नेपाली साहित्यका अनुपम प्रतिभा पारिजात -निनु चापागाईं

अन्तर्वार्ता

प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६

नेपाली साहित्यका अनुपम प्रतिभा पारिजात  निनु चापागाईं

राल्फा आन्दोलनदेखि पारिजातसँग निकट रहनुभएको र पछि पनि उहाँका कृतिहरूको अध्ययन गरिरहेको एउटा समीक्षकको हैसियतले पारिजातको समग्र साहित्ययात्राप्रति तपाईंको निचोड के रहेको छ ?

पारिजातसित मेरो भेट २०२०–२१ सालतिर भएको हो । त्यतिखेर मैले पारिजातलाइ राम्ररी चिनेकै थिइनँ । त्यतिखेर उहाँलाई गम्भीर रूपमा बुझेर, उहाँप्रति आकर्षित भएर म उहाँकहाँगएको थिइनँ। आकस्मिक रूपमा एक जना साथीले मलाई उहाँकहाँलिएर गएका थिए । अहिले आएर पारिजातको सम्पूर्ण जीवनलाई केलाएर हेर्दा मलाई कस्तो लाग्दछ भने उहाँ अत्यन्तै संवेदनशील र प्रखर आत्मबल भएकी व्यक्ति हुनुहुन्थ्यो । उहाँ जे कुरामा लाग्नुहुन्थ्यो भित्री दिलदेखि र पूर्ण रूपमा लाग्ने गर्नुहुन्थ्यो । यस अतिरिक्त, पारिजात त्यस्तो व्यक्ति हुनुहुन्थ्यो जसमा केही गरेर देखाउने तीव्र महत्त्वाकाङ्क्षा हुन्छ । यस महत्त्वाकाङ्क्षाले उहाँलाई ठुल्ठुला विवादमा पनि मुछेको छ । सानैदेखि उहाँमा रहेको यो महत्त्वाकाङ्क्षा र पाठ्यक्रममा राखिएको साहित्य पढ्दा साहित्यप्रति बढेको अनुरागले नै उहाँलाई साहित्य क्षेत्रमा तानेको हो भन्ने मलाई लाग्दछ ।
पारिजातमा संस्कृति, शिष्टता, सौन्दर्यप्रति बढी नै रुचि भएको मैले पाएको छु । नयाँ कुराप्रति उहाँको तीव्र आकर्षण रहेको पनि मैले पाएको छु । उहाँलाई राल्फासम्म ल्याइपु¥याउने काम मूल रूपमा यही विशेषताले गरेको हो र ‘साहित्य सन्ध्या’ मार्फत् नयाँपुस्ताका कविहरूसित बढी पुग्ने उहाँको लगाव पनि यसैको उपज हो ।
सानैदेखि पारिजात विरोधी प्रकृतिको मानिस हुनुहुन्थ्यो । बाबुले उहाँलाई डाक्टर बनाउन चाहनु भएको थियो । बाबुको साहित्यप्रति पटक्कै रुचि थिएन । साहित्यकार नबनोस् भन्ने उहाँ चाहनुहुन्थ्यो । तर पारिजात डाक्टर नबनेर साहित्यकार नै बन्नुभयो । बाबु र परिवारका विरुद्ध गएका यस्ता थुप्रै घटनाहरू छन् । अर्को कुरो उहाँ अरू कसैसित हार नमान्ने स्वभावको हुनुहुन्थ्यो । यस स्वभावले उहाँलाई बेलाबेलामा हानिसमेत पु¥याउने गरेको थियो । तैपनि उहाँ हार मान्न तयार हुनुहुन्नथ्यो ।

एउटा समालोचकको आँखाले तपाईंले पारिजातलाई हेर्दा उहाँको साहित्यिक योगदानलाई कस्तो पाउनुभएको छ ?

