझारुपनलाई गुमाई सके । यस कुराको हवाला दिन्छन कि १९८३–१९८५ मा यो भन्दा पहिलेको ३ वर्षको तुलनामा हडतालको संख्या १५–१७ प्रतिशत तथा हडतालकर्ताको संख्या एकतिहाइले कम भैसकेको छ । प्रमुख साम्राज्यवादी देशहरु अमेरिका, जापान, फ्रान्समा ट्रेड यूनियनहरुको सदस्य संख्या निकै मात्रामा घटदै गएको छ ।
वास्तवमा आधुनिक संसारमा मजदूरवर्गको केही पार्टीहरुको जुझारुपन केही घटेको छ । किनकी मजदूरहरुको ट्रेड यूनियन आन्दोलन परिवर्तनशील परिस्थितिहरुको अनुसार आफूलाई सधैं द्रुतमान गतिमा परिवर्तन गर्न सक्दैनन । पूँजीपतिहरु प्रायः विश्व पूँजीवादी व्यवस्थाको परिवर्तनमा, मजदूरवर्गको संख्यामा आएको परिवर्तनमा अधिक गतिले प्रतिक्रिया गर्दछन ।
उत्पादनको गुणात्मक तकनिकी पुनरगठनको कारण जोडदारले श्रमको शोषण मजदूरहरुको शारीरिक बलबाट हटेर उसको वौद्धिक क्षमतामा आइपुग्यो । शोषणको क्रियातन्त्र अधिक प्रच्छन्न र जटिल हुन गयो । वैज्ञानिक तकनीकि प्रगतिको समसामयिक चरणद्वारा निर्धारित परिवर्तनहरुको साथ साथै वैज्ञानिक क्षेत्रमा पूँजीवादले मजदूरर्वमा व्यापक र आग्रहपूर्ण आक्रमण गरिरहेको छ । कम्युनिष्ट विरोधी र सोभियत विरोध फैलाउने दुवै पूँजीपतिहरु मेहनतकशको क्रान्तिकारी आकांक्षाहरुलाई विफल बनाउन, समाजवादमाथि हिलो छेप्न, त्यसको उपलब्धीहरुलाई घटाएर देखाउने कोशिस गर्दछन । सूचना साधनहरु–प्रेस, रेडियो, टि.भी.मा अधिकार तथा प्रभुत्व जमाएर वुर्जुवावर्ग समाजवादलाई वदनाम गर्न लागेका छन ।
पूँजीपतिहरु मजदूर आन्दोलनलाई सुधारवादको बाटोमा लैजाने कोशिस पनि गर्दछन । कुरा यो हो कि अहिले सबै मजदूरहरुमा स्थिर वर्गीय चेतना निरुपित भएको छैन । त्यसमध्ये कतिपय स्वयम निजी मालिक बन्ने, आफ्नो कारोवार संचालनको विरुद्धमा छैनन । अर्थव्यवस्थामा संकटको परिघटनाहरु तिव्र हुनु, वुर्जुवावर्गद्वारा मजदूर जनसाधारणमाथि वैचारिक प्रभावको सुक्षतम रुपहरुको उपयोग उत्पादनमा तकनीकि परिवर्तनहरुको कारण श्रमको स्वरुपमा आएको परिवर्तन, यी सब जटिल र विविध परिघटनाहरु मजदूरवर्गको अनेक प्रतिनिधिहरुको लागि संघर्षमा सही दिशा बुझ्नमा वाधक हुन्छ । त्यसको एक अंशमा वर्गीय उद्देश्यको उत्साह घटतो छ ।
