विश्व वातावरण दिवसमा निकालिए साइकल र्‍याली

प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६

नेपालगन्ज। विश्व वातावरण दिवसको अवसरमा नेपालगन्जमा साइकलसहितको र्‍याली निकालिएको छ। संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको विश्व वातावरण दिवस(२०७६ को कार्यक्रममा ‍र्‍यालीको अग्रभागमा नेपालगन्ज साइक्लिङ्ग क्लबले साइकल र्‍याली निकालेको हो।

र्‍यालीमा वन तथा वातावरणमन्त्री शक्ति बस्नेत सहभागी थिए।र्‍यालीमा वन तथा वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था पनि सहभागी थिए। नेपालगन्ज साइक्लिङ्ग क्लबले वातावरण जोगाउन साइकल प्रयोगमा जोड दिएको छ।

क्लबका सचिव गगन थापा भन्छन्, एक लिटर इन्धनले उत्सर्जन गर्ने कार्वनडाइअक्साइडलाई खपत गर्न ८ वटा वयस्क बिरुवा चाहिन्छन्। इन्धनवाला सवारी साधनको विकल्पमा साइकल प्रयोग गरियो भने पनि वातावरणलाई सन्तुलित्त राख्न मद्दत पुग्छ।’ उनले भने साइकल प्रयोगले न ध्वनी प्रदुषण हुन्छ, न वायु प्रदुषण।