श्रष्टाहरुको नेतृत्व गर्दै पारिजात २०४६ सालको चैत्र ३ गते जनआन्दोलनका क्रममा प्रगतिशील लेखक संघका अध्यक्ष आनन्ददेब भट्ट लगायतको साथमा त्रिचन्द्र कलेज घण्टाघरमा .हरिगोविन्द लुईंटेलको फेसबुकबाट

नेपाली साहित्यमा खासगरी प्रगतिशील साहित्यमा उहाँले ठुलो र अमूल्य योगदान पु¥याउनुभएको छ । पारिजातले झन्डै झन्डै छत्तीस वर्षको अवधि नेपाली साहित्यको सेवामा लगाउनुभएको छ र यस अवधिमा उहाँले बीसवटा जति कृति दिनुभएको छ । यो सानो योगदान होइन ।
कतिपय समालोचकहरूले पारिजातको मूल्याड्कन गर्ने क्रममा उहाँको साहित्यिक यात्रालाई मोटामोटी दुई खण्डमा विभाजित गरेर हेर्ने गरेका छन् । पहिलो, अस्तित्ववादी, विसङ्गतिवादी अवधि र दोस्रो, प्रगतिवादी पारिजातका रूपमा । म यस किसिमको स्थूल विभाजनको वा समीक्षाको विपक्षमा छु । कसैकसैले सङ्क्रमणकालीन पारिजातका रूपमा राल्फाको अवधिलाई पनि गाँस्ने काम गरेका छन् । पारिजातको समग्र मूल्याड्कनमा यो पनि पर्याप्त हुन्छ जस्तो मलाई लाग्दैन ।
कथा, उपन्यास र संस्मरणमा पारिजातले आफ्नो कौशल देखाउनुभएको छ तापनि उहाँको लेखनको सुरुआत भने कविताबाटै भएको थियो । उहाँको पहिलो कवितासङ्ग्रह ‘आकाङ्क्षा’ २०१४ सालमा प्रकाशित भएको थियो । यो समय भनेको पारिजातको बीस वर्षे युवती हुँदाको अवस्था थियो । यसमा भएका कवितामा उहाँको उमेरको छाप पर्याप्त छ । यसमा भएका कविताहरूलाई म मोटामोटी रूपमा स्वच्छन्दतावादी र भावुक प्रकृतिका रचना मान्दछु ।

त्यसो भए तपाईं पारिजातको लेखनका मोडहरूलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

