१६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगिता मलेसियाको ईफो सिटिमा सम्पन्न

भरत भट्टराई प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६

१६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगिता मलेसियाको ईफो सिटिमा सम्पन्न भएको छ । उक्त ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी हुन नेपाल रेन्बुकाई कराँते संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशमलाल लामा तामाङ सहित ७ जना खेलाडीहरु प्रतिस्पर्धा गर्न पुगेक थिए ।

प्रतियोगितामा सहभागी नेपालको तर्फबाट खेलाडी सहित संघका रुपन्देही जिल्ला अध्यक्ष मनोज राना, राष्ट्रिय खेलकुद परिषद्का प्रमुख टेक प्रसाद कटेल, संघका केन्द्रिय उपाध्यक्ष अनिता परियार,अभिभावक अब्दुल हक,सञ्चारकर्मी सम्झना शर्मा,टिम म्यानेजर प्रेमबहादुर घर्तिमगर सहितको टोलि गत हप्ता मलेसिया प्रस्थान गरेका थिए । नेपालका कराँते खेलाडी सुबाश परियार र हिरा देवि राईले उत्कृष्ट प्रदर्शन गरे पछि नेपालका खेलाडीलाई थप हौसला बढेको नेपाल रेन्बुकाई कराँते संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशमलाल लामा तामाङले जानकारी दिएका छन । ईन्द्रमुलिया स्टेडियममा सम्पन्न खेलमा नेपालकोतर्फबाट नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीहरुले विभिन्न तौलमा प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्ण सहित आठ पदक हात पार्न सफल भएका छन् । जसमा नेपाल रेन्बुकाई कराँते डो संघको तर्फबाट जुनियरतर्फ ८ वर्ष मुनिको उमेर समुहमा कुमितेतर्फ तिलोत्तमा नगरपालिका रुपन्देहीका ईश्वर वि.क.,१० वर्ष उमेर समुहमा रुपन्देहीकै संगम नेपाली, १२ वर्ष समुहमा युजिन गुरुङ, १३ वर्षमा समुद्र सिंह राना, १४ वर्ष उमेर समुहमा सविन श्रेष्ठ, ओमसतिया गाउँपालिका रुपन्देहीका कमल चौधरीले १५ वर्ष उमेर समुहमा प्रतिष्पर्धा गर्दै पाँच स्वर्णसहित आठ पदक जित्न सफल भएको नेपाल रेन्बुकाई कराँतेका टिम म्यानेजर प्रेमबहादुर घर्तिमगरले जानकारी दिए । उक्त्त प्रतियोगितामा भारत, मलेसिया, सिंगापुर, जर्मनी, इण्डोनेसिया, पाकिस्तान, दुवई, ईक्जुस्थान लगायत १६ राष्ट्रका करिब १ हजार बढी खेलाडी सहभागी प्रतियोगितामा नेपालको तर्फबाट दुई टोली सहभागी भएका थिए ।

प्रतियोगितामा नेपाली चेली पुष्पा गुरुङले रेफ्रिको भुमिका निभाएकी थिइन् । सो खेलमा एक अर्को रोचक कुरा पनि विश्व सामु प्रस्तुत गरेको थियो । केहि समय अगाडी बुद्द भारतले भारतमा जन्मेका हुन् भनेर प्रचारप्रसार गरेको हुदा सो कुराको चिरफार गर्नको लागि नेपालको राष्ट्रिय झण्डा सहित बुद्दको झण्डा पनि नेपालि कराते खेलाडीले फरफराएका थिए । टिम म्यानेजर प्रेमबहादुर घर्तिमगर भन्नुहुन्छ अब लुम्बिनीको प्रचार प्रसार र बुद्द नेपालमा नै जन्मेका हुन् भनेर विश्व सामु पुर्याउनको लागि बुद्द सहितको झन्डा हामीले उठाएका हौ ।

यो कुरालाई हामीले जवसम्म पुष्टि हुनसक्दैन र विवाद रहित हुन् सक्दैन त्यो बेलासम्म निरन्तर लागिरहने छौ । नोवेल ईन्भारोमेण्ट एकेडमी कोटिहवाका ईश्वर विक, न्यु नमुना बोर्डिङ स्कुल भलुहीका युजिन गुरुङ, सिद्धार्थ ग्यालेक्सी कोटिहवाका समुद्र सिंह राना, गुरुकुल इन्ष्टिच्युटका सविन श्रेष्ठ, सनलाइट बोर्डिङ स्कुल ओमसतियाका कमल चौधरीले स्वर्ण पदक हात पारेका छन् भने त्यस्तै प्रतियोगितामा सञ्जीवनी शिक्षा सदनका संगम नेपाली रजत, हिरादेवी राइले काता तथा कुमितेमा गरी दुई रजत पटक प्राप्त गरेका छन् । कराँते टोली वैशाख २८ गते नेपाल फर्केको हो।