टिप्पर र माेटरसाईकल जुद्दा घटनास्थलमै एकको मृत्यु

ललित घर्ती प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६

सुर्खेत । यहि मिति २०७६/०२/२९ गते दिउसाे करिब १२ बजेकाे समयमा भेरिगंगा नगरपालिका वडा नं.१०मा पर्ने जहरे नजिकै मेहेलकुना तिर देखि छिन्चु तर्फ आईरहेकाे बा५ख१६८३ नं.काे टिप्परले बिपरित दिशा बाट आईरहेकाे भे८प७६०४नं.काे माेटरसाईकललाई ठक्कर दिदा माेटर साईकल चालककाे घटणा स्थल मै मृत्यु भएकाे छ,हाल सम्म मृतक काे कुनै पनि सनाखत हुनसकेकाे छैन ।

मृतककाे सब मेहेलकुना प्रहरी चाैकिकाे प्रत्यक्ष अग्रसरतामा आवश्य प्रक्रिया अवलम्वन गरि सनाखत तथा पाेष्टमार्टमकाे लागि घटणास्थल बाट उठाई सकियकाे छ भने उक्त प्रक्रिया पूरा गरुन्जेल केही समयकाे लागि छिन्चु जाजरकाेट सडक खण्ड अबरुद्ध भएकाे थियाे।