पारिजातको साहित्ययात्रालाई म मूलतः चारवटा मोड वा अवधिहरूमा विभाजित गर्नु उचित ठान्दछु । पछिल्लो अवधिमा उहाँमा केही वैचारिक विचलन आएको छ भन्ने पनि मैले अनुभव गरेको छु ।
मैले भर्खरै उल्लेख गरेको कवितासङ्ग्रह ‘आकाङ्क्षा’मा अभिव्यक्त भएको रोमान्टिक प्रवृत्तिको अवधि उहाँको साहित्ययात्राको पहिलो अवधि हो । यो प्रवृत्ति समालोचक ईश्वर बरालद्वारा सम्पादन गरिएको ‘पारिजातका केही कविताहरू’शीर्षकको कविता सङ्ग्रहका केही कविताहरूमा पनि पाइन्छ । पारिजात बिरामी पर्नुभन्दा अघिका उहाँका कविताहरू यही प्रकृतिका रहेका छन् । तिनमा भावुकता छ, प्रेमयाचना छ, विरह–वेदना आदि छन् । कुनै युवकलाई सम्बोधन गरेर पोखिएका अभिव्यक्तिहरूकै सेरोफेरोमा ती कविताहरू छन् । ईश्वर बरालले यस प्रवृत्तिलाई ‘नव्य रोमान्सेली’ प्रवृत्ति भन्न रुचाएका छन् । मूलतः यो स्वच्छन्दतावादी प्रवृत्ति अन्तर्गत नै पर्दछ र यसको विषयवस्तु बढी प्रेमसँग नै सम्बन्धित थियो ।
पारिजातको लेखनको दोस्रो अवधि हो–२०१९ देखि २०२१ सम्मको अवधि । पारिजात आफैंले यस समयलाई आफुले भोगेका सबभन्दा कष्टप्रद दिनहरू भन्नुभएको छ । उहाँत्यतिखेर निकै बिरामी पर्नुभएको थियो । २०२२ साल पनि झन्डै यस्तै समय हो । २०२२ सालमा उहाँले मदन पुरस्कार प्राप्त गर्नुभयो ‘शिरीषको फूल’ उपन्यासमा । ‘रोगी प्रेमिकाको पत्र’, ‘मृत्युको अँगालोमा’, ‘नसोध यो घाउ’,मेरो पपलरको रूख’,सँगै मरौं’, ‘उपायहीन साँझ’ जस्ता उहाँका केही चर्चामा आउने गरेका कविता यसै अवधिमा लेखिएका हुन् । एउटा खेमा विशेषले यी कविताको चर्चा बेला–बेलामा गरिरहने गरेको पाइन्छ । उहाँको यो प्रवृत्ति वास्तवमा २०२५ सम्म नै तानिएको छ । ‘आदिम देश’ कथासङ्ग्रहमा भएका कथाहरू र पछि लेखिएको उपन्यास ‘महत्ताहीन’ पनि यही कोटि र प्रवृत्तिभित्र पर्दछ । यस प्रवृत्तिलाई हामी अस्तित्ववादी–विसंतिवादी प्रवृत्ति भन्न सक्तछौं ।
यस अवधिको उहाँको लेखनको प्रवृत्ति बुझ्नका लागि उहाँकै शब्दहरूले हामीलाई मद्दत गर्दछन् । त्यतिखेरको आफ्नो स्थितिका बारेमा उहाँले भन्नुभएको छ– उपचार गर्दागर्दा नैतिक र आर्थिक रूपले सबैतिरबाट निरुपाय भएकी म अथवा भनौं उपचारको कुनै विकल्प नपाएकी मैले जीवनलाई त्यसरी नै लिइदिएँ… चरम पीडित क्षण …यातना खप्न नसकेर क्रमशः पलायन हुँदै जान्छु–निरर्थकता, अर्थहीनता र विसंगतितिर । मेरो निम्ति तयार थियो एउटा जीवनहीन कालो गुफा, जहाँ मलाई कुण्ठाको गाँस छ र उड्नलाई अनास्थाका आवरणहरू । मलाई मान्छेहरूको माया लाग्न छोड्छ र आफ्नै पनि । म आफ्नो जीवनलाई अभिशाप ठान्न थाल्छु …. हात र गोडाका जोर्नीहरू खुम्चिएर एक ठाउँभएका छन्, अब कसैले उठाइदिनुपर्छ, सुताइदिनुपर्छ । म सम्पूर्ण रूपमा परजीवी भैसकेको छु । ।।रात भने तन्द्रा अवस्थामा बित्छ, सुत्नुको भान नै हुँदैन मलाई …. सोच्छु यस्तै त हो नि जीवन….आशा, सङ्घर्ष र विश्वासजस्ता मानवीय मूल्यहरू एक एक गर्दै मेरो अघि मर्न थाल्छन् (यौटा चित्रमय शुरुवात) ।
माथि उल्लेख भएका ‘शिरीषको फूल’लगायतका रचनाहरूमा पारिजातले यिनै मानसिकतालाई अभिव्यक्ति दिनुभएको छ । पारिजात स्वयम्ले नै आफुलाई मानवमूल्य र जीवनमूल्यबाट यतिखेर पलायन भएको स्वीकार्नुभएको छ । पछि नकार्नु भएका यिनै अस्तित्ववादी सोचहरू ‘शिरीषको फूल’ लगायतका उहाँका यस अवधिमा लेखिएका रचनाहरूमा हाबी थिए । यही पलायनको मूल्यलाई नै उहाँले यस उपन्यासमा र अन्य रचनामा स्थापित गर्नुभएको छ । यस कारणले नै हो– पछि अर्को मोडमा आइपुगेर उहाँले भन्नुभयो– ‘शिरीषको फूल’लाई च्यातिदिए हुन्छ यो निस्सार र घोर परपीडक उपन्यास हो’

केही समालोचकहरूले त पारिजातको यही ‘शिरीषको फूलवाला मोडलाई नै पारिजातको सम्पूर्ण चीज भनेर अगाडि ल्याउने गरेका छन् नि ?

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पारिजात स्मृति सभाको अवसरमा खिचेको तस्विर . जय कार्की