यी सबैको वावजुद समसामयिक युगको प्रमुख क्रान्तिकारी वर्ग मजदूरवर्ग नै हो । जसको संख्या अब ६६ करोड रहेको छ । यो संसारको आर्थिक दृष्टिले सक्रिय आवादीको जुन निरन्तर वृद्धि भैरहेको छ यो एक तिहाइ हिस्सा हो । २० औं शताव्दीको मध्येदेखि नवौं दशकको आरंभसम्ममा विकसित पूँजीवादी देशहरुमा मजदूरवर्गको संख्या १३.७ करोडबाट २४.१ करोडसम्म, एशिया, अफ्रिका र ल्याटिन अमेरिकाको देशहरुमा ७.९ करोड देखि २१.७ करोडसम्म तथा समाजवादी देशहरुमा ६.६ करोड देखि २०.२ करोडसम्म वृद्धि हुँदैछ ।
कैयौं वुर्जुवा विचारकहरुको भनाइ छ मजदूरवर्गको गुणात्मक स्तर खस्कदै गएको छ, आजको मजदूर सय तथा पचास वर्ष पहिलेको मजदूरहरु जस्ता होइनन । वास्तवमा मजदूरवर्गको संरचनामा परिवर्तन आएको छ । जस्तै कि भन्न थालिएको छ, परम्परागत शाखाहरुमा त्यसको संख्या घटेको छ । तर इलेट्रोनिक, विमानहरु, अन्तरिक्ष, रासायनिक र जैव उद्योगहरुमा श्रमिक सेना बढीरहेका छन ।
उत्पादनको आधुनिक परिस्थितिहरुले मजदूरवर्गको स्वरुपमा परिवर्तन भएको छ । उनीहरुको प्रशिक्षण उद्देश्य, शिक्षा र संस्कृतिको स्तर भौतिक र आत्मिक आवश्यकताहरुमा उत्थान भएको छ । जवकी आधुनिक मजदूर र आधुनिक पूँजीपतिहरुको बीच सम्बन्ध सारमा पहिले जस्तो नै रहेको छ ः उत्पादन साधनहरुको स्थायी श्रम शक्तिको क्रय र शोषण गरिरहेको छ ।
यहाँ यो पनि भन्नु आवश्यक छ कि मजदूरहरुमा मात्र उद्योग या अन्य शाखाहरुमा शारीरिक श्रम गर्नेहरु मात्रै पर्दैनन । ईन्जिनियर सर्वहारा तथा व्यापारिक प्रतिष्ठानहरु र कार्यालयहरुमा काम गर्नेहरु, जनसेवाहरुमा कार्यरत मानिसहरु तथा कथित सेता कलर र नीला कलरहरु पनि यसमा आउँछन । जुन आफ्नो सामाजिक प्रकृतिमा ज्यालामा काम गर्ने श्रम शक्ति हो । अर्थात औद्योगिक मजदूरहरु जस्तै सर्वहारा हुन ।
विश्व आर्थिक जीवनको अन्तर्राष्ट्रियकरणको प्रकृयाहरुद्वारा मजदूरवर्गको जसको अन्तर्राष्ट्रिय पूँजीवादी एकाधिकारवादीहरु जोडदारले शोषण गरिरहेका छन । कार्वाहीहरुले पनि अन्तर्राष्ट्रिय रुप लिइरहेको छ । उदाहरणको लागि १९८६ मा जब ट्रान्सनेशनल निगम “मिशलें” को एउटा कारखानालाई बन्द गर्ने फैसला ग¥यो । जसको कारण ११०० मजदूरहरु र कर्मचारीहरुको जागिर गयो भने बेल्जीयमको वामपंथी पार्टीहरु र प्रमुख ट्रेड यूयनियन संघहरुले यी श्रमिकहरुको समर्थन गरे । रसायन, ऊर्जा उद्योग तथा अप्रशिक्षित मजदूरहरुको अन्तर्राष्ट्रिय संघले घोषणा ग¥यो बेल्जीयमको मजदूरहरुसित एकजुटता प्रदर्शन गर्दै ती सबै देशहरुमा जहाँ यो ट्रान्सनेशनल निगमको कारखानाहरु छन, मजदूरहरुले त्यहाँ जुलुश प्रदर्शन गरेका थिए ।

