नयाँ बसपार्कमा ९० रोपनी जग्गा अतिक्रमण, श्रमिक माथि चरम दादागिरी

बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प संमा प्रकाशित मिति : सोमवार, असार १६, २०७६

काठमाडौँ । गोंगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ । उपत्यका भित्रिने/बाहिरिने बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् ।

यातायात विभागका महानिर्देशक कुमार दाहालले बसपार्कमा प्रयोजन अनुसार काम नभएको बताए । उद्देश्य एउटा, प्रयोजन अर्कै भएको छ, बस पार्किङ गर्ने स्थान छैन, उनले भने, करिब ७० रोपनी जग्गामा मात्र पार्किङ बनाएको छ । बसपार्क अतिक्रमण भएको छ ।

जापान सरकारको सहयोगमा २०४९ मा नयाँ बसपार्क निर्माण गरिएको थियो। सरकारले काठमाडौं महानगरपालिकालाई सञ्चालन र व्यवस्थापनको जिम्मा लगाएको थियो । अहिले पार्किङका लागि ठाउँ छैन भनेर हल्ला हुँदै छ तर पार्किङका लागि दिएको जग्गामा अरू नै भवन निर्माण गरिएका छन्, महानिर्देशक दाहालले भने, अत्याधुनिक र प्रविधियुक्त बसपार्क बनाउनुको साटो विकृत बनाइयो ।

महानगरपालिकाले लोत्से बहुउद्देश्यीय प्रालिलाई ४५ वर्षका लागि जिम्मा दिए पछि त्यहाँ अतिक्रमण बढेको दाहालको भनाइ छ । जग्गा नेपाल सरकारकै नाममा छ, महानगरले लामो समयका लागि लोत्सेलाई दिएको छ, उनले भने, अब यसमा सरकारले कुनै नयाँ सरचना निर्माण गर्न सक्ने अवस्था छैन ।

महानिर्देशक दाहालले चालकका लागि पुनर्ताजगी तालिम केन्द्र, भेहिकल फिटनेस सेन्टरको सुविधासहित प्रविधियुक्त बसपार्क हुनु पर्नेमा भएका संरचनालाई बिगारेर कुरुप बनाइएको बताए । उपत्यकामा नयाँ बसपार्क बनाउन जग्गा नभएको उल्लेख गर्दै महानगरले स्थानीय स्वायत शासन अनुसार लामो समयसम्म बसपार्कको जग्गा लिज दिन नपाउने भए पनि रत्नपार्कलाई जस्तै भाडामा लगाइएको उनले बताए ।

बसपार्क रेखदेख तथा व्यवस्थापन गर्न महानगरपालिका र लोत्से बहुउद्देश्यीय प्रालिबीच २०७२ मा पुनः नयाँ सम्झौता भएको थियो । सम्झौतामा ४ वर्ष भित्र अन्तर्राष्ट्रियस्तरको बसपार्क बनाउने उल्लेख छ । बसपार्क सुविधायुक्त, अत्याधुनिक र प्रविधिमैत्री बनाउने कार्य भइ रहेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले दाबी गरे ।

सम्झौता अनुसारै भएको छ, उनले भने । चार सय भन्दा बढी गाडी अटाउने क्षमता वृद्धि गरेर करिब एक हजार बस पार्किङ गर्न सकिने बनाइएको उनले बताए । सपिङ मल, रेस्टुरेन्ट, बगैंचा, हरियाली बनाउने सम्झौतामै उल्लेख छ, उनले भने, यसलाई अझ व्यवस्थित र आकर्षक बनाउँछौं । लामो दूरीका चालकलाई आरामदायी कक्ष समेत व्यवस्था गर्छौ भनेतापनि, नयाँ बसपार्कमा श्रमिकहरु माथि लोत्से बहुउद्देश्यीय प्रालिका महानिर्देशक कुँवरले नियुत गरेका कर्माचारी र कुँवर आफैले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिराका श्रमिक माथि गुण्ड गर्दी,दादा गिरीरुपमा श्रमिकहरुलाई चरम दमन गरी रहेको छ, त्याहाँ कार्यरत एक श्रमिकले आफ्नो नाम नबताउने सरथमा जानकारी दिय।