हो, एक थरी समालोचक र साहित्यकारहरू उहाँको यही लेखनप्रवृत्तिलाई नै सबथोक हो, सम्पूर्ण पारिजात यही नै हो भनेर जोडतोडले प्रचार गर्दैछन् । यो पारिजातलाई अवमूल्यन गर्ने काम हो । पारिजात योभन्दा धेरै अघि बढिसक्नुभएको छ । पारिजात आफैंले भन्नुभएको छ “जीवनको क्रममा आइलाग्ने अर्थहीनता, निराशा, कुण्ठा, भ्रम तथा मानसिक तनावहरूदेखि मुक्त भई त्यस्तै परिस्थितिदेखि उब्जिएका विद्रोह र आकाङ्क्षालाई सही धारामा लगाई जीवनको सही मूल्य र सही बाटो पहिल्याउने क्रममा म प्रगतिशील लेखनतर्फ अग्रसर भएकी हुँ” (साल्गीको बलात्कृत आँसु’ को भूमिका) ।
पारिजातको जीवनको यही सही मूल्य र सही बाटो पहिल्याउने यही क्रम र यस क्रममा उहाँले दिनुभएको योगदा ‘महत्ताहीन’ पनि यही कोटि र प्रवृत्तिभित्र पर्दछ । यस प्रवृत्तिलाई हामी अस्तित्ववादी–विसंगतवादी प्रवृत्ति भन्न सक्तछौं ।
यस अवधिको उहाँको लेखनको प्रवृत्ति बुझ्नका लागि उहाँकै शब्दहरूले हामीलाई मद्दत गर्दछन् । त्यतिखेरको आफ्नो स्थितिका बारेमा उहाँले भन्नुभएको छ– “उपचार गर्दागर्दा नैतिक र आर्थिक रूपले सबैतिरबाट निरुपाय भएकी म अथवा भनौं उपचारको कुनै विकल्प नपाएकी मैले जीवनलाई त्यसरी नै लिइदिएँ …चरम पीडित क्षण….यातना खप्न नसकेर क्रमशः पलायन हुँदै जान्छु–निरर्थकता, अर्थहीनता र विसंगतितिर । मेरो निम्ति तयार थियो एउटा जीवनहीन कालो गुफा, जहाँ मलाई कुण्ठाको गाँस छ र उड्नलाई अनास्थाका आवरणहरू । मलाई मान्छेहरूको माया लाग्न छोड्छ र आफ्नै पनि । म आफ्नो जीवनलाई अभिशाप ठान्न थाल्छु ….. हात र गोडाका जोर्नीहरू खुम्चिएर एक ठाउँभएका छन्, अब कसैले उठाइदिनुपर्छ, सुताइदिनुपर्छ । म सम्पूर्ण रूपमा परजीवी भैसकेको छु । । रात भने तन्द्रा अवस्थामा बित्छ, सुत्नुको भान नै हुँदैन मलाई । ….. सोच्छु यस्तै त हो नि जीवन । ….. आशा, सङ्घर्ष र विश्वासजस्ता मानवीय मूल्यहरू एक एक गर्दै मेरो अघि मर्न थाल्छन् (यौटा चित्रमय शुरुवात)।
माथि उल्लेख भएका ‘शिरीषको फूल’लगायतका रचनाहरूमा पारिजातले यिनै मानसिकतालाई अभिव्यक्ति दिनुभएको छ । पारिजात स्वयम्ले नै आफुलाई मानवमूल्य र जीवनमूल्यबाट यतिखेर पलायन भएको स्वीकार्नुभएको छ । पछि नकार्नु भएका यिनै अस्तित्ववादी सोचहरू ‘शिरीषको फूल’ लगायतका उहाँका यस अवधिमा लेखिएका रचनाहरूमा हाबी थिए । यही पलायनको मूल्यलाई नै उहाँले यस उपन्यासमा र अन्य रचनामा स्थापित गर्नुभएको छ । यस कारणले नै हो– पछि अर्को मोडमा आइपुगेर उहाँले भन्नुभयो– ‘शिरीषको फूल’लाई च्यातिदिए हुन्छ यो निस्सार र घोर परपीडक उपन्यास हो’ ।

अब तेस्रो चरणको कुरातिर लागौं । यस चरणको व्याप्ति र विशेषता के के हुन् ?