श्रम शक्तिको देशान्तरण पनि मजदूरवर्गको कार्वाहीहरुको अन्तर्राष्ट्रियकरणमा सहायक हुनपुगेको छ । श्रम वजारको अन्तर्राष्ट्रियकरणले पनि आफ्नो अधिकारका लागि सर्वहाराको संघर्षको नयाँ संभावनाहरु प्रस्तुत गरेको छ । मजदूरवर्गको अन्तर्राष्ट्रिय एकताको लागि अझ व्यापक आधार बन्दै गएको हुन्छ
मजदूरवर्गको ऐतिहासिक मिशनमा केही नयाँ पक्षहरु पनि सामुन्ने आएको छ । मजदूरवर्ग मानव इतिहासमा एकमात्र यस्तो वर्ग हो जुन आफ्नो सत्ता स्थापित गर्ने कोशिस यसकारण गर्दैन कि कुनै सामाजिक समस्तरहरुको मूल्यमा आफ्नो विशेषाधिकार पाउन सकियोस । उसले सबै मेहनतकशको व्यापकतम जनसाधारणको हितको रक्षा गर्दछ । उसको लक्ष्य हो सबै श्रमिकहरुलाई वर्गीय उत्पीडन र सामाजिक अधिकारहीनताबाट अधिकार दिलाउनु । सामाजिक–राजनीतिक समानता, सच्चा सामाजिक न्याय, प्रत्येक जाति, राष्ट्र र व्यक्तिको स्वतन्त्र एवम चौतर्फी प्रगति शुनिश्चित गर्नु ।
समसामयिक परिस्थितिहरुमा मजदूर वर्गलाई नै पृथ्वीमा जीवनको सभ्यताको रक्षा गर्नु छ । आधुनिक संसार सैनिक टकरावलाई सहने स्थितिमा छैन । परमाणु युद्धमा कोही विजय हुनसक्दैन । सबै श्रमिक र तिनीहरुका असंख्य व्यावसायीक संगठन शान्ति र स्थिरताको लागि संघर्ष गरिरहेका छन । मेहनतकशको जीवन स्तर उत्थानको लागि संघर्ष विभिन्न राजनीतिक व्यवस्थाभएको देशहरुको बीच शान्तिपूर्ण सहअस्तित्वको लागि तथा सबै प्रश्नहरुको शान्तिपूर्ण समाधानको लागि संघर्षको साथ अभिन्न रुपबाट जोडिएको छ ।

जनसाधारणमा माक्र्सवादी–लेनिनवादी विचारधारालाई पु¥याउनमा कम्युनिष्ट तथा मजदूर पार्टीहरुको भूमिका विशाल रह्यो । सोभियत कम्युनिष्ट पार्टीको कार्यक्रममा भनिएको थियो–क्रान्तिकारी पार्टीहरुको शक्ति यस कुरामा नीहित छ कि उनीहरु मेहनतकश जनताको अधिकारहरु र जीवनको आकांक्षाहरुको दृढतापूर्वक रक्षा गर्दछन । वुर्जुवा समाजको संकटमय अवस्थाबाट निस्कने बाटोको संकेत गर्दछ । शोषणमा आधारित व्यवस्थाको विकल्प प्रस्तुत गर्दछ । आधुनिक युगको आधारभूत प्रश्नहरुको सामाजिक आशावादसित ओतप्रोत उत्तर दिन्छ । यो आफ्नो देशहरुको राष्ट्रिय हितहरुको साँचो अभिव्यक्ता र सर्वाधिक रक्षक हो । अन्तर्राष्ट्रिय मजदूर वर्गको वृद्धि, त्यसको नयाँ सामाजिक संभावनाहरु, कम्युनिष्ट आन्दोलनमा भएको प्रगतिको महत्वपूर्ण कारक हो । किनकी यस आन्दोलनको स्रोत मजदूरवर्ग र त्यसको संघर्षमा नीहित छ । सर्वहारा सधैं एक जुझारु वर्ग रह्यो, यसले मनुष्यद्वारा मनुष्यको शोषणमाथि सामाजिक अन्यायमाथि प्रहार गर्दछ ।