धादिङ बस दुर्घटना : बसमा ४५ जना, ३ को मृत्यु, १६ को उद्धार

प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६

धादिङ । सर्लाहीको मलंगवाबाट काठमाडौं जादैं गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाट स्थित त्रिशुली नदीमा खस्दा ३ जनाको मत्यु भएको छ। १६ जनाको जीवितै उद्धार गरिएको छ।

४५ जना सवार ना. ६ ख ७४६९ नम्बरको सृष्टि डिलक्स शुक्रबार बिहान ३ :३० बजेको नदीमा खसेको प्रहरीले जनाएको छ। बसमा मलंगवाबाट ४० र हरिपुरबाट २ जना यात्रु चढेको र बसका ३ कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बसमा यात्रुका अलवा चालक जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल सहचालक प्रमोद चौधरी र कन्टेक्टर ऋषी उप्रेती सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेमा राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र सौरभ रौनियार रहेको धादिङ प्रहरीले जानकारी दिएको छ। तीनै जना सर्लाही ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ का हुन्।

प्रहरीका अनुसार उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन्। त्यसै गरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन्।

घाइतेहरुको धादिङको गजुरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं पठाइएको धादिङका प्रहरीले जनाएको छ। बस त्रिशुली नदीमा आधा डुबेको अवस्थामा रहेको र अन्य यात्रुहरुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख राजकुमार बैदवारले जानकारी दिए।

अँध्यारोमा बस खसेको र नदीमा बाढी आएको कारण केही यात्रुहरु बगाएको हुन सक्ने आशंकामा नदी तटहरुमा प्रहरी परिचालन गरिएको छ। घटनास्थलमा विपत व्यवस्थापन तालिम केन्द्र कुरिन्टारका गोताखोर सहितको शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसमा सवार यात्रु

बिष्णु गाउँपालिकाका खुश रंजन (९८६००८००६१)

शिवनगरका मोहम्म मतलुङ (९८२३२८५७५३)

अगर्वाका नविन कुमार महतो (९८१७६०५९९३)

लक्ष्मीपुरका मनिष रायसहित २ जना (९८०७६३३२४१)

बेल्हीका राकेश राउत (९८०७६४०३३५)

भारतका मज्जफरपुरका आशिष कुमारसहित २ जना(९८०८२०४२८०)

गम्हरियाका दिनेश ठाकुर(९८१८६५८७५०)
भारत पर्सा मोडका धीरेन्द्र शर्मा(९८६९६९२७५७)

औरहीका रबि कुमारसहित ३ जना(९८६४५८७६१८)

भारतका अररियाका दिलिप दाससहित ३ जना (९८१८३०८२५०)

मलंगवाका भुपेन्द्र कुमार (९८५४०३५५०५),
त्रिभुवनगरका राजनारायण गुप्तासहित ४ जना (९८४४०३३२९२)
मलंगवाका संजिव चौधरी (९८१७६३२५१४)
मलंगवाका अरिबन्द सिंह (वकिल) (९८५१०४४८२१)

मलंगवाका अनिष राय (९८१४८३७०६६)

भारतका लरकवा रामबाबु यादवसहित ३ जना (९८४१६०१०५१)

भारतका कुवारीका अजय ठाकुरसहित २ जना (९८४९८०६७८५)

मलंगवाका रोहित मण्डल (९८१६२८४५९८)

मलंगवाका शमिम (९८१२१५७७७८)

मलंगवाका सुशिल श्रीवास्तव र अनिल (९८१५७२७७९९)

गणेशियाका भाग्य नारायण महतोसहित ३ जना (९८००८९७९८०)

हरिपुरका योगेन्द्र चौधरी (९८४५७०९२१९) र अमित लामा (९८६२५७८६५१)