मेरो दृष्टिमा तेस्रो चरण पाँच, छ वर्षको चरण हो । खासगरी २०२२ देखि २०२९ सम्मको कालखण्ड । यो राल्फाकालीन अवधि हो । यसलाई पारिजातको सङ्क्रमणकालीन अवधि पनि भन्न सकिन्छ । अस्तित्ववादबाट मार्क्सवादसम्म सङ्क्रमण हुने कालखण्ड ।
यस अवधिमा पारिजात पहिलेको सापेक्षतामा यथार्थतिर केही मात्रामा उन्मुख हुनुभएको छ । तीब्र आक्रोश छ, चर्को विद्रोह छ। तर त्यो विद्रोह र आक्रोशले व्यक्तिगत सीमालाई नाघ्न सकेको छैन । विद्रोह र आक्रोशले दिशा लिइसकेको अवस्था पनि छैन, कुन दिशा लिने हो निश्चित पनि छैन । इतिहास, सामाजिक मूल्य र परम्परामाथि अराजक आक्रमण र प्रहार पाइन्छ ।
निश्चय नै, जेलाई हामीकहाँ त्यतिखेर इतिहास भनिन्थ्यो अधिकांश झुठमा आधारित थियो । नेपाली परम्परा भनेर शासकवर्गकै सामन्ती परम्परालाई स्थापित गर्न खोजिएको थियो र स्थापित गर्न खोजिएका सामाजिक मूल्यहरू पनि सामन्ती मूल्य–मान्यता नै थिए । त्यसैले पारिजातमा यीप्रति विरोध र विद्रोह जन्मनु सान्दर्भिक नै थियो । तर ती सामन्ती मूल्य–मान्यता र परम्पराका केही सकारात्मक र राम्रा पक्ष पनि त थिए । तिनलाई केलाउने काम भएन । नकेलाई गरिएको एकोहोरो विरोध भएकाले त्यो सर्वांशमा ठिक थिएन ।
पारिजातको यस अवधिको विचारलाई सबभन्दा राम्ररी साहित्यिक अभिव्यक्ति दिने कृति ‘बैंसको मान्छे ९२०२९० उपन्यास नै हो । कृतिमा विद्रोह त छ तर अस्तित्ववादी चिन्तनको तुस पनि निख्रीसकेको छैन । निम्नवर्गप्रति सहानुभूति र सामाजिक संरचनामा परिवर्तनको आकाङ्क्षा कृतिमा छ । तर सामाजिक संरचनामा आमूल परिवर्तन ल्याउन सङ्गठित जनशक्तिको आवश्यकताको बोध भने छैन । व्यक्तिगत आक्रोश, व्यक्तिगत विद्रोह र व्यक्तिहत्याको उग्रता मात्र यसमा छ ।
यही अवधिमा लेखिएका उहाँका केही कथा पनि छन् । ‘सडक र प्रतिभा’ कथासङ्ग्रह (२०३२) का कथाहरूले पारिजातको सङ्क्रमण कालको झलक दिन्छन् । यस कृतिमा केही विसंगतवादी मोडका कथा छन् भने ‘सिटीहलको बूढो ज्यामीसित’, ‘वर्कशपभित्र’, ‘सँघारनेर’ जस्ता प्रगतिशील कथालेखनका प्रारम्भिक कालका कथाहरू पनि छन् । यी कथा प्रगतिशील आन्दोलनमा प्रवेश गर्ने क्रममा लेखिएका सुरुका कथा हुन् । यिनै कथाबाट प्रगतिशील आन्दोलनमा पारिजातको प्रवेश भएको हो । राल्फाकालीन अवधिलाई पारिजात स्वयम्ले आफुलाई प्रगतिशील लेखनतर्फ उन्मुख हुन वस्तुगत र आत्मगत स्थिति सृजना गर्ने महत्त्वपूर्ण मोड मान्नुभएको छ ।
यस मोडमा आइपुग्न उहाँभित्र चलेको आन्तरिक द्वन्द्वले पनि भूमिका खेलेको छ । थला पर्ने गरी बिरामी भएको अवस्थामा उहाँ निस्सारता र निराशाको चरम सीमामा पुग्नुभएको थियो । तर उहाँले अन्तमा के बुझ्नुभयो भने निराशा नै जीवनको अन्त होइन रहेनछ । यो स्वयम् उहाँ आफैंभित्र चलेको द्वन्द्वको परिणाम थियो । यथार्थतिर उहाँभन्दा बढी समर्पित अन्य राल्फाहरूसितको उठबस र सम्पर्कले, तिनमा भएको युवकोचित जोस र नयाँपनले, जनतासित जाने क्रमले उहाँलाई प्रगतिशील लेखनतिर उन्मुख गराएको हो भन्ने लाग्दछ ।

चौथो चरण अर्थात् प्रगतिशील लेखनक्षेत्रमा पारिजातको प्रवेशको प्रस्ट अभिव्यक्ति चाहिँ उहाँको कुन रचनाले दिन्छ ?

