जिम्मेवारी पूरा नगरेकाले प्रदेश ३ का यातायात मजदुर संघका अध्यक्ष शर्मा केन्द्रीय कार्यालय तानिए

प्रकाशित मिति : बिहिबार, असार ५, २०७६

अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष सोमबहादुर तामाङले सो संगठनका प्रदेश ३ का अध्यक्ष राजेन्द्र शर्मालाई पटक पटक संगठनकोे जिम्मेवारी पूरा गर्न र सच्चिन चेतावनि दिएपनि कहिल्यै पनि पूरा नगरेको,यातायात मजदुर संघ प्रदेश ३ को दुईदुई वर्षसम्म बैठक नराखेको कारणले र एकताको बेलामा संगठनलाई झन झन कम्जोर पार्ने र अध्यक्षसित कुनै पनि परामर्श नगरी मनपरि ढंगले गतिविधि गरेको अनेकौं प्रमाणहरु फेला परेको र प्रदेश ३ को हालै बसेको बैठकमा समेत कडा आलोचना समेत खेपिसक्ता पनि उनमा कुनै सुधार नआएकोले उनको प्रदेश ३ को जिम्मेवारीबाट पदमुक्त गरी केन्द्रीय कार्यालयमा तानेको छ । सो बारेको पूर्ण पाठ यसप्रकार रहेको छ ।

 

क. राजेन्द्र शर्मा उपाध्यक्ष

अखिल नेपाल यातायात मजदुर संघ,

केन्द्रीय समिति

विषय : पद पदमुक्त तथा सरुवा गराइएको बारे ।

हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल यातायात मजदुर संघ दर्जनौंं महान् शहीद, वेपत्ता योद्धा तथा हज्जारौं नेता तथा कार्यकर्ताहरुको रगत र पसिनाको जगमा एउटा सुदृढ, व्यवस्थित, र देशभरका लाखौं यातायात श्रमिकहरुको पेशागत तथा राजनैतिक अधिकारका लागि दुर दृष्टि राख्न सक्ने संघर्षशील, व्यवस्थित र अनुशासित संगठनको रुपमा विकास भइरहेको छ । हाम्रो संगठन अखिल नेपाल यातायात मजदुर संघको २०७३ माघ २० गते सम्पन्न एकता घोषणा सभाले ३ नं. प्रदेशको संयोजकको रुपमा तपाईं क. राजेन्द्र शर्मालाई जिम्मेवारी प्रदान गरेको थियो । त्यस पश्चात देखि नै ३ नं. प्रदेशमा सांगठनिक गतिविधिमा सुस्तता आयो ।

‘जिम्मेवारी लिने र कर्तव्य पुरा नगर्ने’ एउटा अनौठो रोगले संगठनलाई सताईरह्यो । केन्द्रीय समितिले गरेका सर्कुलरहरु फिल्डसम्म नलैजाने, संगठनले गरेका निर्णयहरु कार्यान्वयन नगर्ने, संगठनको बैठक नबस्ने, बैठकमा आफू पक्षका सदस्यहरुलाई मात्रै जानकारी गराउने, संगठनलाई दाउपेचमा राखेर आर्थिक गतिबिधिमा संलग्न रहने जस्ता कार्यहरुले संगठनको गौरवमय बलिदानीपूर्ण इतिहासमा नै धब्बा लगाउने कार्य अत्यान्तै खेदजनक छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो स्थापनाको दोस्रो वार्षिकी तथा जननेता मदन भण्डारीको २६ औं स्मृति दिवशको अवसर पारेर घोषणा गरेको जनवर्गीय संगठनको एकता प्रक्रिया पश्चात बसेको महासंघको पदाधिकारी बैठकले निर्णय गरे बमोजिम बसेको अखिल नेपाल यातायात मजदुर संघ ३ नं. प्रदेश समितिको बैठकमा पनि यी सवै विषयहरु गम्भीरतापूर्वक छलफलल भएका थिए ।

बैठकका अधिकांश सदस्यहरुले तपाईंको कार्यशैली र विगतको समिक्षा सहित तपाईं प्रति कडा आलोचना गर्दै ३ नं. प्रदेशबाट हटाउनु पर्ने माग तपाईकै सामू अधिकाशं सदस्यहरुले राखेको तपाईंलाई अवगत नै छ । त्यस्तो विषम परिस्थितिमा पनि मैले केन्द्रीय समितिको अध्यक्षको हैसियतले बैठकलाई हस्तक्षेप नै गरी तपाईंलाई एक पटक माफी दिन बैठकलाई निर्देशन गरेको थिए । उक्त बैठक पश्चात मैले पटक पटक तपाईंसँग संगठन संचालन सम्बन्धि छलफल गरेर निर्देशन दिएको थिए तर उक्त बैठक पश्चात पनि तपाईले संगठनको कमाण्ड, कन्ट्रोल र केन्द्रीय कार्यालयको निर्देशन तथा ३ नं. प्रदेश समितिको निर्णय विपरित संगठनलाई अझै गुटगत शैलीले संचालन गरेको हुनाले तपाईंलाई ३ नं. प्रदेशको अध्यक्षबाट बिधानको भाग १० को धारा ३३ (क) र (ख) बमोजिम पदमुक्त गरी केन्द्रीय कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छु ।

बोाधार्थ  १) अखिल नेपाल ट्रेड यूनियन महासंघ, केन्द्रीय कार्यालय, कोटेश्वर २) अखिल नेपाल ट्रेड यूनियन महासंघ, ३ नं. प्रदेश समिति कार्यालय, कोटेश्वर ।

……………….

सोम तामाङ्ग

अध्यक्ष

अखिल नेपाल यातायात मजदुर संघ

केन्द्रीय समिति