एक दम्पत्तिले ग्राण्डी अस्पताल र चिकित्सकविरुद्ध उजुरी दिए, आफ्नो बच्चाको स्वास्थ्यमा गम्भीर लापरवाही गरेको आरोप

प्रकाशित मिति : सोमवार, असार ३०, २०७६

काठमाडौं । सञ्जीवचन्द्र न्यौपाने र एकता घिमिरेको पहिलो बच्चा संसारमा आउदै थियो । त्यसैले उनीहरुको खुसीले गदगद थिए । एकता गर्भवती भएदेखि नै आफ्नो स्वास्थ्यप्रति अझ बढी सचेत थिइन् । सुत्केरीको नर्सिङ सेवा राम्रो छ भन्ने सुनेपछि उनी आफ्ना श्रीमानलाई लिएर धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा नियमित जाँच गराउन थालिन् ।

सुरूदेखि नै एकता र उनको पेटभित्रको बच्चाका सबै रिपोर्टहरू राम्रा आए । डाक्टरले पनि राम्रो छ भने । सचेत भएर अझ केही वंशाणुगत रोग पो लाग्छ कि भनेर उनीहरूले रगत जाँच्न भारत पनि पठाए । त्यहाँबाट पनि सबै रिपोर्ट राम्रो आयो । हरेक पटक देखाउँदा डाक्टरले बच्चाको विकास राम्ररी भइरहेको छ, भन्ने गरेको एकता बताउछिन् । एकतालाई थाइरोइड र फ्याट्टी लिभर ९कलेजोमा बोसो भएको० को समस्या थियो ।

गर्भवती भएको तीस सातापछि उनले हरेक हप्ता थाइरोइड र कलेजो जाँचिन् । डाक्टरले भने अनुसार दबाई खाएर थाइरोइड र फ्याट्टी लिभरलाई सन्तुलनमा राखेकी थिइन् । डाक्टरले सुझाइन् ‘फ्याट्टी लिभर’ भएकालाई नर्मल डेलिभर गर्न गाह्रो हुन्छ । ३७ साता पुगेपछि सर्जरी गरौं । उनीहरूले डाक्टरको सुझाव माने । ३६ सातामा एकताको पेटको अल्ट्रासाउन्ड गरियो । बच्चाको अवस्था सामान्य थियो ।

रिपोर्ट हेर्दै डाक्टरले भनिन्– ‘आजै डेलिभरी गर्दा पनि हुन्छ । तपाईंहरू घर सल्लाह गर्नुस् । अब जतिबेला गरे पनि हुन्छ ।’ एकताले आफ्नी आमालाई सोधिन् । २०७५ असार १२ गते मंगलबार परेको थियो । शुभ साइत भनेर त्यही दिन एकताको सर्जरी भयो । गर्भवती भएको ३६ हप्ता १ दिनमा एकताको पेटबाट २।८ किलोको बच्चा जन्मियो खुसीले गद्गद् थिइन् । सबै समयले त्यो खुसीको सीमा कोरिदियो ।

तर दुर्भाग्य उनीहरुको त्यो खुसी आधा घण्टा पनि टिकेन । बच्चा जन्मेको आधा घन्टा नहुँदै नर्सहरू सञ्जीवलाई खोज्दै आए र भने, ‘बच्चालाई सास फेर्न अप्ठेरो भएछ ।’ प्रिम्याचुएर ९बेला नपुगी० जन्मेकाले छोराको फोक्सोले पूरा सास फेर्न सकिरहेको थिएन । बच्चालाई तुरून्तै नियोनेटल इन्टेन्सिभ केयर युनिट ९एनआइसीयू० मा राखियो । सञ्जीवलाई त्यतिबेलासम्म अस्पतालमा नवजात शिशुलाई राख्ने त्यस्तो युनिट हुन्छ भन्ने पनि थाहा थिएन ।

त्यस्तो युनिटले भर्खरै आमाबाबु बनेकाहरूको खुसी लामो समयका लागि बन्धकी राखिदिन सक्छ भन्ने त झनै थाहा हुने कुरै भएन । डाक्टरहरूले सञ्जीवलाई फेरि भने तपाईंको बच्चाको सास सामान्य भएन । भेन्टिलेटरमा राखौं ।