मैलेमाथि उल्लेख गरिसकेको छु प्रगतिशील लेखनमा पारिजातको प्रवेश कथाबाट भएको हो । कृतिगत हिसाबले भन्ने हो भने यसको अभिव्यक्ति ‘तोरीबारी बाटा र सपनाहरू (२०३२) ले दिन्छ । सायद यसअघि ‘पर्खालभित्र र बाहिर’ लेखिएको हो कि जस्तो लाग्दछ, तर यसको प्रकाशन चाहिँ २०३५ सालमा मात्र भएको हो ।
प्रकाशनका दृष्टिले पहिले छापिएको ‘तोरीबारी बाटा र सपनाहरू’लाई प्रगतिशील चेतले अभिप्रेरित रचना मैले किन मानेको हुँभने यसमा मानव सभ्यता र संस्कृतिको विकासको एकमात्र स्रोत श्रमजीवी जनता हो र यो वर्ग नै संस्कृति र सभ्यताको अगुवा र मालिक बन्नुपर्छ भन्ने बोध छ, विपन्न वर्गप्रति प्रेम र सहानुभूति छ । यस कृतिमा वस्तुगत यथार्थलाई प्राथमिकतामा राखिएको छ र जीवनका समस्याहरूलाई खोतल्ने प्रयास भएको छ । जातिभेद र यसको कारक तत्त्व धर्मको पनि यसमा विरोध भएको छ । नारी समस्याको समाधान वर्गीय समस्याको समाधान नभै हुन सक्तैन भन्ने चेत यसमा छ । साथै कृतिमा समाजमा विद्यमान सबै समस्याहरूको निदानका निम्ति आमूल परिवर्तन आवश्यक हुन्छ भन्ने बोध पनि छ । सामाजिक यथार्थलाई जति गहनताका साथ प्रस्तुत गर्नुपर्थ्यो त्यति भएको छैन तापनि यस कृतिलाई सुन्दर कृतिका रूपमा लिन सकिन्छ । शैली, शैली भनेर आकर्षक शैलीको माग गर्ने एक थरी साहित्यकार र समालोचकहरूले ‘शिरीषको फूल’ को शैलीको खुबै तारिफ गरेर योगदानलाई ढाकछोप गर्नका लागि नै एकतर्फी रूपले बढाइचढाइ यस्तो प्रचार गर्ने प्रयत्न भैरहेको छ भन्ने मलाई लागेको छ ।
पारिजात भन्नासाथ पारिजातको ‘शिरीषको फूल’ उपन्यास र ‘आदिम देश’का केही कथाहरू (जस्तो ‘मैले नजन्माएको छोरो, ‘बीसौं शताब्दी एउटा गल्लीमा’ आदि) लाई मात्र अतिरञ्जित रूपले अघिसार्न खोज्नुका पछाडि पारिजातले औंल्याउनु भएको जीवनमूल्य र सामाजिक मूल्यहरूलाई छोपछाप पार्ने उद्देश्य रहेको छ । साथै पारिजातले यस अवधिमा जोड दिनुभएको साहित्य–कलाको सामाजिक उपादेयतालाई उपेक्षा गर्ने सोच पनि देखिन्छ । समाजको परिष्कार र परिवर्तनका लागि साहित्य–कलाको भूमिका हुन्छ भन्ने पारिजातको भनाइलाई लुकाउन खोज्ने र सारांशमा यथास्थितिलाई जोगाइराख्न खोज्ने राजनीतिको यो एउटा अभिन्न अंगहो ।

अब यसपछिको चौथो चरण वा प्रवृत्तिको विकासक्रम कसरी अघि बढेको तपाईंले पाउनु भएको छ  ?

उहाँका रचनाहरू ‘उसले रोजेको बाटो’, ‘अनिँदो पहाडसँगै’, ‘साल्गीको बलात्कृत आँसु’, ‘परिभाषित आँखाहरू’, ‘बोनी’, ‘बधशाला जाँदा आउँदा’, ‘आधी आकाश’ र संस्मरणका कृतिहरूले पारिजातको यस चरणको प्रतिनिधित्व गर्दछन् । यसमध्ये ‘परिभाषित आँखाहरू’ र ‘बोनी’ केही कमजोर रचना हुन् ।

यस चरणको मूल स्वरूप कस्तो रहेको छ र यसको प्रतिनिधि रचना तपाईं कुन कृतिलाई मान्नुहुन्छ ?

