दुर्घटनामा ज्यान गुमाएका मजदुरको परिवारलाई मजदुर संघले १५ लाख क्षतिपूर्ति दिलायो

प्रकाशित मिति : बुधबार, साउन १, २०७६

काठमाण्डौ । २०७६l३l३१ सिन्धुपाल्चोक जिल्ला चौतारा साङागढि नगरपालिका वडा नं १४ असिने टोल घर भइ हाल ललितपुर जिल्ला बस्दै आएका वर्ष ४२ को केसर तामाङ काठमाडौं महानगरपालिका वडा नं १४ स्थित होटल सोल्टी नजिक निर्माण हुँदै गरेको निर्माणधिन सि।टि। हायत होटलको सि च्यानल भर्याङ, आपतकालीन अबस्थामा प्रयोगमा आउने भर्याङ बनाउदै जाने क्रममा चौथो तल्ला पुगि जडान गर्नाको लागि तयारी गर्न खोज्दा अड्किएको र अड्किएको भाग कता अड्कियो भनी हेर्ने क्रममा सोहि अड्किएको भाग फुत्किएर घाँटीमा लागि तेस्रो तल्लामा झरि मृत्यु भएको छ।

अखिल नेपाल टेड युनियन महासंघ प्रदेश ३ का अध्यक्ष पिताम्बर गिरी र अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष अमित लामाको टिमको उपस्थितिमा लामो छालफल पश्चात सहमति भएको थियो । सो घटानालाई समाधान गर्न जिल्ला तहाको नेतृत्वहरु लागिपरि मृतकको परिवारलाई क्षतिपूर्ति स्वरुप रू।१५ लाख अखिल नेपाल निर्माण मजदुर संगठनको रोहवरमा दिलाइयो । सो होटलमा कार्यरत मजदुर गोरखाका सुरज गुरुङ र दोलखाको नवराज थापा गम्भीर घाइते भएको हुँदा उहाँहरुको बल्खुस्थित वयोधा हस्पिटलको आई।सि।यु। मा राखि उपचार भइरहेको छ ।