सञ्जीवसंग स्वीकृति दिनु बाहेक अर्को विकल्प थिएन पनि । बच्चालाई पाँच दिनसम्म भेन्टिलेटरमा राखियो । भेन्टिलेटरमा बच्चालाई अस्पतालमा हुने ‘क्लेबसियला’ ब्याक्टेरियाको संक्रमण भयो ।

उसलाई ‘एन्टिबायोटिक’ दिन सुरू गरियो । सात दिन, चौध दिन, एक्काइस दिनसम्म उसले औषधि खायो । बच्चा निको भएको भन्दै अस्पतालले डिस्चार्ज दियो । उनीहरू घर फर्किए । घर ल्याएको पाँच दिनपछि साँझपख बच्चालाई ज्वरो आयो । दूध खान छोड्यो । सञ्जीव र एकता बच्चा लिएर फेरि ग्रान्डी पुगे । बच्चा अस्पतालमा भर्ना भयो । अर्को दिन बिहान एनआइसीयूका डाक्टरहरूले भने– ‘त्यस्तो गम्भीर केही छैन । २४ घन्टा राखेर डिस्चार्ज गरिदिन्छौं ।

तर चिकित्सकहरुले कहिले पनि टुंगोको कुरा गरेनन् । दुई बजे डाक्टरहरूले बच्चाको ढाडको पानी चेक गर्नुपर्छ भने । बच्चाको ढाडबाट निकालिएको पानीमा पिप पनि देखियो । प्रयोगशालामा पानीको परीक्षण पश्चात बच्चामा मेनेन्जाइटिस ९मस्तिष्कमा संक्रमण० भएको पाइयो र एनआइसीयूमै राखेर उपचार थालियो ।

एनआइसीयुमा राखेको ४० औं दिनको बिहान डाक्टरलेसबै ठीक छ भन्दै अब सात दिनको औषधि खाएपछि घर लान भने । तर पीडा रोकिए र दर्दका लहरहरु निरन्तर रहे । डाक्टरले फेरि कुरा फेरेर भने ‘बच्चाको टाउकोमा पिप देखिएकोले एमआरआई गर्नु पर्छ ।

एमआरआईले बच्चाको टाउकोमा टन्नै पिप जमेको देखायो । त्यसछि डाक्टर सर्जरी गर्ने न्युरो सर्जन अमित थापाको टिमले ४२ औं दिनमा बच्चाको टाउकोको शल्यक्रिया ग¥यो । त्यसको सात दिनपछि गरिएको सिटी स्क्यानमा पुनः बच्चाको टाउको पिप जमेको पाइयो । र, फेरि शल्यक्रिया गरियो ।

सञ्जीवका ८४ वर्षीय बुवालाई नाती खेलाउने ठूलो रहयो थियो । उनले नाती हेर्नसम्म त पाए तर खेलाउन पाएनन् । नातीको दोसो शल्यक्रियाको केही दिनपछि उनले यो संसार त्यागे । सञ्जीवमाथि अर्को बज्रपात भयो ।

बच्चाको स्वास्थ्यका कारण सञ्जीवले आफ्नो पिताको काजक्रिया समेत गर्न पाएनन् । उता उनको छोराको टाउकोको पिप पनि रित्तिएन र तेस्रो पटक शल्यक्रिया गरियो । शल्यक्रिया पाँच पटकसम्म भयो तर बच्चाको हालत अझै सुध्रिन सकेको छैन । अस्पतालको ९० दिन लामो तनावपूर्ण बसाईपछि र ३५ लाख खर्च गरेर बच्चालाई घर ल्याए सञ्जीवले तर बच्चा अहिले दूधबाहेक केही खाँदैन ।

उसको शरीर भन्दा टाउको अस्वाभाविक वृद्धि भइरहेको छ । यो पीडाको सञ्जीवले कानूनी उपचार खोजेका छन् । अहिले अस्पताल र डाक्टरहरूबाट आफूलाई अन्याय भएको भन्दै उनले नेपाल मेडिकल काउन्सिलमा ग्रान्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी हालेका छन् ।

सञ्जीवको उजुरीमाथि अहिले काउन्सिलले विज्ञहरूको समिति बनाएर छानविन गरिरहेको छ ।