यस चरणको प्रतिनिधि रचना र पारिजातका समग्र कृतिहरूमध्ये उत्कृष्ट रचना ‘अनिँदो पहाडसँगै’ हो । यो रचना नै उहाँको सबभन्दा राम्रो कृति हो । मैले यसलाई सबभन्दा राम्रो मान्नुको कारण यो व्यक्तिवादी आक्रोश र विद्रोहको स्तरभन्दा माथि उठेको छ । नेपाली समाजको यथार्थको राम्रो चित्रण यसमा भएको छ । सामाजिक वर्गहरू र तिनका बीचको द्वन्द्वहरूलाई निकै राम्ररी प्रस्तुत गरिएको र श्रमजीवी वर्गको विजयमाथि आशावादिता र पूर्ण विश्वास राखिएको छ । यस रचनामा नेपालका पहाड, तराई र उपत्यकाको जनजीवनका मर्म र पीडाहरूलाई सामाजिक सन्दर्भसित गाँसेर हेर्ने प्रयास भएको छ ।
यो उपन्यास ऐतिहासिक अभिलेख पनि हो । यसकारण पनि यसको महत्त्व अझ बढी थपिएको छ । २०३५-३६ सालको जनआन्दोलन यसमा समेटिएको छ । नेपालको त्यतिखेरको विद्यार्थी आन्दोलन र यसले लिएको राजनैतिक रूप, ठाउँठाउँमा भएका जनसङ्घर्षहरू, जनमतसङ्ग्रह, पञ्चायतको विजयको घोषणा र त्यसपछिका दमनकारी क्रियाकलापहरूको चित्रसहित यसमा तात्कालीन राजनीतिक कार्यदिशा सिंगै उपन्यासमा आएको छ । पारिजातले लेखेका उपन्यासहरूमा यस उपन्यासले नै सबभन्दा बढी सामाजिक परिवेशलाई समेट्ने काम गरेको छ । मलाई लाग्दछ–पारिजातको लेखनयात्रामा मात्र हैन नेपालको प्रगतिवादी साहित्यमा नै उत्कृष्ट पात्रहरूको सिर्जना यस उपन्यासमा भएको छ । त्यसमध्ये पनि नायिका सुवानीलाई नेपाली प्रगतिशील आन्दोलनकै उत्कृष्ट पात्रका रूपमा लिन सकिन्छ ।
यसपछिको उहाँको उत्कृष्ट रचना ‘साल्गीको बलात्कृत आँसु’ कथा सङ्ग्रह हो । २०३१ र २०४३ सालका बीचमा लेखिएका पन्ध्रवटा कथाहरू यसमा सङ्ग्रहित छन् र यी कथाले नेपाली जनजीवनका विविध सन्दर्भलाई मर्मस्पर्शी रूपमा चित्रण गरेका छन् । वर्तमान सामाजिक व्यवस्था ठिक छैन, यसबाट मुक्त नभै सुन्दर भविष्यको सृजना गर्न सकिन्न भन्ने कुराको छाप छोड्ने यी कथाहरू पारिजातका यसअघि र पछि लेखिएका कथाहरूभन्दा उत्कृष्ट छन् । यी कथालाई पारिजातका प्रतिनिधि कथा पनि भन्न सकिन्छ ।

उपन्यास ‘परिभाषित आँखाहरू’ र ‘बोनी’ बारे तपाईं थप केही टिप्पणी गर्न चाहँदै हुनुहुन्थ्यो ।

२०४३ को केही समयपछिदेखि पारिजातमा केही विचलन देखिन थालेको छ भन्ने कुरा सम्भवतः मैले ‘वेदना’ साहित्यिक पत्रिकामा लेखिसकेको पनि छु । कुन आधारमा यस्तो भन्न खोजिएको हो भनेर प्रश्न पनि नउठेको होइन । मलाई लागेको मूल कुरो के हो भने उहाँमा यता आएर आफ्ना कमाउपुत्रका रूपमा देखिएका पुस्तकप्रति र सम्पत्ति सम्बन्धप्रति मोह बढेको छ, पुराना कृतिहरूको पुनर्मूल्याड्कन गरिनुपर्छ भन्ने प्रबल र तीव्र इच्छा व्यक्त हुन थालेको छ र आन्दोलनबाट अलि पररहने र साथै रचनाहरूमा ‘कस्तो छ रु’ मा बढी सीमित हुने र ‘कस्तो हुनुपर्ने हो रु’ भन्ने कुरामा त्यति ध्यान नदिने प्रवृत्ति बढ्न थालेको पाइन्छ । मैले यिनै कुरालाई देखेर यस्तो भनेको हुँ। समाजमा व्याप्त हुँदै गएको अमानवीयकरणको चिरफार गर्नुभन्दा अमानवीयकरणतिर नै पात्रहरूलाई प्रवृत्त गराउने प्रवृत्ति देखिन्छ,खासगरी ‘परिभाषित आँखाहरू’मा । यसकारणले पनि उहाँमा केही विचलन आएको र उहाँको लेखन केही खस्कन लागेको छ भन्ने मलाई लागेको हो ।
‘बोनी’ उपन्यासमा पारिजात स्वयम् फस्नुभएको हो कि भन्ने मलाई लाग्दछ । समाजको माथिल्लो वर्गमा रहेको भ्रष्ट चरित्रले किशोर–किशोरीहरूमा पर्ने गलत प्रभावका विरुद्ध र त्यस प्रभावबाट नायिका बोनीलाई बाहिर ल्याउन पारिजात उपन्यास लेखनमा अभिमुख भएको हो । तर लेखनका क्रममा उहाँले बोनीलाई त्यसबाट बाहिर ल्याउन सक्नुभएन र आफैं अन्यौलमा पर्नपुग्नुभयो । अर्को कथाका रूपमा शृङ्खलाबद्ध रूपबाट लेखिएको ‘बोनी’लाई उपन्यासको रूप दिन खोज्ने रहरले पनि यस्तो भएको हुन सक्तछ । वास्तवमा यो कृति उपन्यास प्रतिभा’ कथासङ्ग्रह (२०३२) का कथाहरूले पारिजातको सङ्क्रमण कालको झलक दिन्छन् । यस कृतिमा केही विसंगतवादी मोडका कथा छन् भने ‘सिटीहलको बूढो ज्यामीसित’, ‘वर्कशपभित्र’, ‘सँघारनेर’ जस्ता प्रगतिशील कथालेखनका प्रारम्भिक कालका कथाहरू पनि छन् । यी कथा प्रगतिशील आन्दोलनमा प्रवेश गर्ने क्रममा लेखिएका सुरुका कथा हुन् । यिनै कथाबाट प्रगतिशील आन्दोलनमा पारिजातको प्रवेश भएको हो । राल्फाकालीन अवधिलाई पारिजात स्वयम्ले आफुलाई प्रगतिशील लेखनतर्फ उन्मुख हुन वस्तुगत र आत्मगत स्थिति सृजना गर्ने महत्त्वपूर्ण मोड मान्नुभएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं १० मा स्थापित पारिजातको प्रतिमा फोटो डिआर पोख्रेल

यस मोडमा आइपुग्न उहाँभित्र चलेको आन्तरिक द्वन्द्वले पनि भूमिका खेलेको छ । थला पर्ने गरी बिरामी भएको अवस्थामा उहाँ निस्सारता र निराशाको चरम सीमामा पुग्नुभएको थियो । तर उहाँले अन्तमा के बुझ्नुभयो भने निराशा नै जीवनको अन्त होइन रहेनछ । यो स्वयम् उहाँ आफैंभित्र चलेको द्वन्द्वको परिणाम थियो । यथार्थतिर उहाँभन्दा बढी समर्पित अन्य राल्फाहरूसितको उठबस र सम्पर्कले, तिनमा भएको युवकोचित जोस र नयाँपनले, जनतासित जाने क्रमले उहाँलाई प्रगतिशील लेखनतिर उन्मुख गराएको हो भन्ने लाग्दछ ।

जम्माजम्मीमा भन्नुपर्दा नेपाली साहित्यमा पारिजातको योगदानका बारेमा तपाईंको के धारणा छ ?

समग्रमा भन्दा पारिजात नेपाली साहित्यको अनुपम प्रतिभा हुनुहुन्थ्यो । प्रगतिशील साहित्यिक आन्दोलनको २०३० पछिको उहाँ अग्रणी र मूर्धन्य हस्ताक्षर हुनुहुन्थ्यो । उहाँकै सेरोफेरोभित्र अधिकांश अरू साहित्यकारहरूले हुर्कने मौका पाए खासगरी २०३६ पछाडि ।
पारिजातका सम्बन्धमा भन्नैपर्ने कुरा के छ भने जतिखेर उहाँले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो र महिला मुक्ति आन्दोलनको शीर्ष स्थानमा आउनुभएको थियो त्यतिखेर नै उहाँ बढीभन्दा बढी जनजीवनसित भिज्नुभएको थियो र त्यतिखेर नै पारिजातमा बढी ऊर्जा देखिएको थियो ।
पारिजातमा निश्चय नै, केही कमीकमजोरी नभएका होइनन् तर ती उहाँको योगदानका तुलनामा नगण्य छन् ।

मूल्याड्कन, जेठ २०५० मा प्रकाशित